भारतीय जनता पार्टी सुके मानेभञ्ज्याङ मण्डलको एउटा सभा युवक सङ्घ सार्वजनिक भवनमा सम्पन्न भयो। दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जिल्ला युवा सशक्तीकरण तथा अध्ययन मञ्च संयोजक आशिष स्याङबो तामाड, ब्लक को-अर्डिनेसन कमिटीका कोकन्भेनर भुवन बम्जन, मण्डल अध्यक्ष नितिन जिम्बा, महासचिव नयन लेप्चा, जोरबङलो–सुके पोखरी पञ्चायत समितिकी सभापति अञ्जु लामा, सहकारी सभापति जीवन प्रधान तथा अन्यको उपस्थिति थियो। एस टी मोर्चा, एस सी मोर्चा, ओ बि सी मोर्चाका अध्यक्ष तथा सचिवहरू, युवा मोर्चा, नारी मोर्चा, पञ्चायत प्रधान तथा सदस्यहरू, शक्ति प्रमुख, बुथ कमिटीका अध्यक्ष–सचिव तथा पार्टीका विभिन्न तहका पदाधिकारी एवं कार्यकर्ताहरू सहभागी बनेको सभालाई मण्डल महासचिव फुर्बाछिरिङ शेर्पाले गरे। सचिव प्रमेश प्रधानको स्वागत सम्बोधनपछि शुरू गरिएको सभामा संगठनलाई अझ अनुशासित, व्यवस्थित, एकताबद्ध र सुदृढ बनाउँदै बुथ तहदेखि संगठनलाई मजबुत रूपमा अघि बढाउने विषयमा विस्तृत छलफल भयो। साथै भाजपा सरकारले आफ्नो कार्यकालको पहिलो 100 दिनभित्र गरेका विभिन्न विकास तथा जनहितका कार्यहरूबारे जिल्ला युवा सशक्तीकरण तथा अध्ययन मञ्च संयोजक आशिष स्याङबो तामाडले बताए । जिल्ला अध्यक्ष सञ्जीव लामाले बुथ तहदेखि नै संगठनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। भाजपा सरकार गठन भएको चार महिना पनि पूरा नहुँदै सरकारले धेरै महत्वपूर्ण कार्यहरू गरिरहेको उल्लेख गर्दै तिनले गोर्खाहरूको लामो समयदेखि बाँकी रहेको मागका विषयमा समेत वार्ता प्रक्रिया सुरु भइसकेको जानकारी गराए।
जनताकाे गुनासा तथा समस्याहरू धेरै हुनसक्ने बताउँदै उहाँले सबैको कुरा सुन्ने र सम्भव भएसम्म समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारका विभिन्न सुविधा तथा योजनाहरू कुनै व्यक्ति वा परिवारसम्म नपुगेको अवस्थामा पार्टीको रंग वा विचार नहेरी ब्लक स्तरका नेतृत्वले आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्नेमा तिनले जोड दिए । सभामा मण्डलका केही महत्वपूर्ण पदहरूमा मनोनित गरिएको छ जसमा मण्डल अध्यक्ष नितिन जिम्बा उपाध्यक्ष बिसन लामा र गजेन्द्र शर्मा महासचिव नयन लेप्चा र फुर्बा छिरिङ शेर्पासचिव प्रमेश प्रधान र एन के सुब्बा कानूनी सल्लाहकार निमा छिरिङ भ टिया तथा अन्यलाई चयन गरिएको छ।सभाले संगठनलाई अझ मजबुत, एकताबद्ध, अनुशासित र जनमुखी बनाउँदै आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढ्ने संकल्प सहित कार्यक्रम सम्पन्न गरियो।
सुके मानेभञ्ज्याङ मण्डलमा संगठन सुदृढीकरण तथा 100 दिने उपलब्धिबारे सभा सम्पन्न
