Political

कालेबुङ आउँदै गरेको मुख्यमन्त्रीको हेलिकप्टर अवतरण गर्न नसकी फर्कियो

कालेबुङ आउँदै गरेको मुख्यमन्त्रीको हेलिकप्टर अवतरण गर्न नसकी फर्कियो

भ्रमणका लागि बागडोग्रा विमानस्थलबाट उडेको मुख्यमन्त्रीको हेलिकप्टर खराब मौसमका कारण कालेबुङको दुर्विनडाँडामा अवतरण गर्न नसकी पुनः उत्तरकन्यातर्फ फर्किएको छ। मुख्यमन्त्रीको उपस्थितिमा आज कालेबुङ टाउन हलमा प्रशासनिक बैठक हुने कार्यक्रम थियो। दिउँसो १२ बजे मुख्यमन्त्री कालेबुङ आइपुग्ने तय भएअनुसार जिल्ला प्रशासनका अधिकारी तथा जनप्रतिनिधिहरू टाउन हलमा उपस्थित भइसकेका थिए। बागडोग्राबाट निर्धारित समयमा हेलिकप्टर उडे पनि दुर्विनडाँडामा अवतरण गर्न नसकेपछि हेलिकप्टर पुनः उत्तरकन्याको दिशातर्फ फर्किएको बताइएको छ।
Read More
रंगलीअट खण्डमा सरकारी योजनाको पारदर्शिताको माग गर्दै गोरामुमोको ज्ञापनपत्र

रंगलीअट खण्डमा सरकारी योजनाको पारदर्शिताको माग गर्दै गोरामुमोको ज्ञापनपत्र

रंगलीअट खण्ड समितिले क्षेत्रका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी योजना तथा विकास परियोजनाको कार्यान्वयन, प्रगति र लाभग्राहीसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन माग गर्दै रंगली–रंगलीअट खण्ड विकास कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।खण्ड समितिले खण्ड विकास अधिकारीसमक्ष बुझाएको ज्ञापनपत्रमार्फत खण्ड विकास कार्यालयको माध्यमबाट सञ्चालन तथा कार्यान्वयन भइरहेका विभिन्न सरकारी योजना र विकास परियोजनाको वर्तमान अवस्था, लाभग्राहीको विवरण तथा कार्यप्रगतिबारे स्पष्ट र आवश्यक जानकारी सार्वजनिक गर्न माग गरेको हो।ज्ञापनपत्रमा विशेषगरी प्रधानमन्त्री आवास योजना अन्तर्गत सञ्चालन भइरहेका काम, स्वीकृत योजना तथा लाभग्राहीसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। यसका साथै सोह्रौँ वित्त आयोगअन्तर्गत प्राप्त तथा विनियोजित रकम, त्यसबाट सञ्चालन भइरहेका विकास कार्य र योजनासम्बन्धी…
Read More
गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न,तिलक देवान र भानु कान्ता घिसिङ केन्द्रीय समिति सदस्यमा चयन

गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न,तिलक देवान र भानु कान्ता घिसिङ केन्द्रीय समिति सदस्यमा चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको महत्वपूर्ण सभा सम्पन्न भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न सभालाई केन्द्रीय समिति उपाध्यक्ष एन.बी. छेत्रीले सञ्चालन गरेका थिए। सभाबारे केन्द्रीय कार्यालय सचिव अमर तामाङले जानकारी दिएका छन्। सभामा आगामी २२ अगस्त २०२६ मा सिलिगुडीमा भारत सरकारद्वारा आह्वान गरिएको त्रिपक्षीय बैठकका सम्बन्धमा केन्द्रीय समितिका सदस्यहरूलाई विस्तृत जानकारी गराउँदै त्यस विषयमा व्यापक छलफल गरिएको थियो। बैठकमा उक्त त्रिपक्षीय बैठकसँग सम्बन्धित विषयहरूका साथै पार्टीको भावी राजनीतिक रणनीति, राजनीतिक गतिविधि तथा सांगठनिक विषयहरूबारे पनि गहन विचार-विमर्श गरिएको बताइएको छ।यसैक्रममा पार्टीको सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउँदै केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउन नयाँ सदस्यहरू चयन गर्ने प्रस्ताव…
Read More
मिरिकको सभापछि भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले यसो भनिन्

