Political

PMGSY योजनामा पारदर्शिता र भ्रष्टाचारमुक्त कामको माग : अजय एडवर्ड्स

PMGSY योजनामा पारदर्शिता र भ्रष्टाचारमुक्त कामको माग : अजय एडवर्ड्स

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (IGJF) का प्रमुख संयोजक श्री अजय एडवर्ड्सले प्रधानमन्त्री ग्राम सडक योजना (PMGSY) को कार्यान्वयनलाई लिएर चिन्ता व्यक्त गरेका छन्।उनले करिब ₹१०० करोड बराबरका सडक परियोजनाहरू आउने भएकाले ती योजनामा पारदर्शिता,गुणस्तरीय काम र स्थानीय समुदायको कडा निगरानी आवश्यक रहेको बताएका छन्। उनले ठेकेदारहरूलाई राजनीतिक नेताहरूलाई कमिसन दिन बाध्य पारिन नहुने बताउँदै,त्यस्तो कुनै पनि अनियमितता वा भ्रष्टाचार भएमा त्यसबारे मुख्यमन्त्री सुवेन्दु अधिकारी समक्ष जानकारी गराउन आग्रह गरेका छन्। एडवर्ड्सले विकासका योजनाहरू राजनीतिक सम्बन्ध वा मतदानको आधारमा बाँडफाँड गर्न नहुने कुरामा पनि जोड दिएका छन्।राजनीतिक कारणले कुनै गाउँ विकासका योजनाबाट वञ्चित गरिए आफू चुप लागेर नबस्ने उनले स्पष्ट पारेका…
Read More
चिया श्रमिकलाई २०% बोनस र रोकिएको फौलाई दसैँअघि दिन माग

चिया श्रमिकलाई २०% बोनस र रोकिएको फौलाई दसैँअघि दिन माग

क्रामाकपा श्रमिक संगठनका केन्द्रीय महासचिव तथा जोइन्ट फोरम पहाड समिति प्रवक्ता सुनिल राईले चिया श्रमिकलाई यसपालि कम्तीमा २० प्रतिशत तथा मालिकको मुनाफाका आधारमा त्यसभन्दा बढी बोनस दिनुपर्ने माग गरेका छन्। साथै, बन्द चिया बगानका श्रमिकहरूको करिब ७–८ महिनादेखि रोकिएको फौलाईको रकम दसैँअघि नै वितरण गर्नुपर्ने उनले बताएका छन्। राईले पुरानो रेकर्डका आधारमा रकम उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्।
Read More
कुमानी मोड र गैरीबासका जनताको आत्मीय स्वागतप्रति आभार : राजु विष्ट

कुमानी मोड र गैरीबासका जनताको आत्मीय स्वागतप्रति आभार : राजु विष्ट

कुमानी मोड र गैरीबासका जनताले दिएको आत्मीय स्वागतप्रति दार्जिलिङका सांसद राजु विष्टले आभार व्यक्त गरेका छन्। सांसद विष्टले आज सामाजिक सञ्जालमार्फत कुमानी मोड र गैरीबास पहाड र समथर भूभागको संगममा अवस्थित रहेको तथा डुवर्सको हरियाली जंगल, घुमाउरा सडक र प्राकृतिक सौन्दर्यले यस क्षेत्रलाई विशेष बनाएको उल्लेख गरेका छन्। तर, यस क्षेत्रको सबैभन्दा ठूलो विशेषता यहाँका जनताको माया, आत्मीयता र न्यानोपन रहेको उनले बताएका छन्। उनले भाजपा तथा गठबन्धन दलका कार्यकर्ताहरूलाई निरन्तरको माया, समर्थन र समर्पणका लागि धन्यवाद दिँदै उनीहरूको समर्पणले जनताको हित र क्षेत्रको विकासका लागि अझ मेहनत गर्ने प्रेरणा मिलेको बताएका छन्। यसैबीच, आज झालोङमा आयोजित कार्यक्रममा उनले रोंगो–जलढाका…
Read More
पुलबजारमा १६ अगस्ट नयाँ राज्य निर्माण समितिको जनसभा

पुलबजारमा १६ अगस्ट नयाँ राज्य निर्माण समितिको जनसभा

नयाँ राज्य निर्माण समितिले १६ अगस्ट पुल बिजनबारी खेल मैदानमा जनभेला गर्ने सिद्धान्त राईले जनाएका छन् । चारवटा समष्टि क्षेत्रलाई लिएर गरिने उक्त जनसभा आयोजनाको अलग गोर्खाल्याण्ड राज्य गठनको आन्दोलनलाई निरन्तरता दिनु रहेको अवगत गराए भने नेपाली भाषा मान्यता राज्य निर्माणको बाधा ठहर गर्ने भाजपा नेता अनुप गदालको मन्तव्यमाथि प्रतिक्रिया जनाउँदै समितिले यसको कडा शब्दमा निन्दा गरेको छ।
Read More
खरसाङको नेताजी म्युजियम निरीक्षण गर्दै विधानसभा अध्यक्ष बोस, डिजिटलाइज्ड गर्ने पहल गर्ने

