Paromita

286 Posts
कालीझोडामा श्री कृष्ण जन्मोत्सव भव्य रूपमा सम्पन्न: श्रावण मासिक वितक कथाको पनि समापन

कालीझोडामा श्री कृष्ण जन्मोत्सव भव्य रूपमा सम्पन्न: श्रावण मासिक वितक कथाको पनि समापन

स्थित श्री कृष्ण प्रणामी मन्दिरमा आज श्री कृष्ण जन्मोत्सवका साथै गत १७ अगस्टदेखि सञ्चालित 'श्रावण मासिक वितक कथा' को विधिवत् समापन भएको छ। मन्दिर सञ्चालक समिति र श्री बाईज्यू राज सङ्घको आयोजनामा सम्पन्न यस धार्मिक अनुष्ठानमा बिहानैदेखि पूजा-अर्चना र अपराह्न ४ बजेदेखि भजन-कीर्तनसहित भव्य नगर परिक्रमा गरिएको थियो।​भक्तजनहरू कृष्णको भजनमा रमाउँदै हर्षोल्लासका साथ सहभागी भएको यो कार्यक्रम मध्यरात्रीसम्म निरन्तर चल्ने जानकारी मन्दिर समितिका सचिव घनश्याम छेत्रीले दिनुभएको छ। साथै, उहाँहरूले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण धर्मप्रेमी भक्तजनहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्
Read More
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे पाँचौं SICB गभर्निङ बोर्ड बैठकको अध्यक्षता

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे पाँचौं SICB गभर्निङ बोर्ड बैठकको अध्यक्षता

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामङ गोलेको अध्यक्षतामा बिहीवार गान्तोक सम्मान भवनमा स्टेट इन्स्टिट्युट अफ़ क्यापसिटी बिल्डिङ (SICB) गवर्निङ बोर्डको पाँचौं बैठक सम्पन्न भयो। बैठकमा संस्थानको शुरूदेखि अहिलेसम्म भौतिक अनि वित्तीय प्रगति, चालू वित्त वर्षका लागि प्रस्तावित कार्ययोजना अनि क्षमता निर्माण तथा कौशल विकासलाई अझ सुदृढ़ पार्नका लागि विभिन्न कौशल कार्यक्रमहरूको एकीकरणमाथि समीक्षा गरियो। बैठकमा लिइएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि मुख्यमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशनहरू दिए भने सिक्किमा क्षमता निर्माण र कौशल विकासका लागि एउटा प्रमुख संस्थाको रूपमा SICB को भूमिकालाई अझ बढ़ाउन केन्द्रित र परिणाममुखी प्रयासको आवश्यकतामाथि जोर दिए। हमने संस्थागत क्षमता को मजबूत करने, कौशल के माध्यम से युवाओं को…
Read More
सिक्किममा फेरि पहिरोको ताण्डव, रिम्बी–युक्सोम सडक सम्पर्क विच्छेद! पहाडको छेउमा रहेका घरहरू जोखिममा

सिक्किममा फेरि पहिरोको ताण्डव, रिम्बी–युक्सोम सडक सम्पर्क विच्छेद! पहाडको छेउमा रहेका घरहरू जोखिममा

लगातार भइरहेको वर्षाका कारण सिक्किम फेरि प्राकृतिक प्रकोपको चपेटामा परेको छ। यसपटक पश्चिम सिक्किमको महत्वपूर्ण रिम्बी–युक्सोम सडक भीषण पहिरोका कारण प्रभावित भएको छ। पहाडको ठूलो हिस्सा खसेर सडकभरि माटो, ढुङ्गा तथा ठूला भग्नावशेष थुप्रिएपछि उक्त मार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय स्रोतका अनुसार पहिरोको व्यापकताका कारण सडकको ठूलो भाग क्षतिग्रस्त भएको छ। यातायात मात्र नभई पहिरो आसपास रहेका केही घरहरू समेत जोखिममा परेका छन्। पहाडको भिरालो भाग क्रमशः कमजोर बन्दै गएकाले थप पहिरो खस्ने सम्भावनाले स्थानीय बासिन्दामा चिन्ता बढेको छ। वर्षायाममा सिक्किमका पहाडी सडकमा पहिरो जाने घटना सामान्य भए पनि पछिल्लो पहिरोको आकार र अवस्थाले स्थानीयको चिन्ता थप…
Read More
सुके मानेभञ्ज्याङ मण्डलमा संगठन सुदृढीकरण तथा 100 दिने उपलब्धिबारे सभा सम्पन्न

