दार्जीलिङच बिजनबारी देशभक्तिको भावनालाई आत्मसात् गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय राष्ट्रिय स्वयंसेवक संघ (RSS) को क्षेत्रीय समितिको आयोजनामा शुक्रबार बिजनबारी बजारमा रक्षा बन्धन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संघका जिल्ला प्रचारक रोजर राई लगायत संघका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्काबीच राखी बाँध्दै आपसी प्रेम, सद्भाव, भाइचारा तथा सामाजिक एकताको सन्देश आदानप्रदान गरेका थिए।
रक्षा बन्धन पर्वले समाजमा आपसी विश्वास, आत्मीयता र एकताको भावना अझ बलियो बनाउने सन्देश दिँदै कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रममा उपस्थित संघका कार्यकर्ताहरूले सामाजिक तथा सांस्कृतिक पर्वहरूलाई सामूहिक रूपमा मनाउँदै समाजमा सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्न निरन्तर पहल गरिने बताएका छन्।
राष्ट्रिय स्वयंसेवक संघद्वारा बिजनबारीमा रक्षा बन्धन कार्यक्रम