मिरिकको सभापछि भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले यसो भनिन्

संगठन निर्माण अभियान अन्तर्गत पहाड़ आइपुगेकी भारतीय राष्ट्रिय कंग्रेसकी दिल्ली पर्यवेक्षक सामिना साफिकले मिरिकमा शनिवार बैठक गरिन्। यस अवसरमा गोर्खाल्याण्ड माग सदनमा उठाइदिने आग्रह गर्दै नयाँ पार्टी निर्माण समितिले उनलाई ज्ञापन बुझायो
Read More
PMGSY योजनामा पारदर्शिता र भ्रष्टाचारमुक्त कामको माग : अजय एडवर्ड्स

PMGSY योजनामा पारदर्शिता र भ्रष्टाचारमुक्त कामको माग : अजय एडवर्ड्स

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (IGJF) का प्रमुख संयोजक श्री अजय एडवर्ड्सले प्रधानमन्त्री ग्राम सडक योजना (PMGSY) को कार्यान्वयनलाई लिएर चिन्ता व्यक्त गरेका छन्।उनले करिब ₹१०० करोड बराबरका सडक परियोजनाहरू आउने भएकाले ती योजनामा पारदर्शिता,गुणस्तरीय काम र स्थानीय समुदायको कडा निगरानी आवश्यक रहेको बताएका छन्। उनले ठेकेदारहरूलाई राजनीतिक नेताहरूलाई कमिसन दिन बाध्य पारिन नहुने बताउँदै,त्यस्तो कुनै पनि अनियमितता वा भ्रष्टाचार भएमा त्यसबारे मुख्यमन्त्री सुवेन्दु अधिकारी समक्ष जानकारी गराउन आग्रह गरेका छन्। एडवर्ड्सले विकासका योजनाहरू राजनीतिक सम्बन्ध वा मतदानको आधारमा बाँडफाँड गर्न नहुने कुरामा पनि जोड दिएका छन्।राजनीतिक कारणले कुनै गाउँ विकासका योजनाबाट वञ्चित गरिए आफू चुप लागेर नबस्ने उनले स्पष्ट पारेका…
Read More
चिया श्रमिकलाई २०% बोनस र रोकिएको फौलाई दसैँअघि दिन माग

चिया श्रमिकलाई २०% बोनस र रोकिएको फौलाई दसैँअघि दिन माग

क्रामाकपा श्रमिक संगठनका केन्द्रीय महासचिव तथा जोइन्ट फोरम पहाड समिति प्रवक्ता सुनिल राईले चिया श्रमिकलाई यसपालि कम्तीमा २० प्रतिशत तथा मालिकको मुनाफाका आधारमा त्यसभन्दा बढी बोनस दिनुपर्ने माग गरेका छन्। साथै, बन्द चिया बगानका श्रमिकहरूको करिब ७–८ महिनादेखि रोकिएको फौलाईको रकम दसैँअघि नै वितरण गर्नुपर्ने उनले बताएका छन्। राईले पुरानो रेकर्डका आधारमा रकम उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्।
Read More
कुमानी मोड र गैरीबासका जनताको आत्मीय स्वागतप्रति आभार : राजु विष्ट

कुमानी मोड र गैरीबासका जनताको आत्मीय स्वागतप्रति आभार : राजु विष्ट

कुमानी मोड र गैरीबासका जनताले दिएको आत्मीय स्वागतप्रति दार्जिलिङका सांसद राजु विष्टले आभार व्यक्त गरेका छन्। सांसद विष्टले आज सामाजिक सञ्जालमार्फत कुमानी मोड र गैरीबास पहाड र समथर भूभागको संगममा अवस्थित रहेको तथा डुवर्सको हरियाली जंगल, घुमाउरा सडक र प्राकृतिक सौन्दर्यले यस क्षेत्रलाई विशेष बनाएको उल्लेख गरेका छन्। तर, यस क्षेत्रको सबैभन्दा ठूलो विशेषता यहाँका जनताको माया, आत्मीयता र न्यानोपन रहेको उनले बताएका छन्। उनले भाजपा तथा गठबन्धन दलका कार्यकर्ताहरूलाई निरन्तरको माया, समर्थन र समर्पणका लागि धन्यवाद दिँदै उनीहरूको समर्पणले जनताको हित र क्षेत्रको विकासका लागि अझ मेहनत गर्ने प्रेरणा मिलेको बताएका छन्। यसैबीच, आज झालोङमा आयोजित कार्यक्रममा उनले रोंगो–जलढाका…
Read More
पुलबजारमा १६ अगस्ट नयाँ राज्य निर्माण समितिको जनसभा

