Accident

बाघपुलबाट हामफाल्दा युवतीको मृत्यु

बाघपुलबाट हामफाल्दा युवतीको मृत्यु

कोरोनेशन ब्रिज (बाघपुल) बाट हामफालेर एक युवतीले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना आज मंगलबार दिउँसो भएको छ। मृतक युवती सिलगढी निवासी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घटना बाघपुलको कालेबुङ जिल्लातर्फ भएको हो। मङ्पङ पुलिस तत्काल घटनास्थलमा पुगेर गम्भीर अवस्थामा रहेकी युवतीलाई उद्धार गरी ओदलाबारी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ।घटनाबारे परिवारलाई जानकारी गराइएको छ भने परिवारका सदस्यहरू पुलिस चौकीमा पुगिरहेको बताइएको छ।
Read More
लोवर थुलुङ गाउँमा वाहन दुर्घटना, चालकको मृत्यु, एकजना घाइते

लोवर थुलुङ गाउँमा वाहन दुर्घटना, चालकको मृत्यु, एकजना घाइते

मिरिक बजारदेखि मरमा चियाबारी तर्फ गइरहेको एक डब्ल्यू बी 79 बी 0919 नम्बरधारी वाहन लोवर थुलुङ गाउँमा दुघटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाइतेको भएको जानकारी प्राप्त भएको छ। वाहन विहान ११ देखि ११:३० बजेभित्र दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि स्थानीयहरूले थाहा पाएपछि चालक वाहानले चेप्टाएको अवस्थामा रहेको र उनलाई उद्धार गरी अस्पताल पठाएको तर चालक उमेश थामीको निधन भएको जानकारी प्राप्त भएको छ। यसरी नै वाहनमा सवार लोवर थुलुङ गाउँ निवासी शोभानाथ शर्मा पनि घाइते भएका छन्।
Read More
आसनसोलमा मिनीबसले विनाश मच्चायो: CCTV मा कैद भएको भयानक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु र महिला विद्यार्थीहरूले भरिएको स्कूल भ्यान ठोक्कियो

आसनसोलमा मिनीबसले विनाश मच्चायो: CCTV मा कैद भएको भयानक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु र महिला विद्यार्थीहरूले भरिएको स्कूल भ्यान ठोक्कियो

मुर्शिदाबादको बहरामपुरमा भएको दुखद घटनापछि, पश्चिम बर्दवान जिल्लाको मुर्गासोलमा एउटा भयानक सडक दुर्घटना भएको छ। शुक्रबार, मुर्गासोल क्षेत्रको GT रोडमा रहेको एक गार्मेन्ट शोरूममा एक अनियन्त्रित मिनीबसले हमला गर्‍यो र महिला विद्यार्थीहरूले भरिएको स्कूल भ्यानलाई ठक्कर दियो। शनिबार भएको दुर्घटनाको स्तब्ध पार्ने CCTV फुटेजले क्षेत्रका बासिन्दाहरूलाई त्रसित बनाएको छ। एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। CCTV फुटेजमा मुर्गासोल क्षेत्रमा सडकको छेउमा हिंडिरहेको एक पैदल यात्री स्पष्ट रूपमा देखिन्छ। त्यसैबेला पछाडिबाट आउँदै गरेको तीव्र गतिको, अनियन्त्रित मिनीबसले नियन्त्रण गुमाएपछि पैदल यात्रीको घटनास्थलमै दुःखद मृत्यु भयो। विद्यार्थीहरूले भरिएको स्कूल भ्यानलाई २० मिटरसम्म घिसार्दै लैजाने मिनीबसको गति घटेन। पैदल यात्रीलाई कुल्चेपछि, बसले…
Read More
दुर्घटनामा बालिकाको मृत्यु