सुके मानेभञ्ज्याङ मण्डलमा संगठन सुदृढीकरण तथा 100 दिने उपलब्धिबारे सभा सम्पन्न

भारतीय जनता पार्टी सुके मानेभञ्ज्याङ मण्डलको एउटा सभा युवक सङ्घ सार्वजनिक भवनमा सम्पन्न भयो। दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जिल्ला युवा सशक्तीकरण तथा अध्ययन मञ्च संयोजक आशिष स्याङबो तामाड, ब्लक को-अर्डिनेसन कमिटीका कोकन्भेनर भुवन बम्जन, मण्डल अध्यक्ष नितिन जिम्बा, महासचिव नयन लेप्चा, जोरबङलो–सुके पोखरी पञ्चायत समितिकी सभापति अञ्जु लामा, सहकारी सभापति जीवन प्रधान तथा अन्यको उपस्थिति थियो। एस टी मोर्चा, एस सी मोर्चा, ओ बि सी मोर्चाका अध्यक्ष तथा सचिवहरू, युवा मोर्चा, नारी मोर्चा, पञ्चायत प्रधान तथा सदस्यहरू, शक्ति प्रमुख, बुथ कमिटीका अध्यक्ष–सचिव तथा पार्टीका विभिन्न तहका पदाधिकारी एवं कार्यकर्ताहरू सहभागी बनेको सभालाई मण्डल महासचिव फुर्बाछिरिङ…
Read More
चेस्ट क्लिनिक रोडमा अवैध बोरिङविरुद्ध स्थानीयको विरोध

चेस्ट क्लिनिक रोडमा अवैध बोरिङविरुद्ध स्थानीयको विरोध

चेस्ट क्लिनिक रोडमा गैरकानुनी बोरिङ खनेकोमा स्थानीय जनताको विरोध; प्रशासनलाई छिटो बन्द गराउने माग​कालिम्पोङ — चेस्ट क्लिनिक रोडमा बिना अनुमति गैरकानुनी बोरिङ खनेर पानी तान्ने काम भइरहेकोमा यहाँका स्थानीय मानिसहरू समाजसेवीहरूले कडा विरोध जनाएका छन्। यहाँ नजिकै अस्पताल भए पनि त्यो हाल बन्द (निष्क्रिय) अवस्थामा रहेको छ, र चेस्ट क्लिनिक रोड मुख्य रूपमा सर्वसाधारण बासिन्दाहरू बसोबास गर्ने र मानिसहरूको दिनहुँ बाक्लो आउजाउ हुने क्षेत्र हो। यस्तो बसोबास क्षेत्रमा यसरी जथाभावी भूमिगत पानी तान्दा वातावरणीय नियमको उल्लङ्घन हुनुको साथै भविष्यमा ठूलो समस्या आउने खतरा बढेको छ।​चेस्ट क्लिनिक रोड हाम्रो सहरको एकदमै संवेदनशील भएको मुख्य क्षेत्र हो, जहाँ धेरै परिवारहरू बसोबास गर्छन्।…
Read More
गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न,तिलक देवान र भानु कान्ता घिसिङ केन्द्रीय समिति सदस्यमा चयन

गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न,तिलक देवान र भानु कान्ता घिसिङ केन्द्रीय समिति सदस्यमा चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको महत्वपूर्ण सभा सम्पन्न भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न सभालाई केन्द्रीय समिति उपाध्यक्ष एन.बी. छेत्रीले सञ्चालन गरेका थिए। सभाबारे केन्द्रीय कार्यालय सचिव अमर तामाङले जानकारी दिएका छन्। सभामा आगामी २२ अगस्त २०२६ मा सिलिगुडीमा भारत सरकारद्वारा आह्वान गरिएको त्रिपक्षीय बैठकका सम्बन्धमा केन्द्रीय समितिका सदस्यहरूलाई विस्तृत जानकारी गराउँदै त्यस विषयमा व्यापक छलफल गरिएको थियो। बैठकमा उक्त त्रिपक्षीय बैठकसँग सम्बन्धित विषयहरूका साथै पार्टीको भावी राजनीतिक रणनीति, राजनीतिक गतिविधि तथा सांगठनिक विषयहरूबारे पनि गहन विचार-विमर्श गरिएको बताइएको छ।यसैक्रममा पार्टीको सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउँदै केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउन नयाँ सदस्यहरू चयन गर्ने प्रस्ताव…
Read More
राष्ट्रिय स्वयंसेवक संघद्वारा बिजनबारीमा रक्षा बन्धन कार्यक्रम

