दार्जीलिङमा लोक निर्माण विभाग (PWD) तथा जनस्वास्थ्य प्राविधिक विभाग (PHE) अन्तर्गत दार्जीलिङ र कालिम्पोङ जिल्लाका विकास कार्यबारे प्रशासनिक समीक्षा बैठक सम्पन्न भयो। मन्त्री अजय कुमार पोद्दारको अध्यक्षतामा भएको बैठकमा सांसद राजु विष्टसहित सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो।बैठकमा जल जीवन मिशनअन्तर्गत ग्रामीण क्षेत्रमा खानेपानीका धारा जडान तथा अधुरा परियोजना समयमै पूरा गर्ने विषयमा जोड दिइयो। साथै दार्जीलिङ सर्कुलर रोड, वैकल्पिक राजमार्ग, कुर्सियाङ–दार्जीलिङ रोपवे, जामुनेलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने तथा घुम, लेबोङ, कालिम्पोङ, कुर्सियाङ र मिरिकमा नयाँ पार्किङ सुविधा निर्माण गर्ने प्रस्तावबारे छलफल गरिएको बताइएको छ।सांसद राजु विष्टका अनुसार बैठकमा जारी परियोजनाको प्रगति, अवरोध र प्राथमिकताबारे समीक्षा गर्दै सडक, खानेपानी, यातायात तथा पर्यटन पूर्वाधारलाई समयमै कार्यान्वयन गर्ने विषयमा जोड दिइएको छ।
दार्जीलिङ–कालिम्पोङ विकास परियोजनाको प्रशासनिक समीक्षा, सडकदेखि खानेपानी र पर्यटन पूर्वाधारमा जोड
