खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार अन्तर कार्यालय लीग फुटबल लीगको केवल एउटा खेल सम्पन्न भयो। जसमा खरसाङ कोर्ट बनाम खरसाङ डीभिजनल फरेस्टमाझ सम्पन्न भयो। यस खेलमा खरसाङ कोर्टले खरसाङ डीभिजनल फरेस्ट लाई 4 – 0 गोलले पराजित गरेको छ। यस खेलमा आफ्नो दलको तर्फबाट केही उत्कृष्ट बचाउ गरेको फलस्वरूप खरसाङ कोर्टका गोल रक्षक रुसत ब्लोनलाई उक्त खेलको सर्वश्रेष्ठ खेलाडी घोषित गरियो। तिनलाई खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष मोहन योञ्जनको बाहुलीबाट सर्टिफिकेट प्रदान गरियो। अब बुधबार 23 सेप्टेम्वरको दिन अन्तर कार्यालय फ्रेन्डशिप कप लीग अन्तर्गत दुईवटा खेलहरु हुनेछ जसमा खरसाङ ट्राफिक गार्ड बनाम एयर फोर्स अनि हाइड्रो बी बनाम खरसाङ जु कार्यालयमाझ हुनेछ। ज्ञात रहोस् अण्डर 14 बोयज अनि गर्ल्स ओपन खेलको फाइनल आगामी 2 अक्टोबरको दिन हुनेछ भने अन्तर कार्यालय फ्रेन्डशिप लीग कम नक आउट फुटबल प्रतियोगिताको फाइनल 3 अक्टोबरमा हुनेछ। मंगलवार भएको खेलहरूको सञ्चालन जिग्मी लेप्चा, मदन शेर्पा अनि अमित सार्की ले गरेका थिए। मंगलवार खेल विषयमा खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष एवं यस प्रतियोगिताका संयोजक फुर्बा घिसिङले विस्तृत जानकारी दिएका छन्।
अन्तर कार्यालय फुटबलमा खरसाङ कोर्टको शानदार जित, डीभिजनल फरेस्ट ४–० ले पराजित
