स्थित श्री कृष्ण प्रणामी मन्दिरमा आज श्री कृष्ण जन्मोत्सवका साथै गत १७ अगस्टदेखि सञ्चालित ‘श्रावण मासिक वितक कथा’ को विधिवत् समापन भएको छ। मन्दिर सञ्चालक समिति र श्री बाईज्यू राज सङ्घको आयोजनामा सम्पन्न यस धार्मिक अनुष्ठानमा बिहानैदेखि पूजा-अर्चना र अपराह्न ४ बजेदेखि भजन-कीर्तनसहित भव्य नगर परिक्रमा गरिएको थियो।
भक्तजनहरू कृष्णको भजनमा रमाउँदै हर्षोल्लासका साथ सहभागी भएको यो कार्यक्रम मध्यरात्रीसम्म निरन्तर चल्ने जानकारी मन्दिर समितिका सचिव घनश्याम छेत्रीले दिनुभएको छ। साथै, उहाँहरूले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण धर्मप्रेमी भक्तजनहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्
कालीझोडामा श्री कृष्ण जन्मोत्सव भव्य रूपमा सम्पन्न: श्रावण मासिक वितक कथाको पनि समापन
