Paromita

286 Posts
जिर्ण पाठशालाको छाना भत्किँदा विद्यार्थी भाग्यले बाँचे

जिर्ण पाठशालाको छाना भत्किँदा विद्यार्थी भाग्यले बाँचे

मिरिक अन्तर्गत सौरेनी मेची प्राथमिक पाठशालाको छाना भत्किदा विद्यार्थी भाग्यले बाँचेका छन्। मिरिक महकुमा अन्तर्गत सौरनी मेची प्राथमिक पाठशालाको ढलान गरेको छानो भत्किएर झर्दा कक्षा कोठामा अध्यानरत विद्यर्थी भाग्यले बाचेका छन्। पाठशाला अचेल पाठशाला कम खण्डहर बढी देखिन थालेको छ। पाठशालाको पुर्वाधार जिर्ण बन्दै गएपछि शिक्षक, बिद्यार्थी लगायत अभिभावक सहित स्थानीयहरु पनि चिन्तित बनिरहेका छन। केही दिन अघि पाठशालाको सिलिङवाट कंक्रिट खसेको घटनापछि झनै बिद्यालयको खस्कँदो पुर्वाधार चर्चाको बिषय बन्यो। सन् १९४३ मा स्थापित उक्त पाठशालाको नयाँ भवन १९९८ मा तत्कालिन दागोपापका चियरमेन सुवास घिसिङले उद्घाटन गरेका थिए भने हाल पाठशालाको भवन जीर्ण बनेको छ। पाठशालाका प्रधान अध्यापक बविन गुरूङ,…
Read More
मिरिकको सभापछि भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले यसो भनिन्

मिरिकको सभापछि भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले यसो भनिन्

संगठन निर्माण अभियान अन्तर्गत पहाड़ आइपुगेकी भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले मिरिकमा शनिवार बैठक गरिन्। यस अवसरमा गोर्खाल्याण्ड माग सदनमा उठाइदिने आग्रह गर्दै नयाँ पार्टी निर्माण समितिले उनलाई ज्ञापन बुझायो
Read More
जादवपुर घटनाको विरोधमा SFI-DYFI को विरोध र्‍याली; सिलिगुढीमा प्रदर्शन

जादवपुर घटनाको विरोधमा SFI-DYFI को विरोध र्‍याली; सिलिगुढीमा प्रदर्शन

जादवपुर घटनाको विरोधमा शुक्रबार सिलिगुढीमा वामपन्थी विद्यार्थी संगठन SFI र युवा संगठन DYFI को आयोजनामा ​​विरोध र्‍याली निकालियो। उक्त र्‍याली कञ्चनजंघा रंगशालाको अगाडिबाट सुरु भएको थियो। हिलकार्ट रोड र सेभोक रोड हुँदै अघि बढेको उक्त जुलुस पार्टी कार्यालय अगाडि पुगेर टुंगियो। वामपन्थी दलहरूसँग आबद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताहरूले पनि यस विरोध जुलुसमा सहभागिता जनाए। प्रदर्शनकारीहरूले जादवपुर घटनाको विरोधमा नाराबाजी गर्दै आफ्नो असहमति जनाए।
Read More
PMGSY योजनामा पारदर्शिता र भ्रष्टाचारमुक्त कामको माग : अजय एडवर्ड्स

