Paromita

248 Posts
बाढ़ी नियन्त्रण कार्य रोकिँदा पुनः दुःख भोग्नुपर्ने आशङ्का

बाढ़ी नियन्त्रण कार्य रोकिँदा पुनः दुःख भोग्नुपर्ने आशङ्का

54 वटा कार्यका लागि एक महीनाअघि सिँचाइ विभागले 80 करोड़ रुपियाँको टेण्डर आह्वान गरेको थियो। त्यसअनुसार दरपत्र पनि प्रस्तुत गरिएको थियो। तर चुनाउ आचारसंहिताका कारण ती कार्यहरू रोकिएका छन्। समयमा कार्य पूरा नभएमा टिस्टा, तोर्सा, महानन्दा र बालासन नदी किनारमा बसोवास गर्ने मानिसहरूले फेरि दुःख भोग्नुपर्ने आशङ्का गरिएको छ। बाढ़ी नियन्त्रण सम्बन्धी कार्य तुरुन्त आरम्भ गर्नका लागि गत साता सिँचाइ विभागले चुनाउ आयोगलाई पत्र लेखेर अनुमति मागेको थियो। तर अहिलेसम्म आयोगबाट कुनै जवाब आएको छैन।उत्तर–पूर्व विभागका प्रमुख अभियन्ता कृष्णेन्दु भौमिकले भने, कार्यको महत्त्व बुझाएर आयोगसित अनुमति लिन प्रयास भइरहेको छ। हेरौँ अनुमति पाइन्छ कि पाइँदैन। मनसूनअघि नै टिस्टा, तोर्सालगायत विभिन्न…
Read More
महाकाल धाममा हात्तीको बथान

महाकाल धाममा हात्तीको बथान

हात्तीको बथान देखा परेपछि बुधवार दिउँसो महाकाल धाममा पूजा बन्द गरियो। लगभग 15 वटा हात्तीको एउटा समूह लाटागुड़ीबाट चाल्सातर्फ जाने राष्ट्रिय सड़क पार गर्ने क्रममा अड़किएको थियो। दिउँसोदेखि साँझसम्म चरण–चरणमा उक्त समूहलाई गोरुमारा जङ्गलतर्फ धपाउन वनकर्मीहरूलाई निकै कठिन भयो। लाटागुड़ी रेञ्जका वनकर्मीहरूले हात्तीहरूको गतिविधिमाथि निगरानी गरिरहेका थिए।उक्त दिन दिउँसो लगभग साढ़े दुई बजी लाटागुड़ी जङ्गलको महाकाल धामनजिक हात्तीको बथान आइपुगेको थियो। केही हात्तीहरूले सड़क पार गरे पनि बाँकी अड़किएका थिए। खबर पाएपछि पूजा बन्द गरेर महाकाल धामका सेवकहरू मन्दिरबाट बाहिर निस्किए। दुवैतर्फ वाहनको आवागमनका कारण हात्तीहरूको आवतजावतमा अवरोध उत्पन्न भयो। यसैबीच एउटा गाड़ीबाट ओर्ह्लिएर दुई महिला हात्तीको अगाड़ि पुगे। तर…
Read More
नगरकट्टाको 30 घर जलमग्न