खरसाङको नेताजी म्युजियम निरीक्षण गर्दै विधानसभा अध्यक्ष बोस, डिजिटलाइज्ड गर्ने पहल गर्ने

पश्चिम बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले आज खरसाङको गिध्द पहाडस्थित नेताजी म्युजियममा भ्रमण निरीक्षण गरेका छन्। उनले आज अपरान्हको समयमा खरसाङको गिध्द पहाड आएर नेताजी सुभाषचन्द्र बोसको नाममा रहेको नेताजी इन्स्टिट्युट फर एशियन स्टडिसमा आएर निरीक्षण भ्रमण गरेका छन्। विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले सर्वप्रथम म्युजियम अघाडी रहेको नेताजी सुभाषचन्द्र बोसको सालिगमा माला चढ़ाएर श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसपछि उनले नेताजी म्युजियममा पसेर नेताजी सुभाषचन्द्र बोससित सम्बन्धित विभिन्न फोटोहरु, विभिन्न सामाग्रीहरू र अन्य विशेष कुराहरुको निरीक्षण गरेका छन्। उनलाई नेताजी म्युजियमका‌ ईन्चार्ज गणेश प्रधानले नेताजी म्युजियम र नेताजीसित जोडिएका विभिन्न कुराहरु विषयमा जानकारी गराएका छन्। नेताजी म्युजियममा विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसको…
Read More
दार्जीलिङ बिजनबारी ग्रामीण अस्पताल स्तरोन्नति र ‘नोटिफाइड एरिया’ मागमा पहलप्रति गोरामुमोद्वारा मन्त्री विशाल लामाप्रति आभार

दार्जीलिङ बिजनबारी ग्रामीण अस्पताल स्तरोन्नति र ‘नोटिफाइड एरिया’ मागमा पहलप्रति गोरामुमोद्वारा मन्त्री विशाल लामाप्रति आभार

बिजनबारी ग्रामीण अस्पताललाई स्तरोन्नति गर्न तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा परिणत गर्नुपर्ने मागलाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)द्वारा गृह एवं पहाड मामिला राज्यमन्त्री विशाल लामालाई बुझाइएको ज्ञापनमाथि पहल अघि बढाइएको भन्दै गोरामुमोले मन्त्रीप्रति आभार व्यक्त गरेको छ।यस सम्बन्धमा गोरामुमो नेता सन्दीप लिम्बुले भिडियो सन्देश जारी गर्दै मन्त्री विशाल लामाप्रति धन्यवाद तथा आभार प्रकट गरेका हुन्। उनले बिजनबारी क्षेत्रका महत्वपूर्ण जनसरोकारका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाएकोमा मन्त्री लामाको प्रशंसा गरेका छन्। गोरामुमोले बिजनबारी ग्रामीण अस्पतालको स्तरोन्नतिसँगै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार आउने तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा स्तरोन्नति गरिएमा क्षेत्रको प्रशासनिक विकासमा थप…
Read More
गोरामुमो दार्जिलिङ ब्रान्च कमिटीको सांगठनिक सभा सम्पन्न ,२३ अगस्तमा दागोपाप सम्झौता दिवस पालन गर्ने निर्णय

गोरामुमो दार्जिलिङ ब्रान्च कमिटीको सांगठनिक सभा सम्पन्न ,२३ अगस्तमा दागोपाप सम्झौता दिवस पालन गर्ने निर्णय

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ ब्रान्च कमिटीको एक महत्वपूर्ण सांगठनिक सभा मारवाडी सहायक समिति भवनमा सम्पन्न भएको छ। सभा दार्जिलिङ ब्रान्च कमिटीका अध्यक्ष एम.जी. सुब्बाको अध्यक्षतामा सम्पन्न भएको हो। सभाको सञ्चालन पूरण राईले गरेका थिए।सभालाई सम्बोधन गर्दै गोरामुमो दार्जिलिङ ब्रान्चका प्रमुख सल्लाहकार श्री प्रणय राईले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक गतिविधि तथा गोर्खा जाति र पहाडको भविष्यसँग जोडिएका महत्वपूर्ण विषयहरूमाथि आफ्नो धारणा राखे। उनले पार्टीको सांगठनिक आधारलाई अझ सुदृढ बनाउँदै जनताको मुद्दा र अधिकारका विषयमा निरन्तर सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिए। सभामा आगामी २३ अगस्तमा दागोपाप (दार्जिलिङ गोर्खा पार्वत्य परिषद्) सम्झौता दिवस पालन गर्ने सम्बन्धमा पनि महत्वपूर्ण छलफल भएको…
Read More
घैयाबारी नयाँ कमानमा एचपीडब्ल्युयुद्वारा गेट मिटिङ सम्पन्न, चिया श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारसँग माग