PMGSY योजनामा पारदर्शिता र भ्रष्टाचारमुक्त कामको माग : अजय एडवर्ड्स

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (IGJF) का प्रमुख संयोजक श्री अजय एडवर्ड्सले प्रधानमन्त्री ग्राम सडक योजना (PMGSY) को कार्यान्वयनलाई लिएर चिन्ता व्यक्त गरेका छन्।उनले करिब ₹१०० करोड बराबरका सडक परियोजनाहरू आउने भएकाले ती योजनामा पारदर्शिता,गुणस्तरीय काम र स्थानीय समुदायको कडा निगरानी आवश्यक रहेको बताएका छन्। उनले ठेकेदारहरूलाई राजनीतिक नेताहरूलाई कमिसन दिन बाध्य पारिन नहुने बताउँदै,त्यस्तो कुनै पनि अनियमितता वा भ्रष्टाचार भएमा त्यसबारे मुख्यमन्त्री सुवेन्दु अधिकारी समक्ष जानकारी गराउन आग्रह गरेका छन्। एडवर्ड्सले विकासका योजनाहरू राजनीतिक सम्बन्ध वा मतदानको आधारमा बाँडफाँड गर्न नहुने कुरामा पनि जोड दिएका छन्।राजनीतिक कारणले कुनै गाउँ विकासका योजनाबाट वञ्चित गरिए आफू चुप लागेर नबस्ने उनले स्पष्ट पारेका…
Read More
चिया श्रमिकलाई २०% बोनस र रोकिएको फौलाई दसैँअघि दिन माग

चिया श्रमिकलाई २०% बोनस र रोकिएको फौलाई दसैँअघि दिन माग

क्रामाकपा श्रमिक संगठनका केन्द्रीय महासचिव तथा जोइन्ट फोरम पहाड समिति प्रवक्ता सुनिल राईले चिया श्रमिकलाई यसपालि कम्तीमा २० प्रतिशत तथा मालिकको मुनाफाका आधारमा त्यसभन्दा बढी बोनस दिनुपर्ने माग गरेका छन्। साथै, बन्द चिया बगानका श्रमिकहरूको करिब ७–८ महिनादेखि रोकिएको फौलाईको रकम दसैँअघि नै वितरण गर्नुपर्ने उनले बताएका छन्। राईले पुरानो रेकर्डका आधारमा रकम उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्।
Read More
कुमानी मोड र गैरीबासका जनताको आत्मीय स्वागतप्रति आभार : राजु विष्ट

कुमानी मोड र गैरीबासका जनताको आत्मीय स्वागतप्रति आभार : राजु विष्ट

कुमानी मोड र गैरीबासका जनताले दिएको आत्मीय स्वागतप्रति दार्जिलिङका सांसद राजु विष्टले आभार व्यक्त गरेका छन्। सांसद विष्टले आज सामाजिक सञ्जालमार्फत कुमानी मोड र गैरीबास पहाड र समथर भूभागको संगममा अवस्थित रहेको तथा डुवर्सको हरियाली जंगल, घुमाउरा सडक र प्राकृतिक सौन्दर्यले यस क्षेत्रलाई विशेष बनाएको उल्लेख गरेका छन्। तर, यस क्षेत्रको सबैभन्दा ठूलो विशेषता यहाँका जनताको माया, आत्मीयता र न्यानोपन रहेको उनले बताएका छन्। उनले भाजपा तथा गठबन्धन दलका कार्यकर्ताहरूलाई निरन्तरको माया, समर्थन र समर्पणका लागि धन्यवाद दिँदै उनीहरूको समर्पणले जनताको हित र क्षेत्रको विकासका लागि अझ मेहनत गर्ने प्रेरणा मिलेको बताएका छन्। यसैबीच, आज झालोङमा आयोजित कार्यक्रममा उनले रोंगो–जलढाका…
Read More
पुलबजारमा १६ अगस्ट नयाँ राज्य निर्माण समितिको जनसभा

पुलबजारमा १६ अगस्ट नयाँ राज्य निर्माण समितिको जनसभा

नयाँ राज्य निर्माण समितिले १६ अगस्ट पुल बिजनबारी खेल मैदानमा जनभेला गर्ने सिद्धान्त राईले जनाएका छन् । चारवटा समष्टि क्षेत्रलाई लिएर गरिने उक्त जनसभा आयोजनाको अलग गोर्खाल्याण्ड राज्य गठनको आन्दोलनलाई निरन्तरता दिनु रहेको अवगत गराए भने नेपाली भाषा मान्यता राज्य निर्माणको बाधा ठहर गर्ने भाजपा नेता अनुप गदालको मन्तव्यमाथि प्रतिक्रिया जनाउँदै समितिले यसको कडा शब्दमा निन्दा गरेको छ।
Read More
खरसाङको नेताजी म्युजियम निरीक्षण गर्दै विधानसभा अध्यक्ष बोस, डिजिटलाइज्ड गर्ने पहल गर्ने

