10
Aug
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ ब्रान्च कमिटीको एक महत्वपूर्ण सांगठनिक सभा मारवाडी सहायक समिति भवनमा सम्पन्न भएको छ। सभा दार्जिलिङ ब्रान्च कमिटीका अध्यक्ष एम.जी. सुब्बाको अध्यक्षतामा सम्पन्न भएको हो। सभाको सञ्चालन पूरण राईले गरेका थिए।सभालाई सम्बोधन गर्दै गोरामुमो दार्जिलिङ ब्रान्चका प्रमुख सल्लाहकार श्री प्रणय राईले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक गतिविधि तथा गोर्खा जाति र पहाडको भविष्यसँग जोडिएका महत्वपूर्ण विषयहरूमाथि आफ्नो धारणा राखे। उनले पार्टीको सांगठनिक आधारलाई अझ सुदृढ बनाउँदै जनताको मुद्दा र अधिकारका विषयमा निरन्तर सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिए। सभामा आगामी २३ अगस्तमा दागोपाप (दार्जिलिङ गोर्खा पार्वत्य परिषद्) सम्झौता दिवस पालन गर्ने सम्बन्धमा पनि महत्वपूर्ण छलफल भएको…