पुलबजारमा १६ अगस्ट नयाँ राज्य निर्माण समितिको जनसभा

नयाँ राज्य निर्माण समितिले १६ अगस्ट पुल बिजनबारी खेल मैदानमा जनभेला गर्ने सिद्धान्त राईले जनाएका छन् । चारवटा समष्टि क्षेत्रलाई लिएर गरिने उक्त जनसभा आयोजनाको अलग गोर्खाल्याण्ड राज्य गठनको आन्दोलनलाई निरन्तरता दिनु रहेको अवगत गराए भने नेपाली भाषा मान्यता राज्य निर्माणको बाधा ठहर गर्ने भाजपा नेता अनुप गदालको मन्तव्यमाथि प्रतिक्रिया जनाउँदै समितिले यसको कडा शब्दमा निन्दा गरेको छ।
Read More
खरसाङको नेताजी म्युजियम निरीक्षण गर्दै विधानसभा अध्यक्ष बोस, डिजिटलाइज्ड गर्ने पहल गर्ने

खरसाङको नेताजी म्युजियम निरीक्षण गर्दै विधानसभा अध्यक्ष बोस, डिजिटलाइज्ड गर्ने पहल गर्ने

पश्चिम बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले आज खरसाङको गिध्द पहाडस्थित नेताजी म्युजियममा भ्रमण निरीक्षण गरेका छन्। उनले आज अपरान्हको समयमा खरसाङको गिध्द पहाड आएर नेताजी सुभाषचन्द्र बोसको नाममा रहेको नेताजी इन्स्टिट्युट फर एशियन स्टडिसमा आएर निरीक्षण भ्रमण गरेका छन्। विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले सर्वप्रथम म्युजियम अघाडी रहेको नेताजी सुभाषचन्द्र बोसको सालिगमा माला चढ़ाएर श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसपछि उनले नेताजी म्युजियममा पसेर नेताजी सुभाषचन्द्र बोससित सम्बन्धित विभिन्न फोटोहरु, विभिन्न सामाग्रीहरू र अन्य विशेष कुराहरुको निरीक्षण गरेका छन्। उनलाई नेताजी म्युजियमका‌ ईन्चार्ज गणेश प्रधानले नेताजी म्युजियम र नेताजीसित जोडिएका विभिन्न कुराहरु विषयमा जानकारी गराएका छन्। नेताजी म्युजियममा विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसको…
Read More
दार्जीलिङ बिजनबारी ग्रामीण अस्पताल स्तरोन्नति र ‘नोटिफाइड एरिया’ मागमा पहलप्रति गोरामुमोद्वारा मन्त्री विशाल लामाप्रति आभार

दार्जीलिङ बिजनबारी ग्रामीण अस्पताल स्तरोन्नति र ‘नोटिफाइड एरिया’ मागमा पहलप्रति गोरामुमोद्वारा मन्त्री विशाल लामाप्रति आभार

बिजनबारी ग्रामीण अस्पताललाई स्तरोन्नति गर्न तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा परिणत गर्नुपर्ने मागलाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)द्वारा गृह एवं पहाड मामिला राज्यमन्त्री विशाल लामालाई बुझाइएको ज्ञापनमाथि पहल अघि बढाइएको भन्दै गोरामुमोले मन्त्रीप्रति आभार व्यक्त गरेको छ।यस सम्बन्धमा गोरामुमो नेता सन्दीप लिम्बुले भिडियो सन्देश जारी गर्दै मन्त्री विशाल लामाप्रति धन्यवाद तथा आभार प्रकट गरेका हुन्। उनले बिजनबारी क्षेत्रका महत्वपूर्ण जनसरोकारका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाएकोमा मन्त्री लामाको प्रशंसा गरेका छन्। गोरामुमोले बिजनबारी ग्रामीण अस्पतालको स्तरोन्नतिसँगै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार आउने तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा स्तरोन्नति गरिएमा क्षेत्रको प्रशासनिक विकासमा थप…
Read More