खरसाङको नेताजी म्युजियम निरीक्षण गर्दै विधानसभा अध्यक्ष बोस, डिजिटलाइज्ड गर्ने पहल गर्ने

पश्चिम बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले आज खरसाङको गिध्द पहाडस्थित नेताजी म्युजियममा भ्रमण निरीक्षण गरेका छन्। उनले आज अपरान्हको समयमा खरसाङको गिध्द पहाड आएर नेताजी सुभाषचन्द्र बोसको नाममा रहेको नेताजी इन्स्टिट्युट फर एशियन स्टडिसमा आएर निरीक्षण भ्रमण गरेका छन्। विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले सर्वप्रथम म्युजियम अघाडी रहेको नेताजी सुभाषचन्द्र बोसको सालिगमा माला चढ़ाएर श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसपछि उनले नेताजी म्युजियममा पसेर नेताजी सुभाषचन्द्र बोससित सम्बन्धित विभिन्न फोटोहरु, विभिन्न सामाग्रीहरू र अन्य विशेष कुराहरुको निरीक्षण गरेका छन्। उनलाई नेताजी म्युजियमका‌ ईन्चार्ज गणेश प्रधानले नेताजी म्युजियम र नेताजीसित जोडिएका विभिन्न कुराहरु विषयमा जानकारी गराएका छन्। नेताजी म्युजियममा विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसको…
Read More
जिमखाना क्लबका कर्मचारीद्वारा अन्याय र निष्कासनविरुद्ध न्याय तथा रोजगारी सुरक्षाको माग

जिमखाना क्लबका कर्मचारीद्वारा अन्याय र निष्कासनविरुद्ध न्याय तथा रोजगारी सुरक्षाको माग

जिमखाना क्लबका स्थायी तथा अस्थायी कर्मचारीहरूले व्यवस्थापनबाट आफूहरूमाथि अन्याय, तथा अनुचित दबाब दिइएको आरोप लगाउँदै न्यायको माग गरेका छन्। पुस्तौँदेखि क्लबको क्वार्टरमा बस्दै आएका कर्मचारीहरूले अवकाश ग्रहण भए पछि निष्कासन सूचना जारी भएपछि रोजगारी र आवासको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्। स्टाफ क्वार्टर खाली गर्न निर्देशन दिइएको र पालना नगरे ताला लगाउने चेतावनी दिइएको कर्मचारीहरूलेबताइएको छ। कर्मचारीहरूले सूचना फिर्ता लिनुका साथै आफूहरू र आफ्ना सन्तानका लागि रोजगारीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
Read More
दार्जीलिङ बिजनबारी ग्रामीण अस्पताल स्तरोन्नति र ‘नोटिफाइड एरिया’ मागमा पहलप्रति गोरामुमोद्वारा मन्त्री विशाल लामाप्रति आभार

दार्जीलिङ बिजनबारी ग्रामीण अस्पताल स्तरोन्नति र ‘नोटिफाइड एरिया’ मागमा पहलप्रति गोरामुमोद्वारा मन्त्री विशाल लामाप्रति आभार

बिजनबारी ग्रामीण अस्पताललाई स्तरोन्नति गर्न तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा परिणत गर्नुपर्ने मागलाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)द्वारा गृह एवं पहाड मामिला राज्यमन्त्री विशाल लामालाई बुझाइएको ज्ञापनमाथि पहल अघि बढाइएको भन्दै गोरामुमोले मन्त्रीप्रति आभार व्यक्त गरेको छ।यस सम्बन्धमा गोरामुमो नेता सन्दीप लिम्बुले भिडियो सन्देश जारी गर्दै मन्त्री विशाल लामाप्रति धन्यवाद तथा आभार प्रकट गरेका हुन्। उनले बिजनबारी क्षेत्रका महत्वपूर्ण जनसरोकारका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाएकोमा मन्त्री लामाको प्रशंसा गरेका छन्। गोरामुमोले बिजनबारी ग्रामीण अस्पतालको स्तरोन्नतिसँगै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार आउने तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा स्तरोन्नति गरिएमा क्षेत्रको प्रशासनिक विकासमा थप…
Read More