13
Oct
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यका निवर्तमान राज्यपाल श्री ओमप्रकाश माथुरले आफ्नो कार्यकालमा पुर्याउनुभएको योगदान, समर्पण र सेवाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै, उहाँ केरला (केरलम) को राज्यपालमा नियुक्त हुनुभएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सन्देश जारी गर्दै माथुरको मार्गदर्शन, दूरदर्शिता, आत्मीयता तथा सिक्किमवासीप्रतिको स्नेहको प्रशंसा गर्नुभएको छ। उहाँले माथुरको योगदान र सिक्किमसँगको आत्मीय सम्बन्धलाई राज्यवासीले सधैँ स्मरण गरिरहने उल्लेख गर्नुभएको छ। यसैबीच, मुख्यमन्त्री गोलेले सिक्किमका नवनियुक्त राज्यपाल श्री दुष्यन्त गौतमलाई हार्दिक बधाई तथा स्वागत गर्नुभएको छ। उहाँले गौतमको कार्यकाल सफल, उपलब्धिमूलक र जनकल्याणमा केन्द्रित हुने विश्वास व्यक्त गर्दै…
