Paromita

286 Posts
भाजपा सिक्किम टोलीद्वारा पहिरो प्रभावित रिम्बीको भ्रमण, अवस्थाको निरीक्षण तथा राहत सामग्री हस्तान्तरण

भाजपा सिक्किम टोलीद्वारा पहिरो प्रभावित रिम्बीको भ्रमण, अवस्थाको निरीक्षण तथा राहत सामग्री हस्तान्तरण

भारतीय जनता पार्टी (भाजपा) सिक्किमका राज्य अध्यक्ष श्री डीआर थापाको नेतृत्वमा राज्य उपाध्यक्ष श्री एनके सुब्बा, महासचिव श्री दिनेश चन्द्र नेपाल, जिल्ला अध्यक्ष श्री दिगाम लिम्बू, जिल्ला कार्यकारिणी सदस्यहरू, मण्डल अध्यक्षहरू तथा अन्य कार्यकर्ताहरू सम्मिलित प्रतिनिधिमण्डलले आज गेजिङ जिल्लाअन्तर्गत युक्सोम–ताशीडिङ निर्वाचन क्षेत्रको पहिरो प्रभावित रिम्बी–तिम्रोङ क्षेत्रको भ्रमण गरेको छ। भाजपा प्रतिनिधिमण्डलले आवश्यक राहत सामग्री पञ्चायत अध्यक्ष श्री मंगल राई तथा राहत सङ्कलन केन्द्रकी इन्चार्ज श्रीमती तारा गुरुङलाई हस्तान्तरण गरेको छ। भ्रमणका क्रममा भाजपा टोलीले पञ्चायत प्रतिनिधिहरूसँग भेट गरी पहिरोबाट भएको क्षति तथा वर्तमान अवस्थाबारे जानकारी लिएको थियो। प्राप्त जानकारीअनुसार करिब ३० परिवारलाई सुरक्षित रूपमा स्थानान्तरण गरी हाल राहत शिविरमा आश्रय…
Read More
मिरिक महाविद्यालयको नयाँ सञ्चालन समिति अध्यक्षमा सञ्जित तामाङ, पदभार ग्रहण

मिरिक महाविद्यालयको नयाँ सञ्चालन समिति अध्यक्षमा सञ्जित तामाङ, पदभार ग्रहण

मिरिक महाविद्यालयको सञ्चालन समिति अध्यक्षका रूपमा सञ्जित तामाङ (सञ्जीव लामा)-ले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। महाविद्यालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त अध्यक्ष तामाङलाई स्वागत गर्दै प्राचार्य प्रो. शेराप भुटियाले स्वागत सम्भाषण प्रस्तुत गरे। कार्यक्रममा महाविद्यालय परिवारका प्रतिनिधि, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। पदभार ग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष सञ्जित तामाङले मिरिक महाविद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार तथा समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। महाविद्यालयको प्रगतिमा सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए। कार्यक्रममा महाविद्यालयको नेपाली विभागका प्रमुख डा. आनन्द छेत्रीले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सञ्चालन अंग्रेजी विभागकी प्राध्यापिका सुदीपा लामाले गरेकी थिइन्। कार्यक्रमलाई थप…
Read More
कालेबुङ जिल्ला अस्पतालमा रिचा इन्टरप्राइजेसकी जोती कार्कीको 15 सालको कालो सासनको अन्त

कालेबुङ जिल्ला अस्पतालमा रिचा इन्टरप्राइजेसकी जोती कार्कीको 15 सालको कालो सासनको अन्त

कालेबुङ जिल्ला अस्पतालमा लामो समयदेखि रिचा इन्टरप्राइजेसकी जोती कार्कीको सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषयलाई लिएर उठ्दै आएको विवाद फेरि चर्चामा आएको छ। कालेबुङ केयरले कार्कीको करिब 15 वर्षको लामो कालो सासन कालको अन्त भएको बताएको छ भने सम्बन्धित विभिन्न विषयमा छानबिन तथा कारबाहीको माग गर्दै आफ्नो अभियान जारी राखेको जनाएको छ। कालेबुङ केयरका प्रमुख बिकास छेत्रीले जोती कार्कीमाथि अस्पतालसँग सम्बन्धित विभिन्न विषयमा धाँधली गरेको आरोप लगाउँदै सम्बन्धित निकायले आवश्यक छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने माग गरेका छन्। यसै क्रममा कार्कीले अस्पताल परिसरभित्र अवैध रूपमा घर निर्माण गरेको आरोप समेत लगाइएको छ। उक्त संरचनाको विषयमा छानबिन गरी अवैध ठहरिए घर…
Read More
अन्तर कार्यालय फुटबलमा खरसाङ कोर्टको शानदार जित, डीभिजनल फरेस्ट ४–० ले पराजित