नगरकट्टाको 30 घर जलमग्न

गत वर्षको 4 अक्टोबरको विपत्तिको पुनरावृत्तिको डरले रातभरि बामनडाङ्गा चियाबारीको मोडल भिलेजसहित सम्पूर्ण नगराकट्टाका वासिन्दाहरूले जाग्राम बसेर रात बिताए। राति निरन्तर अत्यधिक वर्षा भयो। हड्पा बाढ़ीका कारण सुखानी र राङ्गाती नदीको जलस्तर बढ़ेर विभिन्न क्षेत्रमा पस्यो। यसले 30 वटा घर जलमग्न भए। पानीको तीव्र बहाउले नदीका केही गार्डवाल पनि भत्किएका छन्। धेरै कल्भर्टहरू भत्किँदा यातायात व्यवस्था अस्तव्यस्त भएको छ। एउटा कङ्क्रिटको बाँध पनि भत्किएको छ। तीव्र गतिमा गाउँमा नदीको पानी पस्दा राति नै आतङ्कित भएर केही क्षेत्रका मानिसहरू गाउँ छोड़ेर भागे। साना वाहन, बाइक लगायत घरका मूल्यवान सामानहरू सुरक्षित स्थानमा सारियो। समग्रमा नगराकट्टाका विभिन्न गाउँका वासिन्दाले रातभरि जाग्राम बसेर समय…
Read More
टुर अपरेटरहरूलाई मध्याह्न भोजनमा सिस्नु अनि गुन्द्रुक

टुर अपरेटरहरूलाई मध्याह्न भोजनमा सिस्नु अनि गुन्द्रुक

बुधवार खरसाङका सम्बन्धित दर्शनीय स्थानहरू देशका विभिन्न भागका टुर अपरेटरहरूलाई घुमाइयो। वन विभागसित संयुक्त रूपमा यस्तो आयोजना गरेको हो दार्जीलिङ हिमालयन रेलवेको प्राधिकरणले। साथै मध्याह्न भोजनमा सिस्नुको झोल, ढेकी साग, गुन्द्रुक आदि स्थानीय परिकारहरू पनि समावेश थिए। दार्जीलिङ हिमालयन रेलवेको भनाइअनुसार विश्वभरिका पर्यटकहरूसमक्ष खरसाङलाई प्रस्तुत गर्न नै यस्तो पहल गरिएको हो।देशका विभिन्न भागका टुर अपरेटरहरूसित मङ्गलवारदेखि यो भ्रमण आरम्भ गरिएको थियो। यसमा 15 जना टुर अपरेटर सहभागी थिए। दोस्रो दिनको भ्रमणमा बाघीरास ट्रेल टुर अपरेटरहरूलाई अवलोकन गराइयो। उक्त टुर अपरेटर टोलीका एक सदस्य तथा एसोसिएशन फर कञ्जर्भेशन एण्ड टुरिज्मका संयोजक राज बसुले बताए, खरसाङका जङ्गलमा मेलानिस्टिक’ कालो चितुवाको पटक–पटक देखा…
Read More
मैनागुड़ी ट्राफिक पोइण्ट दुर्घटनामा 6 घाइते

मैनागुड़ी ट्राफिक पोइण्ट दुर्घटनामा 6 घाइते

जालपाइगढ़ी जिल्लाको मैनागुड़ीमा बुधवार राति एउटा भयावह सड़क दुर्घटना भएको छ। इन्दिरा मोड़ नजिकैको क्षेत्रमा एकैसाथ तीनवटा वाहनहरू आपस्तमा ठोक्किँदा कम्तीमा छजना घाइते भएका छन्। दुर्घटनामा सड़कको ट्राफिक पोइण्टलाई पनि व्यापक क्षति पुगेको छ।प्राप्त जानकारीअनुसार, बुधवार राति एउटा ट्रक धूपगुड़ीदेखि जालपाइगढ़ीतर्फ जाँदै थियो। अर्को दिशाबाट एउटा यात्री वाहक सानो चारचक्के वाहन आउँदै थियो। इन्दिरा मोड़ नजिकैको क्षेत्रमा अर्को एउटा यात्री वाहक सानो वाहन पनि आइरहेको थियो। जालपाइगढ़ीदेखि आएको सानो गाड़ी अचानक च्याङ्ग्राबन्धा जाने बाटोतर्फ मोड़िँदा ट्रकसित ठोक्कियो। त्यसपछि उक्त सानो गाड़ीले अर्को सानो गाड़ीलाई जोरले ठक्कर दिँदै सिधै ट्राफिक पोइण्टमा गएर ठोक्कियो।स्थानीय वासिन्दाहरूले पुलिसलाई खबर दिए। खबर पाएपछि मैनागुड़ी थाना…
Read More
रात परेपछि ढुङ्गाको वर्षा! अदृश्य सन्त्रास

