नागरी फार्म चियाबारी निवासी अधिवक्ता अजित गुरुङले थप उपलब्धि हासिल गरेर सम्पूर्ण नागरी फार्मवासीको शीर खड़ा गर्न सफल बनेका छन्।
पूर्व प्राथमिक शिक्षक स्व. बीबी गुरुङ अनि स्वास्थ्य कर्मी स्व सावित्री थापा गुरुङका छोरा तिनले धेरै वर्षको बौद्धिक कसरतपछि उल्लेखनीय उक्त उपलब्धि हासिल गरेका हुन्।
पश्चिम बंगाल सरकारद्वारा दार्जीलिङ विशेष अदालत (NDPS Act)को निम्ती “विशेष सरकारी अभियोजक (Special Public Prosecutor) पदमा उनले नियुक्ति प्राप्त गरेका छन् ।
“विशेष सरकारी अभियोजक पदमा” नागरी फार्म चियाबारीका छोरा अधिवक्ता अजित गुरुङ नियुक्त