अन्तर कार्यालय फुटबलमा खरसाङ कोर्टको शानदार जित, डीभिजनल फरेस्ट ४–० ले पराजित

खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार अन्तर कार्यालय लीग फुटबल लीगको केवल एउटा खेल सम्पन्न भयो। जसमा खरसाङ कोर्ट बनाम खरसाङ डीभिजनल फरेस्टमाझ सम्पन्न भयो। यस खेलमा खरसाङ कोर्टले खरसाङ डीभिजनल फरेस्ट लाई 4 - 0 गोलले पराजित गरेको‌ छ। यस खेलमा आफ्नो दलको तर्फबाट केही उत्कृष्ट बचाउ गरेको फलस्वरूप खरसाङ कोर्टका गोल रक्षक रुसत ब्लोनलाई उक्त खेलको सर्वश्रेष्ठ खेलाडी घोषित गरियो। तिनलाई खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष मोहन योञ्जनको बाहुलीबाट सर्टिफिकेट प्रदान गरियो। अब बुधबार 23 सेप्टेम्वरको दिन अन्तर कार्यालय फ्रेन्डशिप कप लीग अन्तर्गत दुईवटा…
Read More
“विशेष सरकारी अभियोजक पदमा” नागरी फार्म चियाबारीका छोरा अधिवक्ता अजित गुरुङ नियुक्त

“विशेष सरकारी अभियोजक पदमा” नागरी फार्म चियाबारीका छोरा अधिवक्ता अजित गुरुङ नियुक्त

नागरी फार्म चियाबारी निवासी अधिवक्ता अजित गुरुङले थप उपलब्धि हासिल गरेर सम्पूर्ण नागरी फार्मवासीको शीर खड़ा गर्न सफल बनेका छन्।पूर्व प्राथमिक शिक्षक स्व. बीबी गुरुङ अनि स्वास्थ्य कर्मी स्व सावित्री थापा गुरुङका छोरा तिनले धेरै वर्षको बौद्धिक कसरतपछि उल्लेखनीय उक्त उपलब्धि हासिल गरेका हुन्।पश्चिम बंगाल सरकारद्वारा दार्जीलिङ विशेष अदालत (NDPS Act)को निम्ती "विशेष सरकारी अभियोजक (Special Public Prosecutor) पदमा उनले नियुक्ति प्राप्त गरेका छन् ।
Read More
दार्जीलिङ–कालिम्पोङ विकास परियोजनाको प्रशासनिक समीक्षा, सडकदेखि खानेपानी र पर्यटन पूर्वाधारमा जोड

दार्जीलिङ–कालिम्पोङ विकास परियोजनाको प्रशासनिक समीक्षा, सडकदेखि खानेपानी र पर्यटन पूर्वाधारमा जोड

दार्जीलिङमा लोक निर्माण विभाग (PWD) तथा जनस्वास्थ्य प्राविधिक विभाग (PHE) अन्तर्गत दार्जीलिङ र कालिम्पोङ जिल्लाका विकास कार्यबारे प्रशासनिक समीक्षा बैठक सम्पन्न भयो। मन्त्री अजय कुमार पोद्दारको अध्यक्षतामा भएको बैठकमा सांसद राजु विष्टसहित सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो।बैठकमा जल जीवन मिशनअन्तर्गत ग्रामीण क्षेत्रमा खानेपानीका धारा जडान तथा अधुरा परियोजना समयमै पूरा गर्ने विषयमा जोड दिइयो। साथै दार्जीलिङ सर्कुलर रोड, वैकल्पिक राजमार्ग, कुर्सियाङ–दार्जीलिङ रोपवे, जामुनेलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने तथा घुम, लेबोङ, कालिम्पोङ, कुर्सियाङ र मिरिकमा नयाँ पार्किङ सुविधा निर्माण गर्ने प्रस्तावबारे छलफल गरिएको बताइएको छ।सांसद राजु विष्टका अनुसार बैठकमा जारी परियोजनाको प्रगति, अवरोध र प्राथमिकताबारे समीक्षा गर्दै सडक, खानेपानी, यातायात तथा…
Read More
चुङथुङ–मेरिबुङ–तामसाङमा गोरायुमो संगठन विस्तारलाई गति, नयाँ समष्टि कमिटी गठन नभएसम्म सुनिल थापा संयोजकमा सर्वसम्मत चयन