दुर्घटनामा बालिकाको मृत्यु

सड़क दुर्घटनामा लगभग सात वर्षीया एक बालिकाको ज्यान गएको छ। आज शुक्रवार बिहान लगभग 10.30 बजी लाभपुर थानाअन्तर्गत धनडाङ्गा गाउँमा चौहट्टा–साँइथिया सड़कको छेउमा उक्त दुर्घटना भएको हो। स्थानीय वासिन्दाहरूअनुसार आमासित सड़क पार गर्दै थिइन् बालिका। त्यसै बेला तीव्र गतिमा आएको एउटा टेम्पो गाड़ीले बालिकालाई जोड़ले ठक्कर दियो। ठक्कर लाग्ने बित्तिकै बालिका भुइँमा उछिट्इन्। गम्भीर घाइते अवस्थामा तिनलाई स्थानीय अस्पताल लगियो। तर पनि बालिकालाई बचाउन सकिएन। अस्पतालका चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे।यस घटनाले क्षेत्रमा तीव्र तनाउ फैलिएको छ। आक्रोशित स्थानीय मानिसहरूले उक्त गाड़ीलाई नियन्त्रणमा लिएर टायर बालेर सड़क अवरुद्ध गरे। यसकारण वाहनहरूको आवागमन प्रभावित भयो। तिनीहरूले दोषीलाई कठोर दण्डको माग गरेका…
Read More
एम्बुलेन्स–ट्रेलरको ठक्करमा भीषण आगलागी

एम्बुलेन्स–ट्रेलरको ठक्करमा भीषण आगलागी

ठोक्किएपछि एम्बुलेन्स अनि ट्रेलर हुरुरु जले। 27 नम्बर राष्ट्रिय राजमार्गको मोहितनगर ओभरब्रिजनजिक जलपाइगढ़ीबाट सिलगढ़ी आउँदै गरेको एम्बुलेन्स अनि ट्रेलर मुखामुखी ठोक्किए। त्यसपछि आगलागी हुँदा राष्ट्रिय राजमार्ग स्तब्ध भयो। घटनाको खबर पाएपछि दमकल र पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। यद्यपि यस घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन।बुधवार अबेर राति एउटा एम्बुलेन्स सर्भिस रोडबाट 27 नम्बर राष्ट्रिय राजमार्गको चार लेन सड़कमा चढ्न लाग्दा ट्रेलरसित मुखामुखी ठोक्कियो। ट्रेलर सिलगढ़ीबाट असमतर्फ जाँदै थियो। अचानक तीव्र गतिमा आइरहेको ट्रकको अगाड़ि एम्बुलेन्स परेकाले ट्रेलरले कुनै पनि स्थितिमा गति नियन्त्रण गर्न सकेन। ठोक्किएपछि एम्बुलेन्स र ट्रेलरमा आगो लाग्यो र केही क्षणमै आगो तीव्र रूपमा फैलियो। खबर…
Read More
वाहन दुर्घटनामा दुई घाइते

वाहन दुर्घटनामा दुई घाइते

मरमा चियाबारी अनि देउराली बस्तीबीच सिरिसेस्थित निर्माणाधीन सड़कमा एउटा वाहन दुर्घटना भएको छ। घटनास्थलको निरीक्षण गर्न साथै सहयोग गर्न तत्काल क्षेत्रीय सभासद मिलेश राई घटनास्थल पुगे अनि घाइतेहरूको उद्धार कार्यमा लागे।सभासद मिलेश राईले दिएका जानकारीअनुसार वाहनमा तीनजना सवार रहेका थिए। सवार यात्रीहरूमध्ये दुईजनालाई मिरिक अस्पताल लगिएको छ। डब्ल्यूबी 76 बी 0426 नम्बरधारी वाहन सिटोङको रहेको बताइएको छ। तिनीहरू लुगाफाटा बेच्न आवतजावत गरिरहेका बताइएको छ।
Read More
दुई ट्रकको मुखामुखी ठक्कर

दुई ट्रकको मुखामुखी ठक्कर

जलपाइगढ़ीको धूपगुड़ीमा शुक्रवार सखारै बिहान एक भीषण दुर्घटना भएको छ। एशियन हाइवेको धूपगुड़ी स्टेशन मोड़नजिक ओभरब्रिज क्षेत्रमा दुई ट्रक मुखामुखी ठोक्किन पुगे। दुर्घटनामा दुवै ट्रकका चालक गम्भीर घाइते भएका छन्। स्थानीय सूत्रअनुसार फालाकाटाबाट मल बोकेको एक ट्रक हल्दीबारीतर्फ जाँदै थियो। त्यसै समय विपरीत दिशाबाट अर्को ट्रक असमतर्फ जाँदै थियो। ओभरब्रिजनजिक पुग्दा असमतर्फ गइरहेको ट्रकले नियन्त्रण गुमाएर मल बोकेको ट्रकलाई जोरदार ठक्कर दियो। भीषण आवाजसितै छेउछाउको क्षेत्र कम्पित भयो। दुर्घटनाका कारण फालाकाटाका वासिन्दा ट्रक चालक समीयर सरकार र असमका वासिन्दा रञअजन साव स्टेरिङले च्यापिएर अड्किए। लगभग आधा घण्टासम्म तिनीहरू गाड़ीभित्रै फँसै। स्थानीय मानिसहरूले उद्धार गर्न सकेनन्।खबर पाएपछि दमकल टोली र धूपगुड़ी…
Read More
नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

