Darjeeling

स्थायीकरणको माग गर्दै पहाडभर ग्राम पन्चायतका अस्थायी कर्मचारीद्वारा ‘पेनडाउन’ हडताल शुरु

स्थायीकरणको माग गर्दै पहाडभर ग्राम पन्चायतका अस्थायी कर्मचारीद्वारा ‘पेनडाउन’ हडताल शुरु

जीटीएअन्तर्गत दार्जिलिङ र कालेबुङ जिल्लाका विभिन्न खण्डका ग्राम पन्चायतहरुमा कार्यरत ग्राम रोजगार सहायक, भीएलई, एसटीपीलगायतका अस्थायी कर्मचारीहरूले स्थायीकरणको माग गर्दै बिहीबारदेखि ‘पेनडाउन’ हडताल सुरु गरेका छन्। गत २५ सेप्टेम्बरमा पञ्चायत तथा ग्रामीण विकास विभागलाई मागबारे जानकारी गराए पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन भने विभिन्न खण्ड विकास कार्यालयअगाडि धर्ना दिँदै कर्मचारीहरूले खण्ड बिकास अधिकारी मार्फत आफ्ना माग सरकारसमक्ष पुर्‍याएका छन्। साथमा वर्षौंदेखि स्थायी कर्मचारीसरह जिम्मेवारी निर्वाह गर्दै आए पनि कम पारिश्रमिक र अतिरिक्त कार्यभारका कारण समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ। साथमा ग्राम पञ्चायतका रिक्त स्थायी पदमा आफूहरूलाई प्राथमिकता दिँदै तत्काल स्थायीकरण गर्नुपर्ने उनीहरूको माग छ भने विभागबाट लिखित…
Read More
रिङटाङ चिया कमानमा २० प्रतिशत बोनस वितरणको माग, HPEU को गेट मिटिङपछि १० अक्टोबरभित्र बोनस दिने म्यानेजमेन्टको नोटिस

रिङटाङ चिया कमानमा २० प्रतिशत बोनस वितरणको माग, HPEU को गेट मिटिङपछि १० अक्टोबरभित्र बोनस दिने म्यानेजमेन्टको नोटिस

पश्चिम बङ्गाल सरकारको आदेशअनुसार अक्टोबर ५ भित्र चिया कमानका श्रमिकहरूलाई २० प्रतिशत बोनस वितरण गरिनुपर्ने भए पनि सोनादा क्षेत्रअन्तर्गत रिङटाङ चिया कमानमा बोनस वितरण नभएपछि Hill Plantations Employees Union (HPEU) को अगुवाइमा आज गेट मिटिङ आयोजना गरिएको छ।HPEU का अनुसार विगतका वर्षहरूमा बोनस वितरणका क्रममा श्रमिकहरूले विभिन्न समस्या भोग्दै आएका छन्। किस्ताबन्दीमा बोनस दिने प्रथाको अन्त्य गर्नुपर्ने माग संगठनले आफ्नो पहिलो वार्षिक मागपत्रमै समावेश गरेको र यस विषयमा निरन्तर पहल गर्दै आएको जनाएको छ।म्यानेजमेन्टको तर्फबाट यसअघि बोनस वितरणबारे मौखिक आश्वासन मात्र प्राप्त भइरहेको अवस्थामा HPEU ले २० प्रतिशत बोनस तत्काल वितरण गर्नुपर्ने माग राखेपछि रिङटाङ चिया कमानका म्यानेजरले आगामी १०…
Read More
सुकना स्टेशनमा नयाँ स्वरूपमा फर्कियो ऐतिहासिक म्युजियम

सुकना स्टेशनमा नयाँ स्वरूपमा फर्कियो ऐतिहासिक म्युजियम

पूजाअघि सुकना स्टेशनस्थित दार्जिलिङ हिमालयन रेलवे (DHR) को ऐतिहासिक फोटो ग्यालरी सह म्युजियमलाई नयाँ स्वरूपमा तयार गरिएको छ। शनिबार आयोजित ‘स्टेशन महोत्सव’का क्रममा म्युजियमको पुनः उद्घाटन गरियो। कार्यक्रममा नर्थईस्ट फ्रन्टियर रेलवेका जनरल म्यानेजर चेतन कुमार श्रीवास्तव, DHR का निर्देशक ऋषभ चौधरीसहित रेलवेका अधिकारीहरूको उपस्थिति रहेको थियो। म्युजियममा सुकना स्टेशनको इतिहास, पुराना तस्बिर तथा दार्जिलिङ हिमालयन रेलवेको विरासतलाई प्रस्तुत गरिएको छ। म्युजियममा राखिएका क्यूआर कोड स्क्यान गरेर पर्यटकहरूले थप ऐतिहासिक जानकारी प्राप्त गर्न सक्नेछन्। टॉय ट्रेनको टिकटमै म्युजियम प्रवेश समावेश गरिएको छ भने अन्य पर्यटकका लागि प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ। म्युजियम सातै दिन बिहान १० बजेदेखि साँझ ५…
Read More
GTA विरोधमा गोर्खाल्यान्ड संग्राम पार्टीको पोस्टरिङ

