Political

प्रधानमन्त्री सूर्य घर योजना ग्रामीण भेगसम्म पुर्‍याउने उदेश्यले बिजनबारीमा सेमिनार सप्पन्न

प्रधानमन्त्री सूर्य घर योजना ग्रामीण भेगसम्म पुर्‍याउने उदेश्यले बिजनबारीमा सेमिनार सप्पन्न

प्रधानमन्त्री सूर्य घर योजनाबारे ग्रामीण क्षेत्रका नागरिकलाई जानकारी गराउने उद्देश्यले बुधबार दार्जिलिङ पुलबजार खण्डको मुख्यालय बिजनबारीमा सचेतना सेमिनार सम्पन्न भयो। भाजपा किसान मोर्चाको मुख्य आयोजनामा तथा खण्ड विकास कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा सौर्य ऊर्जाको प्रयोग, सरकारी अनुदान र योजनाका लाभबारे जानकारी गराइयो। सेमिनारमा खण्ड पञ्चायत समितिका भाइस चेयरम्यान रिवाज गुरुङ, भाजपा जिल्ला सङ्गठनिक सचिव गोपाल बुढाथोकी, रेलिङ–कैजले मण्डल अध्यक्ष सुभन लिम्बु, किसान मोर्चाका जिल्ला सचिव निर्मल शर्मा, विद्युत् विभागका अधिकारी, सोलार कम्पनीका प्रतिनिधि तथा विभिन्न ग्राम पञ्चायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले सोलार प्यानल जडानबाट घरायसी बिजुली खर्च घटाउन र स्वच्छ ऊर्जाको प्रयोग बढाउन सकिने बताए। गोपाल बुढाथोकीले बढ्दो…
Read More
सेवोकमा तीस्ता नदीमाथि ६ लेनको प्रमुख पुल निर्माणका लागि ₹१,१७५.५९ करोड स्वीकृत

सेवोकमा तीस्ता नदीमाथि ६ लेनको प्रमुख पुल निर्माणका लागि ₹१,१७५.५९ करोड स्वीकृत

पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित सेवोकमा NH-10 (पुरानो NH-31) अन्तर्गत तीस्ता नदीमाथि ६.९१ किलोमिटर लामो ६ लेनको प्रमुख पुल तथा त्यसको एप्रोच रोड निर्माणका लागि ₹१,१७५.५९ करोड बजेट स्वीकृत गरिएको छ। प्रस्तावित पुलले सिक्किम, पूर्वोत्तर राज्यहरू तथा सिलिगुडी करिडोरबीचको कनेक्टिभिटी थप सुदृढ बनाउने र यात्रु तथा मालसामानको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ। यस परियोजनाले क्षेत्रीय एकीकरण, व्यापार–वाणिज्य, पर्यटन तथा लजिस्टिक्सलाई प्रवर्द्धन गर्नुका साथै समग्र क्षेत्रको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ। सडक पूर्वाधारमा सुधार र बलियो कनेक्टिभिटीका कारण यात्रा समय घट्ने, ट्राफिक जाम कम हुने तथा मालसामान र सेवाको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय समुदाय,…
Read More
GTA खारेजीको माग गर्दै गोर्खाल्यान्ड संग्राम पार्टीको विरोध प्रदर्शन

GTA खारेजीको माग गर्दै गोर्खाल्यान्ड संग्राम पार्टीको विरोध प्रदर्शन

GTA मरेको लास हो ,सभासदहरु यसलाई रुगेर नबस भन्दै गोर्खाल्यान्ड संग्राम पार्टीले कालिम्पोङमा पोष्टरिङ गर्दै बिरोध प्रदर्शन गरेको छ। यतिमात्र होइन पार्टीले GTA खारेजको माग गर्दै अब GTA कार्यालय (लालकोठी )घेराउ समेत गर्ने भएको छ। केवल छुट्टै राज्य गोर्खाल्यान्डको मुल एजेन्डा लिएर दार्जीलिङ पहाडमा गठन भएको नयाँ राजनैतिक दल गोर्खाल्यान्ड संग्राम पार्टीले स्थापना पछि अब सिधै GTA खारेज गरि अलग राज्य निर्माण गर्नुपर्ने माग लिएर सरकार दबाब दिन एउटा आन्दोलन शुरु गरेको छ। स्मरण रहोस् सांसद राजु विष्टले GTA भ्रष्टाचारीको अड्डा हो, यो मरिसकेको लास हो अब यसलाई हटाएर संवैधानिक स्थायी समाधान हुन्छ भनेर दार्जीलिङका जनताको मन जितेका थिए। तर…
Read More
गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पैदल यात्रा :दोस्रो दिन आइपुग्यो लाभा बजार

गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पैदल यात्रा :दोस्रो दिन आइपुग्यो लाभा बजार

गोर्खाल्याण्ड नौलो संघर्ष समितिका संयोजक बिक्रमादि राईको नेतृत्वमा ‘NO MORE GTA’ नारासहित सुरु गरिएको पैदल यात्राको दोस्रो दिन लाभा बजार आइपुगेको छ। समितिले हिजो आइतबार गोरूबथानबाट पैदल यात्रा सुरु गरी डाँडा गाउँसम्म पुगेको थियो। आज बिहान ७ बजेदेखि डाँडा गाउँबाट दोस्रो दिनको यात्रा सुरु गरिएको थियो। यात्राका क्रममा कुवा पानी र शेर्पा गाउँ हुँदै टोली लाभा बजार आइपुगेको हो। जीटीएको विरोध गर्दै गोर्खाल्याण्डको मागलाई अघि बढाउने उद्देश्यले सुरु गरिएको उक्त पैदल यात्रा लाभाबाट कालेबुङ हुँदै टिस्टासम्म पुग्ने बताइएको छ। समितिका अनुसार पैदल यात्रामा सहभागीहरूले ‘NO MORE GTA’ लगायतका नारासहित गोर्खाल्याण्डको मागलाई जनतामाझ पुर्‍याउने अभियान अघि बढाइरहेका छन्।
Read More
नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग गोर्खा जनमुक्ति मोर्चाको शिष्टाचार भेटघाट

नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग गोर्खा जनमुक्ति मोर्चाको शिष्टाचार भेटघाट

गोर्खा जनमुक्ति मोर्चा बिजनबारी टाउन कमिटीको प्रतिनिधिमण्डलले मंगलबार बिजनबारी–पुलबजार ग्राम पञ्चायतकी नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग औपचारिक शिष्टाचार भेटघाट गरेको छ। टाउन कमिटीका सभापति सेरोन डेबिड राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधान छेत्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्षेत्रको समग्र विकास, जनहितका मुद्दा तथा आगामी दिनमा गरिने सहकार्यबारे छलफल गरेको थियो। साथमा बिजनबारी क्षेत्रको उन्नति र प्रगतिका निम्ति ग्राम पञ्चायतसँग सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको राईले बताएका छन।यस्तै भेटघाटका क्रममा नवनिर्वाचित प्रधान छेत्रीले ग्राम पञ्चायतको प्रमुखका रूपमा नयाँ जिम्मेवारी प्राप्त गरेकोमा सम्पूर्ण क्षेत्रवासीको हितमा काम गर्न आफू उत्सुक रहेको बताइन्। कार्यक्रममा उपसभापति सुधीर छेत्री, सचिव रोबिन राई, कोषाध्यक्ष ऋषि गुरुङ…
Read More
तराईका ६ चिया बगानलाई लिएर ४३ सदस्यीय जोनल कमिटी गठन

तराईका ६ चिया बगानलाई लिएर ४३ सदस्यीय जोनल कमिटी गठन

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तराई क्षेत्रत्रका छवटा चिया बगानहरु पानीघट्टा, लोवागढ, बेलघाछी, सिमलबारी, मरियनबारी र सिफ्टीगुडीलाई लिएर जोनल कमिटीको पूर्णाङ्क कमिटी गठन गरिएको छ। हरिहर आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संचालन अमित बराईकले गरेका थिए भने स्वागत सम्भाषण हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले राखेका थिए। उक्त जोनल कमिटीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको निर्देशन अनुसार जम्मा 43 जनाको जोनल कमिटी गठन गरिएको छ। यस कमिटीमा सभापति राजु खेरूवा, उपाध्यक्ष राजेन किन्दो, अमित बराईक, महासचिव महेन्द्र सेवा, कार्यकारी सचिवहरू शेखर छेत्री, रोशन…
Read More
कालेबुङ आउँदै गरेको मुख्यमन्त्रीको हेलिकप्टर अवतरण गर्न नसकी फर्कियो