चुङथुङ–मेरिबुङ–तामसाङमा गोरायुमो संगठन विस्तारलाई गति, नयाँ समष्टि कमिटी गठन नभएसम्म सुनिल थापा संयोजकमा सर्वसम्मत चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिमा गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) को संगठनात्मक विस्तार तथा सुदृढीकरणलाई लिएर महत्वपूर्ण सभा सम्पन्न भएको छ।सभामा समष्टिमा संगठनलाई थप व्यवस्थित, सक्रिय तथा सशक्त बनाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि वर्तमान गोरायुमो समष्टि कमिटीलाई भङ्ग गरी नयाँ समष्टि कमिटी गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। नयाँ समष्टि कमिटी गठन नभएसम्म संगठनात्मक गतिविधिलाई निरन्तरता दिन सुनिल थापालाई संयोजक पदमा सर्वसम्मतिले चयन गरिएको छ। संयोजकको जिम्मेवारीमा रहेर थापाले समष्टिअन्तर्गतका विभिन्न शाखाहरूमा संगठनलाई सक्रिय बनाउने तथा नयाँ कमिटी गठनको प्रक्रियालाई अघि बढाउने बताइएको छ। सभाले प्रत्येक शाखालाई थप सुदृढ गर्दै शाखास्तरबाट बुथस्तरीय कमिटी…
Read More
सिक्किममा ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ

सिक्किममा ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ

रिज पार्कमा बिहीबार ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसर पारेर सुरु गरिएको यो राष्ट्रव्यापी अभियान आगामी २ अक्टोबर अर्थात् महात्मा गान्धी जयन्तीसम्म सञ्चालन हुनेछ।कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसरमा दीप प्रज्वलन गर्दै उनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरिएको थियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुरले उपस्थित सबैलाई सिक्किमलाई स्वच्छ र सुन्दर बनाउने संकल्पसहित स्वच्छता शपथ गराएका थिए। कार्यक्रममा राज्य सरकारका मन्त्री, विधायक, मुख्य सचिव, वरिष्ठ प्रशासनिक अधिकारी तथा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।यस अवसरमा सहरी विकास विभागअन्तर्गत…
Read More
१५ वर्षे वाहन हटाउने निर्णय पुनर्विचार गर्न तारा सुन्दासको माग

१५ वर्षे वाहन हटाउने निर्णय पुनर्विचार गर्न तारा सुन्दासको माग

पहाडी क्षेत्रका चालकको पक्षमा तारा सुन्दास, 15 वर्षे वाहन हटाउने निर्णय पुनर्विचार गर्न माग +किलोमिटरका आधारमा वाहन हटाउन माग,तराई र पहाडको वाहन सञ्चालन अवस्था फरक छ-तारा सुन्दास15 वर्ष पूरा भएका पुराना वाहनहरू केन्द्र तथा राज्य सरकारको निर्देशन अनुसार हटाउने विषयमा माकपा नेता तारा सुन्दासले आवाज उठाएका छन्। सुन्दासका अनुसार तराई र पहाडी क्षेत्रमा सञ्चालन हुने वाहनहरूको प्रयोग र दैनिक सञ्चालनको अवस्था फरक हुन्छ। तराई क्षेत्रमा चालकहरूले एक दिनमा चार पटकसम्म यात्रु ओसारपसार गर्ने गरेको भए पनि पहाडी क्षेत्रमा भौगोलिक अवस्था तथा दूरीका कारण एक दिनमा मुस्किलले एक खेप मात्र यात्रु ओसारपसार गर्न सक्ने अवस्था रहेको उनले बताएका छन्। यसकारण वाहनको…
Read More
नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग गोर्खा जनमुक्ति मोर्चाको शिष्टाचार भेटघाट

नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग गोर्खा जनमुक्ति मोर्चाको शिष्टाचार भेटघाट

गोर्खा जनमुक्ति मोर्चा बिजनबारी टाउन कमिटीको प्रतिनिधिमण्डलले मंगलबार बिजनबारी–पुलबजार ग्राम पञ्चायतकी नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग औपचारिक शिष्टाचार भेटघाट गरेको छ। टाउन कमिटीका सभापति सेरोन डेबिड राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधान छेत्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्षेत्रको समग्र विकास, जनहितका मुद्दा तथा आगामी दिनमा गरिने सहकार्यबारे छलफल गरेको थियो। साथमा बिजनबारी क्षेत्रको उन्नति र प्रगतिका निम्ति ग्राम पञ्चायतसँग सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको राईले बताएका छन।यस्तै भेटघाटका क्रममा नवनिर्वाचित प्रधान छेत्रीले ग्राम पञ्चायतको प्रमुखका रूपमा नयाँ जिम्मेवारी प्राप्त गरेकोमा सम्पूर्ण क्षेत्रवासीको हितमा काम गर्न आफू उत्सुक रहेको बताइन्। कार्यक्रममा उपसभापति सुधीर छेत्री, सचिव रोबिन राई, कोषाध्यक्ष ऋषि गुरुङ…
Read More