सखारै बिहान भयावह दुर्घटना भएको छ। चिया श्रमिकहरू बोकेको पिकअप भ्यान पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ अनि धेरै घाइते भएका छन्। सोमवार सखारै बिहान नगराकट्टाको गठिया चियाबारीको अप्पर डिभिजनमा यस्तो मर्मान्तिक घटना भएको हो।प्राप्त जानकारीअनुसार मृत अनि घाइते सबै खयेरकट्टा गाउँ र खयेरबारी क्षेत्रका वासिन्दा हुन्। अन्य दिन जस्तै आज पनि तिनीहरू पिकअप भ्यानमा चढ़ेर गठिया चियाबारीमा अस्थायी वा बिघा काम गर्न जाँदै थिए। तर अचानक गाड़ीले नियन्त्रण हराएर पल्टिँदा सड़क छेउको खाल्डोमा खस्यो। त्यसपछि स्थानीय मानिसहरूले घटनामा परेका सबैलाई उद्धार गरेर चियाबारीको अस्पताल र सोल्कापाड़ा ग्रामीण अस्पताल पुर्यानए। त्यहाँ तीनजनालाई मृत घोषणा गरियो।प्राप्त जानकारीअनुसार मृतहरूमा मृत मनीषा नागाशिया(18),…
Read More
होम–स्टेको बाल्कोनीदेखि सड़कमा खस्दा पर्यटकको मृ*त्यु

होम–स्टेको बाल्कोनीदेखि सड़कमा खस्दा पर्यटकको मृ*त्यु

दुर्घटनामा पहाड़ घुम्न आएका एक युवा पर्यटकको मृत्यु भएको छ। खरसाङको डाउहिलस्थित होम–स्टेको बाल्कोनीबाट खस्दा हाउड़ाका वासिन्दा युवकको मृत्यु भएको हो। लगभग 26 वर्षका उक्त युवकको नाम सप्तनील चट्टोपाध्याय हो। 18 अगस्त बिहान यो दुर्घटना भएको हो। तिनी 6 जनाको समूहसितै घुम्न पहाड़ आएका थिए। सोमवार नै तिनीहरूको घर फर्कने योजना थियो।सूत्रअनुसार केही दिनअघि पर्यटकहरूको एउटा समूह उक्त होम–स्टेमा बस्न आएको थियो। समूहमा रहेका 6 जनामध्ये को–को थिए भनेर जानकारी प्राप्त भएको छैन। सोमवार बिहान सप्तनील बाल्कोनीबाट सड़कमा खस्दा तिनका साथीहरू कहाँ थिए भनेर पुलिसले जाँच गरिरहेको छ। बाल्कोनीबाट सप्तनील कसरी खसे भन्ने विषयमा पनि जाँच भइरहेको छ। यो केवल…
Read More
सड़क दुर्घटनामा दुईको मृत्यु

सड़क दुर्घटनामा दुईको मृत्यु

एक दुखद सड़क दुर्घटनामा दुई साथीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। यो घटना आइतवार अबेर राति बाघडुग्राको गङ्गाराम चियाबारीस्थित राष्ट्रिय राजमार्गको चर्च मोड़नजिक भएको हो। मृतहरूमा मुनी चियाबारीका वासिन्दा बादल मुण्डा अनि अमन हुन्।प्राप्त रिपोर्टअनुसार तीनैजना साथी एउटा मोटरसाइकलमा घोषपुकुरदेखि घर फर्किंदै थिए। मोटरसाइकलको नियन्त्रण हराउँदा एउटा चार चक्के गाड़ीसित ठोक्कियो। घटनास्थलमै दुईजनाको मृत्यु भयो भने तेस्रो व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।दुर्घटनापछि बाघडुग्रा पुलिस तुरुन्तै घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गराएको छ। शवहरूलाई पोस्टमर्टमका लागि पठाइएको छ र पुलिसले घटनाको जाँच आरम्भ गरेको छ।
Read More