कालेबुङ आउँदै गरेको मुख्यमन्त्रीको हेलिकप्टर अवतरण गर्न नसकी फर्कियो

भ्रमणका लागि बागडोग्रा विमानस्थलबाट उडेको मुख्यमन्त्रीको हेलिकप्टर खराब मौसमका कारण कालेबुङको दुर्विनडाँडामा अवतरण गर्न नसकी पुनः उत्तरकन्यातर्फ फर्किएको छ। मुख्यमन्त्रीको उपस्थितिमा आज कालेबुङ टाउन हलमा प्रशासनिक बैठक हुने कार्यक्रम थियो। दिउँसो १२ बजे मुख्यमन्त्री कालेबुङ आइपुग्ने तय भएअनुसार जिल्ला प्रशासनका अधिकारी तथा जनप्रतिनिधिहरू टाउन हलमा उपस्थित भइसकेका थिए। बागडोग्राबाट निर्धारित समयमा हेलिकप्टर उडे पनि दुर्विनडाँडामा अवतरण गर्न नसकेपछि हेलिकप्टर पुनः उत्तरकन्याको दिशातर्फ फर्किएको बताइएको छ।
Read More
रंगलीअट खण्डमा सरकारी योजनाको पारदर्शिताको माग गर्दै गोरामुमोको ज्ञापनपत्र

रंगलीअट खण्डमा सरकारी योजनाको पारदर्शिताको माग गर्दै गोरामुमोको ज्ञापनपत्र

रंगलीअट खण्ड समितिले क्षेत्रका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी योजना तथा विकास परियोजनाको कार्यान्वयन, प्रगति र लाभग्राहीसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन माग गर्दै रंगली–रंगलीअट खण्ड विकास कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।खण्ड समितिले खण्ड विकास अधिकारीसमक्ष बुझाएको ज्ञापनपत्रमार्फत खण्ड विकास कार्यालयको माध्यमबाट सञ्चालन तथा कार्यान्वयन भइरहेका विभिन्न सरकारी योजना र विकास परियोजनाको वर्तमान अवस्था, लाभग्राहीको विवरण तथा कार्यप्रगतिबारे स्पष्ट र आवश्यक जानकारी सार्वजनिक गर्न माग गरेको हो।ज्ञापनपत्रमा विशेषगरी प्रधानमन्त्री आवास योजना अन्तर्गत सञ्चालन भइरहेका काम, स्वीकृत योजना तथा लाभग्राहीसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। यसका साथै सोह्रौँ वित्त आयोगअन्तर्गत प्राप्त तथा विनियोजित रकम, त्यसबाट सञ्चालन भइरहेका विकास कार्य र योजनासम्बन्धी…
Read More
गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न,तिलक देवान र भानु कान्ता घिसिङ केन्द्रीय समिति सदस्यमा चयन

गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न,तिलक देवान र भानु कान्ता घिसिङ केन्द्रीय समिति सदस्यमा चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको महत्वपूर्ण सभा सम्पन्न भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न सभालाई केन्द्रीय समिति उपाध्यक्ष एन.बी. छेत्रीले सञ्चालन गरेका थिए। सभाबारे केन्द्रीय कार्यालय सचिव अमर तामाङले जानकारी दिएका छन्। सभामा आगामी २२ अगस्त २०२६ मा सिलिगुडीमा भारत सरकारद्वारा आह्वान गरिएको त्रिपक्षीय बैठकका सम्बन्धमा केन्द्रीय समितिका सदस्यहरूलाई विस्तृत जानकारी गराउँदै त्यस विषयमा व्यापक छलफल गरिएको थियो। बैठकमा उक्त त्रिपक्षीय बैठकसँग सम्बन्धित विषयहरूका साथै पार्टीको भावी राजनीतिक रणनीति, राजनीतिक गतिविधि तथा सांगठनिक विषयहरूबारे पनि गहन विचार-विमर्श गरिएको बताइएको छ।यसैक्रममा पार्टीको सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउँदै केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउन नयाँ सदस्यहरू चयन गर्ने प्रस्ताव…
Read More
मिरिकको सभापछि भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले यसो भनिन्

मिरिकको सभापछि भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले यसो भनिन्

संगठन निर्माण अभियान अन्तर्गत पहाड़ आइपुगेकी भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले मिरिकमा शनिवार बैठक गरिन्। यस अवसरमा गोर्खाल्याण्ड माग सदनमा उठाइदिने आग्रह गर्दै नयाँ पार्टी निर्माण समितिले उनलाई ज्ञापन बुझायो
Read More