रात परेपछि ढुङ्गाको वर्षा! अदृश्य सन्त्रास

राति आठ बज्ने बित्तिकै त्यो ताण्डव आरम्भ हुन्छ। चारैतिर सुनसान हुन्छ तर अचानक वर्षाझैं ढुङ्गा घरको टिनको छानामाथि खस्न थाल्छ। बितेको एक हप्तादेखि नगराकट्टाको सुल्कापाड़ा बजार नजिकैको फकिरधुरा गाउँ मानौँ कुनै रहस्यमय आक्रमणकारीको निशानामा परेको छ। यस अदृश्य ढुङ्गा वर्षाका कारण गाउँका धेरै घरहरूको टिनको छानामा प्वाल परेको छ।गाउँका वासिन्दाहरूले बताएका छन् कि रात पर्न साथ फकिरधुरामा अनौठो त्रास फैलिन्छ। स्थानीय वासिन्दा फरिदुल हकको दाबी अनुसार, आइतवार राति घरमा गाड़ी राख्न जाँदा तिनले अचानक ढुङ्गा खस्न थालेको देखे। ती ढुङ्गाहरू कहाँबाट आइरहेका छन् भनेर कसैले पनि बुझ्न सकेका छैन। आफ्नो महङ्गो गाड़ी जोगाउन तिनले अहिले त्यसलाई स्थानीय ग्रामीण अस्पतालको मैदानमा…
Read More
पारडुबीमा दम्पत्तीको निर्मम हत्या

पारडुबीमा दम्पत्तीको निर्मम हत्या

दम्पत्तीको रगतले लतपतिएको शव फेला परेको थियो (पारडुबी डबल मर्डर मिस्ट्री)। माथाभाङ्गा 2 ब्लकको पारडुबी ग्राम पञ्चायतअन्तर्गत तेतुलतला क्षेत्रमा यस घटनाले ठूलो सनसनी मच्चाएको छ। घरभित्रबाट रहिमुद्दीन बस्तादार (60) र तिनकी पत्नी आसिया बिबी (50) को क्षतविक्षत शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले दुवैको घाँटी काटेर निर्ममतापूर्वक हत्या गरिएको अनुमान गरेको छ।यो दोहोरो हत्याको पछाड़ि ठ्याक्कै के कारण छ भन्ने विषयमा रहस्य गहिरिँदै गइरहेको छ। परिवारको तर्फबाट एक सनसनीपूर्ण दाबी गरिएको छ। मृतक रहिमुद्दीनका एक नाबालक नाति र छिमेकी एक युवतीबीच प्रेम सम्बन्ध गाँसिएको थियो। परिवारको आरोपअनुसार यस सम्बन्धबारे उक्त युवतीको परिवारबाट कठोर आपत्ति जनाइएको थियो। यहाँसम्म कि…
Read More
दार्जीलिङ जिल्लामा मतगणनाका लागि 700 कर्मी