GTA विरोधमा गोर्खाल्यान्ड संग्राम पार्टीको पोस्टरिङ

गोर्खाल्यान्ड संग्राम पार्टीले गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) को विरोधमा पोस्टरिङ गरेको छ। पार्टीले जीटीएको वर्तमान व्यवस्थाप्रति असहमति जनाउँदै गोर्खाल्यान्डको मागलाई पुनः जोड दिने उद्देश्यले शहरका विभिन्न स्थानमा पोस्टरहरू टाँसेको जनाएको छ। पार्टीका कार्यकर्ताहरूले जीटीएको विकल्पमा गोर्खाल्यान्डको स्थायी राजनीतिक समाधान हुनुपर्ने मागसहित आफ्नो अभियानलाई निरन्तरता दिने बताएका छन्
Read More
“विशेष सरकारी अभियोजक पदमा” नागरी फार्म चियाबारीका छोरा अधिवक्ता अजित गुरुङ नियुक्त

“विशेष सरकारी अभियोजक पदमा” नागरी फार्म चियाबारीका छोरा अधिवक्ता अजित गुरुङ नियुक्त

नागरी फार्म चियाबारी निवासी अधिवक्ता अजित गुरुङले थप उपलब्धि हासिल गरेर सम्पूर्ण नागरी फार्मवासीको शीर खड़ा गर्न सफल बनेका छन्।पूर्व प्राथमिक शिक्षक स्व. बीबी गुरुङ अनि स्वास्थ्य कर्मी स्व सावित्री थापा गुरुङका छोरा तिनले धेरै वर्षको बौद्धिक कसरतपछि उल्लेखनीय उक्त उपलब्धि हासिल गरेका हुन्।पश्चिम बंगाल सरकारद्वारा दार्जीलिङ विशेष अदालत (NDPS Act)को निम्ती "विशेष सरकारी अभियोजक (Special Public Prosecutor) पदमा उनले नियुक्ति प्राप्त गरेका छन् ।
Read More
दार्जीलिङ–कालिम्पोङ विकास परियोजनाको प्रशासनिक समीक्षा, सडकदेखि खानेपानी र पर्यटन पूर्वाधारमा जोड

दार्जीलिङ–कालिम्पोङ विकास परियोजनाको प्रशासनिक समीक्षा, सडकदेखि खानेपानी र पर्यटन पूर्वाधारमा जोड

दार्जीलिङमा लोक निर्माण विभाग (PWD) तथा जनस्वास्थ्य प्राविधिक विभाग (PHE) अन्तर्गत दार्जीलिङ र कालिम्पोङ जिल्लाका विकास कार्यबारे प्रशासनिक समीक्षा बैठक सम्पन्न भयो। मन्त्री अजय कुमार पोद्दारको अध्यक्षतामा भएको बैठकमा सांसद राजु विष्टसहित सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो।बैठकमा जल जीवन मिशनअन्तर्गत ग्रामीण क्षेत्रमा खानेपानीका धारा जडान तथा अधुरा परियोजना समयमै पूरा गर्ने विषयमा जोड दिइयो। साथै दार्जीलिङ सर्कुलर रोड, वैकल्पिक राजमार्ग, कुर्सियाङ–दार्जीलिङ रोपवे, जामुनेलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने तथा घुम, लेबोङ, कालिम्पोङ, कुर्सियाङ र मिरिकमा नयाँ पार्किङ सुविधा निर्माण गर्ने प्रस्तावबारे छलफल गरिएको बताइएको छ।सांसद राजु विष्टका अनुसार बैठकमा जारी परियोजनाको प्रगति, अवरोध र प्राथमिकताबारे समीक्षा गर्दै सडक, खानेपानी, यातायात तथा…
Read More
चुङथुङ–मेरिबुङ–तामसाङमा गोरायुमो संगठन विस्तारलाई गति, नयाँ समष्टि कमिटी गठन नभएसम्म सुनिल थापा संयोजकमा सर्वसम्मत चयन