घैयाबारी नयाँ कमानमा एचपीडब्ल्युयुद्वारा गेट मिटिङ सम्पन्न, चिया श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारसँग माग

हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्युयु) ले घैयाबारी नयाँ कमान चियाबारीमा चिया श्रमिकहरूको विभिन्न समस्यालाई केन्द्रमा राख्दै गेट मिटिङको आयोजना गरेको छ। लामो समयदेखि श्रमिकहरूले भोग्दै आएका भविष्य निधि (प्रोविडेन्ट फण्ड), ग्रेच्युटी तथा न्यूनतम रोजदारीसँग सम्बन्धित समस्याबारे आवाज उठाउँदै लोकतान्त्रिक ढंगले उक्त गेट मिटिङ सम्पन्न गरिएको हो। गेट मिटिङमा श्रमिकहरूले लामो समयदेखि आफूहरूले पाउनुपर्ने भविष्य निधि (प्रोविडेन्ट फण्ड) कोष प्राप्त गर्न नसकेको गुनासो राखेका थिए। यसका साथै, विगत चार वर्षदेखि अवकाशप्राप्त चिया श्रमिकहरूले ग्रेच्युटीको नाममा आंशिक रकम मात्र प्राप्त गरेको र अहिलेसम्म पूर्ण ग्रेच्युटी नपाएको विषयलाई समेत गम्भीर रूपमा उठाइएको थियो। एचपीडब्ल्युयुले ट्रेड युनियन ऐनअनुसार अवकाशप्राप्त श्रमिकहरूको सम्पूर्ण ग्रेच्युटी ४५ दिनभित्र…
Read More
झेपी गैरी गाउँमा गोरामुमोको महत्वपूर्ण संगठनात्मक सभा सम्पन्न, १५ घर परिवार पार्टीमा आबद्ध

झेपी गैरी गाउँमा गोरामुमोको महत्वपूर्ण संगठनात्मक सभा सम्पन्न, १५ घर परिवार पार्टीमा आबद्ध

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत कैजले रेलिङ समष्टि अन्तर्गत झेपी गैरी गाउँमा महत्वपूर्ण संगठनात्मक सभा शिव तामलिङको अध्यक्षतामा सम्पन्न भयो।सभामा गोर्खा समुदायको जाति, माटो, भाषा र अस्तित्वको संरक्षण तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले गोर्खा समाजको हक, अधिकार र पहिचानको संरक्षणका लागि गोरामुमो निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। यसै अवसरमा आफ्नो पहिचान, अधिकार र अस्तित्वको भावनालाई आत्मसात गर्दै झेपी गैरी गाउँका १५ घर परिवार सामूहिक रूपमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा आबद्ध भएका छन्। नवप्रवेशी परिवारहरूलाई पार्टीका प्रतिनिधिहरूले औपचारिक रूपमा स्वागत गर्दै संगठनको हरियो झण्डामुनि एकताबद्ध…
Read More
गोरामुमो सिटोङ लाट समष्टि द्वारा भव्य रूपमा ४०औँ शहीद दिवस सम्पन्न

गोरामुमो सिटोङ लाट समष्टि द्वारा भव्य रूपमा ४०औँ शहीद दिवस सम्पन्न

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सिटोङ लाट समष्टिको आयोजनामा ४०औँ शहीद दिवस सोमबार शेल्पु भुजेल कम्युनिटी हलमा श्रद्धा, सम्मान र ऐक्यबद्धताको भावनासहित भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा गोर्खाल्यान्ड आन्दोलनका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको त्याग, बलिदान र आदर्शलाई स्मरण गरिएको थियो।समष्टि अध्यक्ष जे.बी. राईको सभापतित्व तथा समष्टि सदस्य रबिन तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा वैदिक विधिअनुसार पूजा–अर्चना गरी १०८ दीप प्रज्वलन गरिएको थियो। त्यसपछि शहीद वेदीमा खदा तथा माल्यार्पण गरी अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गरियो।कार्यक्रमका प्रमुख अतिथि पूर्व मुङ्पु लाट समष्टि अध्यक्ष के.बी. गुरुङ रहेका थिए। यस अवसरमा सन् १९८६ को ऐतिहासिक गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका…
Read More