Mirik

मिरिकको सोह्रसाले खोलामा पक्का पुल निर्माण हुने, स्थानीय ज्येष्ठ नागरिक बुद्धराज तामाङद्वारा शिलान्यास

मिरिकको सोह्रसाले खोलामा पक्का पुल निर्माण हुने, स्थानीय ज्येष्ठ नागरिक बुद्धराज तामाङद्वारा शिलान्यास

मिरिक नगरपालिका वार्ड नम्बर नाै साेह्रसाले निम्नमा रहेकाे खाेलामा पक्का पूल निर्माण गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मार्फत हुने भएकाे छ। जसकाे शिलान्यास कार्य आइतबार स्थानीय मानिसहरूकाे उपस्थितिमा स्थानीय जेष्ठ नागरिक बुद्धराज तामाङले नरिवल फुटाएर पण्डितकाे मन्त्राेच्चारणकाे साथमा गरे ।यस अवसरमा धेरै स्थानीय मानिसहरूकाे उपस्थिति रहेकाे थियाे।भारत नेपाल सीमा रहेकाे उक्त ठाँउमा पूल निर्माणले साेह्रसाले ,एकतीस गाउँ, सिस्ने गाउँ लगायत छिमेकी देश नेपालका मानिसहरूलाई यातायातमा सुविधा हुनेछ।स्थानीय भाजपा नेता प्रकाश पाख्रिनले कति सरकार आए गए तर पूल निर्माण भएन।जसले गर्दा यातायातमा स्थानीय मानिस ,बिध्यार्थी,राेगी ,चालक आदिले धेरै समस्या भाेग्न परेकाे थियाे।तर राज्यमा भारतीय जनता पार्टीकाे सरकार गठनपछि पक्का पूल निर्माण हुने भएकाे…
Read More
मिरिकको सौन्दर्य संरक्षण गर्न होटल व्यवसायीको अपिल, झीलको घट्दो आयतन र फोहोर व्यवस्थापनप्रति चिन्ता

मिरिकको सौन्दर्य संरक्षण गर्न होटल व्यवसायीको अपिल, झीलको घट्दो आयतन र फोहोर व्यवस्थापनप्रति चिन्ता

मिरिक पर्यटन केन्द्रकाे सुन्दरतालाई संरक्षण गर्नु पर्ने विषयमा मिरिक हाेटल अनर्स एशाेसिएशनका अध्यक्ष गाेपाल तामाङ अनि सचिव हेमकुमार तामाङले बताए। द्वयले दिन दिनै मिरिक झीलकाे आयतन घटी रहेछ।बड्दाे फाेहाेरले झील डम्पिङ सरह भएकाे छ। जतासुकै शाैचालय निर्माणले यहाँकाे सुन्दरतामा प्रभाव पारेकाे छ भन्दै यस विषयमा सम्बन्धित निकायले चाँडाे ध्यान दिएर सकरात्मक पहल गर्न अति आवश्यक रहेकाे छ भने।द्वयले उक्त विषयमा एशाेसिएशनले सबैलाई अघि आईदिने अनुराेध गर्दै एशाेसिएशनले सबै संघ संस्थाहरूलाई सहभागी गराई चाँडै सभा पनि गर्नेछ भने।द्वयले मिरिक नगरपालिका क्षेत्रकाे कतिपय जीर्ण सडककाे मरमती,महादेवटार क्षेत्रमा विछाइएकाे पानीकाे पाइपलाई पनि ब्यावस्थित गर्नु पर्ने विषयमा जाेर दिए।
Read More
एनसीसीको वार्षिक प्रशिक्षण शिविरमा विद्यासागर उच्चतर माध्यमिक विद्यालयका क्याडेटहरूको उत्कृष्ट प्रदर्शन

एनसीसीको वार्षिक प्रशिक्षण शिविरमा विद्यासागर उच्चतर माध्यमिक विद्यालयका क्याडेटहरूको उत्कृष्ट प्रदर्शन