राष्ट्रिय स्वयंसेवक संघद्वारा बिजनबारीमा रक्षा बन्धन कार्यक्रम

दार्जीलिङच बिजनबारी देशभक्तिको भावनालाई आत्मसात् गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय राष्ट्रिय स्वयंसेवक संघ (RSS) को क्षेत्रीय समितिको आयोजनामा शुक्रबार बिजनबारी बजारमा रक्षा बन्धन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा संघका जिल्ला प्रचारक रोजर राई लगायत संघका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्काबीच राखी बाँध्दै आपसी प्रेम, सद्भाव, भाइचारा तथा सामाजिक एकताको सन्देश आदानप्रदान गरेका थिए।रक्षा बन्धन पर्वले समाजमा आपसी विश्वास, आत्मीयता र एकताको भावना अझ बलियो बनाउने सन्देश दिँदै कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।कार्यक्रममा उपस्थित संघका कार्यकर्ताहरूले सामाजिक तथा सांस्कृतिक पर्वहरूलाई सामूहिक रूपमा मनाउँदै समाजमा सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्न निरन्तर पहल गरिने बताएका छन्।
Read More
बिजनबारीमा आपराधिक घटनाविरुद्ध नागरिकको प्रतिवाद र्‍याली

बिजनबारीमा आपराधिक घटनाविरुद्ध नागरिकको प्रतिवाद र्‍याली

गत केही दिनअघि एल नाबालिकामाथि भएको दुष्कर्मको विरोध तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै बिजनबारीमा बुधबार नागरिक समाजले प्रतिवाद र्‍याली तथा सभा सम्पन्न गरेको छ। सिटिजन फोरम बिजनबारीको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद लगभग ३०० महिला तथा पुरुषको सहभागिता रहेको थियो भने सहभागीहरूले बजार परिक्रमा गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए। र्‍यालीपछि आयोजित सभामा वक्ताहरूले घटना सम्पूर्ण समाजको सुरक्षासँग जोडिएको विषय भएकाले नागरिक समाज एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए। स्थानीय यौवन गुरुङ र सिटिजन फोरमका सयोजक पुनम दर्नाललगायतले पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायले…
Read More
शिलान्यास भएर पनि काम शुरू भएकाे सडक थाँतीमा नै

शिलान्यास भएर पनि काम शुरू भएकाे सडक थाँतीमा नै

मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमान निम्नप्रान्त नन्दलाल गाँउलाई मुख्य सडकसित जाेड्न भनी केही बर्ष अघि शिलान्यास गरि शुरू गरिएकाे सडक निर्माण कार्य हालसम्म थातीमा नै रहेकाे स्थानीय मानिसहरूकाे गुनासाे रहेकाे छ। गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभासद मिलेस राई मार्फत लगभग 1 कराेड 70 लाख 47 हजार रूपियाँ लागतमा महाकाल इन्टरप्राइज कसट्रक्सन कम्पनी दिपेस राठीले निर्माण कार्य शुरू गरिएकाे सडक त निर्माण हुन सकेन उल्टा सडक खनन कार्यले गाँउलाई नै प्राकृतिक प्रकाेपकाे जाेखिममा राखेकाे स्थानीय मानिसहरूले जानकारी गराँउदै सडक निर्माण कार्यकाेलागि गिटी,बालुवा,सिमेन्ट सबै आयाे।कुनै कुनै ठाँउमा पर्खाल लगाँउने कार्य पनि भयाे।तर कुनै कार्य हालसम्म पूरा हुन सकेकाे छैन भने।
Read More
सहिद मेजर दुर्गा मल्लको ८३औँ पुण्यतिथिमा कालेबुङमा श्रद्धाञ्जली कार्यक्रम

सहिद मेजर दुर्गा मल्लको ८३औँ पुण्यतिथिमा कालेबुङमा श्रद्धाञ्जली कार्यक्रम

सहिद मेजर दुर्गा मल्लको ८३औँ पुण्यतिथिको अवसरमा आज भारतीय गोर्खा प्रजातान्त्रिक संगठन (भागोप) कालेबुङद्वारा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। कालेबुङ शहरस्थित त्रिकोण पार्कमा रहेको सहिद मेजर दुर्गा मल्लको सालिगमा पुष्पगुच्छा अर्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा भारतीय भूतपूर्व सैनिक, बीएसएफका भूतपूर्व सैनिकहरू तथा भागोपका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका मुख्य अतिथिका रूपमा भागोपका पूर्व राष्ट्रिय अध्यक्ष मुनिष तामाङ उपस्थित थिए। कार्यक्रममा सहभागीहरूले सहिद मेजर दुर्गा मल्लले भारतीय स्वतन्त्रता संग्राममा पुर्‍याएको योगदानलाई स्मरण गर्दै उहाँको बलिदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए।
Read More