Paromita

248 Posts
9 मई भाजपा सरकारको शपथ ग्रहण

9 मई भाजपा सरकारको शपथ ग्रहण

9 मई अर्थात शनिवार ब्रिगेड परेड ग्राउण्डमा नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोह सम्पन्न हुनेछ। बिहान 10 बजी राज्यका नयाँ मुख्यमन्त्रीले शपथ लिनेछन्। मन्त्री परिषदका सदस्यहरूले पनि त्यो दिन शपथ लिनेछन्। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह सहभागी हुनेछन्। साथै भाजपका सर्वभारतीय अध्यक्ष नीतिन नवीनसहित अन्य शीर्ष नेतृत्व पनि उपस्थित रहनेछन्।भाजपका राज्य अध्यक्ष शमीक भट्टाचार्य ले बुधवार भने, 9 तारिख बिहान 10 बजी ब्रिगेड परेड ग्राउण्डमा शपथ ग्रहण कार्यक्रम हुनेछ। यो एक अभिनव पहल हो। जनताबीच उभिएर राज्यको नयाँ सरकारले शपथ लिनेछ।चुनाउ प्रचारका क्रममा बारम्बार नरेन्द्र मोदी र अमित शाहले जनताको सरकार गठन गर्ने बताएका थिए। अब त्यही…
Read More
मतदानपछि हिंसा रोक्न सिलगढ़ी पुलिसको कठोर सन्देश

मतदानपछि हिंसा रोक्न सिलगढ़ी पुलिसको कठोर सन्देश

मतदानपछिको अवस्थालाई शान्त राख्न सिलगढ़ी पुलिसले कठोर अड़ान लिएको छ। कुनै पनि प्रकारको हिंसा वा अशान्तिको घटनामा शून्य सहिष्णुता नीति अपनाइने पुलिस कमिश्नरेट सइद वाकर राजाले जानकारी दिएका छन्।बुधवार एक उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलन गरेर पुलिस कमिश्नरेट सइद वाकर राजाले भने, विजय उत्सवको नाममा कुनै पनि प्रकारको हिंसा सहन गरिने छैन। यस्तो घटना भए तुरुन्तै कानूनी रूपमा कठोर कारवाही गरिनेछ। पत्रकार सम्मेलनमा दार्जीलिङ जिल्ला शासक हरि शङ्कर पानिककर, एसएसबी जिल्ला समन्वयक गौतम सागर उपस्थित थिए।तिनले थप जानकारी दिएअनुसार, शहरका विभिन्न संवेदनशील क्षेत्रहरूमा निगरानी बढ़ाइएको छ र पुलिस प्रशासन सधैँ सतर्क रहेको छ ताकि सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सकियोस्। अर्कातिर मतदानमा…
Read More
आँगनबाड़ी केन्द्र दखलमुक्त

आँगनबाड़ी केन्द्र दखलमुक्त

अलिपुरद्वार 1 ब्लकअन्तर्गत पूर्व काठालबारी ग्राम पञ्चायतको पश्चिम काठालबारी गाउँमा सन् 2017 मा एउटा आँगनबाड़ी केन्द्र निर्माण गरिएको थियो। तर यति वर्ष बितिसक्दा पनि उक्त केन्द्र सञ्चालनमा आएको छैन। उक्त केन्द्र मानौँ मिनी कोल्ड स्टोरेजमा परिणत भएको छ। त्यहाँ आलु भण्डारण गरिएको छ। आरोपअनुसार, उक्त आँगनबाड़ी केन्द्रको जमीनदाता विश्वजीत सरकारले पक्की घरलाई व्यक्तिगत प्रयोगमा चलाइरहेका थिए। आँगनबाड़ी केन्द्रभित्र आलु भण्डारण गरेर राखिएको थियो।मङ्गलवार गाउँका मानिसहरू त्यहाँ जम्मा भए। तिनीहरूले आँगनबाड़ी केन्द्रको ताला खोलेर सबै कुरा अवलोकन गरे र पुनः आफैले ताला लगाएर चाबी पञ्चायत सदस्य झण्टु सरकारलाई बुझाए। अब उक्त आँगनबाड़ी केन्द्र प्रशासनले प्रयोग गरोस् र बालक-बालिकाको पढ़ाई सञ्चालन गरियोस्…
Read More
मतुवाहरूद्वारा हरिचाँद ठाकुरको नाममा कलेजको माग