दार्जीलिङ जिल्लामा मतगणनाका लागि 700 कर्मी

पहाड़ र समतल क्षेत्र मिलाएर दार्जीलिङ जिल्लाका पाँचवटा विधानसभा क्षेत्रको भाग्य अहिले ईभीएममा कैद छ। आगामी 4 मईमा मतगणना हुनेछ। 152 वटा आसनमा पहिलो चरणको चुनाउ निर्विघ्न सम्पन्न भइसकेको छ। बाँकी आसनहरूमा आज 29 अप्रेलमा चुनाउ हुँदैछ। जिल्ला चुनाउ अधिकारी तथा जिल्ला अधिकारी हरिशङ्कर पनिक्करको निगरानीमा मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। फाँसीदेवा क्षेत्रमा आठजना, दार्जीलिङ क्षेत्रमा छजना, खरसाङ क्षेत्रमा सातजना, सिलगढ़ी क्षेत्रमा एघाह्रजना र मतिगढ़ा–नक्सलबारी क्षेत्रमा नौजना गरी कुल 41 जना उम्मेद्वारहरूको भाग्य 4 मईमा तय हुनेछ। दार्जीलिङ जिल्लाका पाँचवटा विधानसभा क्षेत्र (सिलगढ़ी, मतिगढ़ा–नक्सलबारी, फाँसीदेवा, खरसाङ र दार्जीलिङ) का ईभीएम र भीभीप्याटहरू तीनवटा फरक स्ट्रङरूममा राखिएका छन्। यी केन्द्रहरूको…
Read More
खरसाङमा टोय ट्रेनमार्फत विशेष भ्रमणको आरम्भ

खरसाङमा टोय ट्रेनमार्फत विशेष भ्रमणको आरम्भ

चियाबारीदेखि वन क्षेत्रसम्म। रेडियो स्टेशनदेखि नेताजीको सम्झनाले भरिएको घरसम्म। यस्तै ह्वाइट अर्किड भूमि खरसाङलाई विश्वका पर्यटकहरूका सामु प्रस्तुत गर्न दार्जीलिङ हिमालयन रेलवे र वन विभागले पहल गरेका छन्। मङ्गलवार तिनीहरूले संयुक्त रूपमा तीन दिने विशेष भ्रमणको आरम्भ गरेका छन्। यसमा देशका विभिन्न क्षेत्रबाट आएका 15 जना टुर अपरेटर सहभागी भएका छन्। डीएचआरका निर्देशक ऋषभ चौधुरीले भने, विश्वको पर्यटन नक्सामा खरसाङलाई लोकप्रिय बनाउनकै लागि यो पहल गरिएको हो।दार्जीलिङ जिल्लाका दर्शनीय स्थानहरूमध्ये खरसाङ पहाड़ एक प्रमुख गन्तव्य हो। यहाँ दार्जीलिङ हिमालयन रेलवे मुख्यालय, टोय ट्रेनको कारशेड, सङ्ग्रहालयदेखि डाउहिल वन, रेडियो स्टेशन रहेका छन्। पहाड़भरि फैलिएका विशाल चियाबारीहरू छन्। चारैतिर हरियाली देखिन्छ। डाउहिल…
Read More
अर्को महीना मुम्बई प्रस्थान गर्ने करिमुल

अर्को महीना मुम्बई प्रस्थान गर्ने करिमुल

अब के बाइक एम्बुलेन्स दादाको बायोपिक बलिवूडमा अन्तिम चरणमा पुगेको छ? यस्तै सङ्केत दिएका छन् पद्मश्री करिमुल हकले आफैले। तिनले भने, बोलाइएको छ। अर्को महीना मुम्बई जाँदैछु। त्यहीँ सबै कुराकानी अन्तिम हुनेछ। तर निर्देशक को हुने वा तिनको भूमिकामा कसले अभिनय गर्ने भन्ने विषयबारे अहिले नै केही भन्न चाहेनन् करिमुलले। तिनले भने, मुम्बईबाट फर्किएपछि नै सबै बताउनेछु। तर तिनलाई केन्द्रमा राखेर टलिउडमा हालै सम्पन्न देव अभिनीत बायोपिक बाइक एम्बुलेन्स दादा आगामी 15 अगस्तमा रिलिज हुने जानकारी दिएका छन् करिमुलले। डुवर्सको क्रान्ति र मालबजारका जङ्गल तथा चियाबारीमा छायाङ्कन गरिएको छ। अहिले ठूलो पर्दामा फिल्म रिलिजको प्रतीक्षा भइरहेको छ।अर्कातिर पद्मश्रीले चन्दा उठाएर…
Read More