चुङथुङ–मेरिबुङ–तामसाङमा गोरायुमो संगठन विस्तारलाई गति, नयाँ समष्टि कमिटी गठन नभएसम्म सुनिल थापा संयोजकमा सर्वसम्मत चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिमा गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) को संगठनात्मक विस्तार तथा सुदृढीकरणलाई लिएर महत्वपूर्ण सभा सम्पन्न भएको छ।सभामा समष्टिमा संगठनलाई थप व्यवस्थित, सक्रिय तथा सशक्त बनाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि वर्तमान गोरायुमो समष्टि कमिटीलाई भङ्ग गरी नयाँ समष्टि कमिटी गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। नयाँ समष्टि कमिटी गठन नभएसम्म संगठनात्मक गतिविधिलाई निरन्तरता दिन सुनिल थापालाई संयोजक पदमा सर्वसम्मतिले चयन गरिएको छ। संयोजकको जिम्मेवारीमा रहेर थापाले समष्टिअन्तर्गतका विभिन्न शाखाहरूमा संगठनलाई सक्रिय बनाउने तथा नयाँ कमिटी गठनको प्रक्रियालाई अघि बढाउने बताइएको छ। सभाले प्रत्येक शाखालाई थप सुदृढ गर्दै शाखास्तरबाट बुथस्तरीय कमिटी…
Read More
मलेसिया अल्ट्रा ट्रेलमा गोर्खा धावकहरूको ऐतिहासिक सफलता

मलेसिया अल्ट्रा ट्रेलमा गोर्खा धावकहरूको ऐतिहासिक सफलता

मलेसियाको पेराकस्थित ताइपिङमा आयोजित अन्तर्राष्ट्रिय ट्रेल रनिङ प्रतियोगिता ‘मलेसिया अल्ट्रा ट्रेल बाइ UTMB’ मा दार्जिलिङ तथा सिक्किमका गोर्खा धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ट्रेल रनिङको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। शनिबार आयोजित प्रतियोगितामा ‘गोर्खा ट्रेल रनर्स क्लब’ का धावक वीरबहादुर राईले MY25 विधाअन्तर्गत २ घण्टा २५ मिनेटको उत्कृष्ट समय निकाल्दै प्रथम स्थान हासिल गरेका छन्। उनी २५ किलोमिटर (25K) विधामा UTMB शृङ्खलाको पोडियममा पुग्ने पहिलो भारतीय धावक बनेको दाबी गरिएको छ। यस उपलब्धिलाई भारतीय ट्रेल रनिङ क्षेत्रकै ऐतिहासिक सफलताका रूपमा लिइएको छ। यसैगरी, दार्जिलिङको सुदूरवर्ती रिम्बिक–लोधोमा क्षेत्रका धावक सोमबहादुर थामी र हेमन्त लिम्बुले ५० किलोमिटर (50K) विधामा क्रमशः चौथो…
Read More
घूम जोरबंग्लो र डालीबाट गाडी चढ्ने यात्रीहरूको सुविधालाई मध्यनजर गर्दै

घूम जोरबंग्लो र डालीबाट गाडी चढ्ने यात्रीहरूको सुविधालाई मध्यनजर गर्दै

नगरपालिका अनि स्टेट ब्याङ्क अव् इण्डिया दार्जीलिङ शाखाको तत्वावधानमा यहाँको घूम जोरबंग्लो र डाली स्ट्याण्ड परिसरमा विश्राम स्थल बनाइने जानकारी दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी अनि स्टेट ब्याङ्क दार्जीलिङ शाखाका चिप म्यानेजर दिपंकर सुब्बाले दिएका छन् । शेड निर्माण गर्नको निम्ति शिलान्यास पनि गरियो । विशेषगरी गाड़ी पर्खिदा विद्यार्थी, बूढापाखा अनि आम यात्रीहरूलाई कुनै असुविधा नहोस् भनी शेड निर्माण गरिने जनाइएको छ । जहाँ उनीहरू बसेर आराम गर्न सक्नेछन् ।
Read More
प्लुङदुङ चियाबारी क्षेत्रमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

प्लुङदुङ चियाबारी क्षेत्रमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

लगातारको भारी वर्षाका कारण प्लुङदुङ चियाबारी क्षेत्रका विभिन्न स्थानमा गएको पहिरो तथा सडक अवरोधको अवस्थाबारे आज भारतीय जनता पार्टीका सुके–मानेभञ्ज्याङ मण्डल तथा जौ जोरबङलो–सुकेपोखरी पञ्चायत समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ। पञ्चायत समितिका सभापति अञ्जु लामा, सहकारी सभापति जीवन प्रधान, पञ्चायत समिति सदस्यहरू सुशान राई, हिम्मत प्रधान र अश्विन लाकान्द्री, प्लुङदुङ ग्राम पञ्चायतका उपप्रधान नीला लेप्चा, सुके–मानेभञ्ज्याङ मण्डल अध्यक्ष नितिन तामाङ, महासचिव नयन छिरिङ लेप्चा, फुर्बा छिरिङ शेर्पा, मण्डल युवा अध्यक्ष गोविन्द राई, युवा मोर्चा सामाजिक सञ्जाल प्रभारी प्रशिल राई, सुनिल राई, शक्ति केन्द्र प्रमुख शेखर राई लगायत स्थानीय कार्यकर्ता तथा गाउँवासीहरूको उपस्थितिमा प्लुङदुङ चियाबारी, छेउ गाउँ र लेप्चा गाउँ…
Read More