मतुवाहरूद्वारा हरिचाँद ठाकुरको नाममा कलेजको माग

हरिचाँद गुरुचाँद ठाकुरको नाममा उत्तर बङ्गालमा कलेज स्थापना गर्न मतुवाहरूले माग उठाएका छन्। साथै गोँसाई भत्ता आरम्भ गर्न पनि तिनीहरूले माग गरेका छन्। मङ्गलवार जलपाइगढ़ीमा भाजपा राज्य महासचिव बापी गोस्वामीको घरमा पुगेर मतुवाहरूले तिनलाई सम्मान गरे। त्यहाँ अखिल भारतीय मतुवा महासङ्घका सचिव नन्दलाल विश्वास उपस्थित थिए। तिनले भने, राज्यमा भाजपा सरकार आएकोमा हामी खुशी छौँ। नयाँ सरकारले मतुवाहरूका मागहरू पूरा गर्न पहल गर्ने हाम्रो आशा छ। मतुवा समुदायका तर्फबाट विजयी भएका भाजपा उम्मेद्वारहरूलाई मन्त्री परिषदमा समावेश गर्नुपर्ने सन्देश पनि बापी गोस्वामीमार्फत भाजपा शीर्ष नेतृत्वलाई पठाइएको छ। साथै हाम्रो माग छ कि उत्तर बङ्गालमा हरिचाँद गुरुचाँद ठाकुरको नाममा कलेज वा विश्वविद्यालय…
Read More
डेढ़ दशकपछि सीपीएम पार्टी कार्यालय सञ्चालनमा

डेढ़ दशकपछि सीपीएम पार्टी कार्यालय सञ्चालनमा

डेढ़ दशकपछि उत्तर दिनाजपुरको चोपड़ा ब्लकमा सीपीएमको पार्टी कार्यालय खोलिएको छ। मङ्गलवार भैषपिटा क्षेत्रमा रहेको उक्त पार्टी कार्यालय फेरि रातो झण्डाले सजाएर नयाँ रूपमा सञ्चालनमा ल्याइएको छ। कब्जामा रहेको आफ्नै पुरानो पार्टी कार्यालय कङ्ग्रेसले पनि पुनः प्राप्त गरेको छ। स्थानीय सूत्रअनुसार, 2008 को पञ्चायत चुनाउको बेला अशान्तिका कारण भैषपिटा क्षेत्रमा सीपीएमको उक्त कार्यालय बन्द गरिएको थियो। तत्कालीन कङ्ग्रेस नेता तथा हाल तृणमूलको टिकटबाट विजयी विधायक हमिदुल रहमानको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको आरोप छ। डेढ़ दशकसम्म धेरैपल्ट खोल्ने प्रयास भए पनि तृणमूलको अवरोधका कारण सम्भव नभएको स्थानीय सीपीएम कार्यकर्ताहरूले दाबी गरेका छन्। मङ्गलवार उक्त कार्यालय पुनः प्राप्त गरी फेरि झण्डा फहराइएको…
Read More
डा. ग्राहम्स होममा बङ्गला नाटक मञ्चनको तयारी

डा. ग्राहम्स होममा बङ्गला नाटक मञ्चनको तयारी

125 वर्षको गौरवपूर्ण यात्रा। कालेबुङस्थित डा. ग्राहम्स होम्स विद्यालयको ख्याति अत्यन्तै राम्रो छ। यहाँका विद्यार्थीहरू अध्ययनसितै नियमित रूपमा नृत्य–सङ्गीत, नाटक लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने गर्छन्। विद्यालयमा नाट्य अभ्यासको इतिहास निकै पुरानो छ। तर अहिलेसम्म यस शैक्षिक संस्थामा अङ्ग्रेजीका साथै हिन्दी र नेपालीमा नाटक मञ्चन भए पनि बङ्गाली भाषामा कहिल्यै मञ्चन गरिएको थिएन। यसपल्ट त्यो अभाव पूरा हुँदैछ। रवीन्द्र जयन्तीको पूर्वसन्ध्यामा 8 मई दिउँसो, नाट्य कलाकार रत्ना घोषालको निर्देशनमा विद्यालयको अडिटोरियममा बङ्गाली भाषामा तीनवटा नाटक मञ्चन गरिनेछ। नाटकका रूपमा कविगुरुको लेखन रोगेर चिकित्सा, रोगीर बन्धु र अभ्यर्थना चयन गरिएको छ। हाल तीव्र रूपमा रिहर्सल चलिरहेको छ। विद्यार्थीहरूसितै शिक्षक–शिक्षिकाहरू पनि…
Read More
सर्वाधिक मत अन्तरले विजयी आनन्दमय

सर्वाधिक मत अन्तरले विजयी आनन्दमय

केही सयदेखि पाँच–छ हजार मतको अन्तरमा जीत–हार तय भएका आसनहरू दर्जनौँ छन्। तर त्यहीँ ठूलो अन्तरले जित्ने उम्मेद्वारहरूको सङ्ख्या पनि उल्लेखनीय छ। तर 70 हजार वा त्यसभन्दा बढ़ी मतको अन्तरले जित्ने उम्मेद्वारको सङ्ख्या भारतीय जनता पार्टी र तृणमूल कङ्ग्रेस दुवै शिविर मिलाएर जम्मा दश मात्र छन्। तीमध्ये सातजना भाजपाका छन्। चुनाउ आयोगले उपलब्ध गराएको तथ्याङ्कका आधारमा 2026 को विधानसभा चुनाउमा सबैभन्दा बढ़ी मतान्तरले जित्ने उम्मेद्वार मतिगढ़ा–नक्सलबारी आसनका भाजपा उम्मेद्वार आनन्दमय बर्मन हुन्।आनन्दमय बर्मनले 1 लाख 4 हजार 265 मतान्तरले विजय हासिल गरेका छन्। त्यहाँ तिनका निकटतम प्रतिद्वन्द्वी तृणमूल कङ्ग्रेसका शङ्कर मालाकर थिए। प्रकाशित परिणामका आधारमा भन्न सकिन्छ कि 70 हजारभन्दा…
Read More
परितोषहरूको जीत, स्वप्नाको सपना चकनाचूर

