GTA खारेजीको माग गर्दै गोर्खाल्यान्ड संग्राम पार्टीको विरोध प्रदर्शन

GTA मरेको लास हो ,सभासदहरु यसलाई रुगेर नबस भन्दै गोर्खाल्यान्ड संग्राम पार्टीले कालिम्पोङमा पोष्टरिङ गर्दै बिरोध प्रदर्शन गरेको छ। यतिमात्र होइन पार्टीले GTA खारेजको माग गर्दै अब GTA कार्यालय (लालकोठी )घेराउ समेत गर्ने भएको छ। केवल छुट्टै राज्य गोर्खाल्यान्डको मुल एजेन्डा लिएर दार्जीलिङ पहाडमा गठन भएको नयाँ राजनैतिक दल गोर्खाल्यान्ड संग्राम पार्टीले स्थापना पछि अब सिधै GTA खारेज गरि अलग राज्य निर्माण गर्नुपर्ने माग लिएर सरकार दबाब दिन एउटा आन्दोलन शुरु गरेको छ। स्मरण रहोस् सांसद राजु विष्टले GTA भ्रष्टाचारीको अड्डा हो, यो मरिसकेको लास हो अब यसलाई हटाएर संवैधानिक स्थायी समाधान हुन्छ भनेर दार्जीलिङका जनताको मन जितेका थिए। तर पश्चिम बंगालले त्यै GTA मा प्रशासक राखेर 25 सेप्टेम्बरदेखि GTA लाई पुनः सञ्चालन गरेको थियो। यसैको बिरोध गर्दै GSP सडकमा उत्रेको हो।

By Paromita