मिरिक डिग्री कलेजमा गत १५ अक्टोबरदेखि २४ अक्टोबर २०२६ सम्म आयोजित ५ बीएन, एनसीसी पश्चिम बङ्गालको संयुक्त वार्षिक प्रशिक्षण शिविरमा विद्यासागर उच्चतर माध्यमिक विद्यालय, बिजनबारीका विद्यार्थी क्याडेटहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न प्रतियोगितामा पदक हासिल गरेका छन्।विद्यालयका एएनओ (एसोसिएट एनसीसी अफिसर) सायन डेभिड राईको नेतृत्वमा १५ जना क्याडेटहरूले उक्त प्रशिक्षण शिविरमा सहभागिता जनाएका थिए। शिविर सम्पन्न भएपछि उनीहरू विद्यालय फर्किएका हुन्। विद्यालयबाट प्राप्त जानकारीअनुसार शिविरमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी क्याडेटहरूले पदक हासिल गर्दै विद्यालयको नाम उच्च बनाएका छन्। प्रतियोगिताअन्तर्गत सार्जेन्ट रिनिल राईले डीएसटी ड्रिलमा स्वर्ण पदक तथा टक-अफ-वार (डोरी तान्ने) प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन्। त्यसैगरी, निशान्त सुब्बाले कर्पोरल डीएसटीमा…
Read More
मिरिक महाविद्यालयको नयाँ सञ्चालन समिति अध्यक्षमा सञ्जित तामाङ, पदभार ग्रहण

मिरिक महाविद्यालयको नयाँ सञ्चालन समिति अध्यक्षमा सञ्जित तामाङ, पदभार ग्रहण

मिरिक महाविद्यालयको सञ्चालन समिति अध्यक्षका रूपमा सञ्जित तामाङ (सञ्जीव लामा)-ले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। महाविद्यालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त अध्यक्ष तामाङलाई स्वागत गर्दै प्राचार्य प्रो. शेराप भुटियाले स्वागत सम्भाषण प्रस्तुत गरे। कार्यक्रममा महाविद्यालय परिवारका प्रतिनिधि, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। पदभार ग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष सञ्जित तामाङले मिरिक महाविद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार तथा समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। महाविद्यालयको प्रगतिमा सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए। कार्यक्रममा महाविद्यालयको नेपाली विभागका प्रमुख डा. आनन्द छेत्रीले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सञ्चालन अंग्रेजी विभागकी प्राध्यापिका सुदीपा लामाले गरेकी थिइन्। कार्यक्रमलाई थप…
Read More
शिलान्यास भएर पनि काम शुरू भएकाे सडक थाँतीमा नै

शिलान्यास भएर पनि काम शुरू भएकाे सडक थाँतीमा नै

मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमान निम्नप्रान्त नन्दलाल गाँउलाई मुख्य सडकसित जाेड्न भनी केही बर्ष अघि शिलान्यास गरि शुरू गरिएकाे सडक निर्माण कार्य हालसम्म थातीमा नै रहेकाे स्थानीय मानिसहरूकाे गुनासाे रहेकाे छ। गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभासद मिलेस राई मार्फत लगभग 1 कराेड 70 लाख 47 हजार रूपियाँ लागतमा महाकाल इन्टरप्राइज कसट्रक्सन कम्पनी दिपेस राठीले निर्माण कार्य शुरू गरिएकाे सडक त निर्माण हुन सकेन उल्टा सडक खनन कार्यले गाँउलाई नै प्राकृतिक प्रकाेपकाे जाेखिममा राखेकाे स्थानीय मानिसहरूले जानकारी गराँउदै सडक निर्माण कार्यकाेलागि गिटी,बालुवा,सिमेन्ट सबै आयाे।कुनै कुनै ठाँउमा पर्खाल लगाँउने कार्य पनि भयाे।तर कुनै कार्य हालसम्म पूरा हुन सकेकाे छैन भने।
Read More