परितोषहरूको जीत, स्वप्नाको सपना चकनाचूर

उम्मेद्वारबारे विरोध प्रदर्शन त कतै तीव्र आन्तरिक द्वन्द्व। तर भाजपाको ठूलो जीतसितै यी सबै कुरा ओझेलमा परे। धेरै भाजपाका उम्मेद्वारहरूले सजिलै जिते। तर तृणमूलको शिविरमा चित्र ठीक उल्टो देखियो। भाजपाको उम्मेद्वार सूची घोषणा भएपछि उत्तर बङ्गालका विभिन्न क्षेत्रमा दलका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। अलिपुरद्वारका परितोष दास र बालुरघाटका विद्युतकुमार राय समस्यामा परेका थिए। अलिपुरद्वारमा परितोषको नाम घोषणा भएपछि पार्टी कार्यालयमा तोड़फोड़ गरी ताला लगाइयो। कार्यकर्ताहरूको एक हिस्सा धर्ना र विरोधमा बसेका थिए। तर चुनाउ नजिकिँदै जाँदा असन्तुष्टहरूलाई नियन्त्रण गर्न मसला व्यापारी परितोष सफल भए। भारत सेवा आश्रमसित निकट सम्बन्ध रहेको परितोष दास लगातार पाँच वर्ष जिल्ला भाजपाका कोषाध्यक्ष थिए।…
Read More
भाजपा समर्थकहरूद्वारा उत्तर कन्यामा केसरिया रङ् गर्नुपर्ने माग

भाजपा समर्थकहरूद्वारा उत्तर कन्यामा केसरिया रङ् गर्नुपर्ने माग

मङ्गलवार चुनाउपछि विजय उत्सवका क्रममा भाजपा कार्यकर्ता तथा समर्थकहरूले हाल निलो–सेतो रङ्गमा रहेको उत्तर कन्यालाई केसरिया रङ्ग लगाउने माग गरेका छन्। प्रशासनिक मुख्यालयबाहिर समर्थकहरू भेला भई राज्यमा आएको राजनीतिक परिवर्तनको उत्सव मनाउने क्रममा यस्तो माग उठाइएको हो।उत्सवबीच उत्तर कन्याले नयाँ राजनीतिक परिवर्तनलाई प्रतिविम्बित गर्ने दाबी गर्दै नाराबाजी गरिएको थियो। सत्तामा आएको परिवर्तनपछि समर्थकहरूले आफ्नो उत्साह व्यक्त गर्दै ठूलो स्वरमा नाराबाजी गर्दै यस अवसरलाई चिन्हित गरेका थिए। समर्थकहरूअनुसार उत्तर बङ्गाल लामो समयदेखि उपेक्षित रहँदै आएको थियो र नयाँ सरकार गठनसितै यस क्षेत्रको विकासको नयाँ अध्याय आरम्भ हुनेछ। तिनीहरूले थप भने, अब उत्तर बङ्गालका 54 वटा विधानसभा क्षेत्रमा विकासका योजनाहरूको तयारी तथा…
Read More
आसन परिवर्तन गरे पनि पराजित गौतम देव

आसन परिवर्तन गरे पनि पराजित गौतम देव

आसन परिवर्तन गरेर जन्मभूमि फर्किए पनि आफ्नै शहर सिलगढ़ीमा पराजित भए गौतम देव। ठूलो मतान्तरसहित भाजपाका निवर्तमान विधायक शङ्कर घोषले फेरि पनि चुनाउ जिते। शङ्कर घोषको जितको अन्तर 2021 को चुनाउभन्दा दोब्बर रह्यो। एघाह्रौँ राउण्डको अन्त्यसम्म तिनको अग्रता 66900 मत थियो। सिलगढ़ी मात्र होइन उत्तर बङ्गालका वरिष्ठ तृणमूल नेताहरूमध्ये गौतम एक हुन्। 2011 मा तृणमूलको लहरमा तिनी डाबग्राम–फूलबारी विधानसभा आसनबाट विजयी भई उत्तर बङ्गाल विकास मन्त्री बनेका थिए। 2016 को चुनाउमा सोही क्षेत्रबाट पुनः विजयी भई पर्यटनमन्त्री बने। 2021 को चुनाउमा तिनी पराजित भए। 2022 मा सिलगढ़ी नगर निगमको चुनाउ जितेर मेयर पदमा आसीन भए।यसपल्ट विधानसभा चुनाउभन्दा केही दिनअघि डाबग्राममा…
Read More