इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (IGJF) का प्रमुख संयोजक श्री अजय एडवर्ड्सले प्रधानमन्त्री ग्राम सडक योजना (PMGSY) को कार्यान्वयनलाई लिएर चिन्ता व्यक्त गरेका छन्।उनले करिब ₹१०० करोड बराबरका सडक परियोजनाहरू आउने भएकाले ती योजनामा पारदर्शिता,गुणस्तरीय काम र स्थानीय समुदायको कडा निगरानी आवश्यक रहेको बताएका छन्। उनले ठेकेदारहरूलाई राजनीतिक नेताहरूलाई कमिसन दिन बाध्य पारिन नहुने बताउँदै,त्यस्तो कुनै पनि अनियमितता वा भ्रष्टाचार भएमा त्यसबारे मुख्यमन्त्री सुवेन्दु अधिकारी समक्ष जानकारी गराउन आग्रह गरेका छन्। एडवर्ड्सले विकासका योजनाहरू राजनीतिक सम्बन्ध वा मतदानको आधारमा बाँडफाँड गर्न नहुने कुरामा पनि जोड दिएका छन्।राजनीतिक कारणले कुनै गाउँ विकासका योजनाबाट वञ्चित गरिए आफू चुप लागेर नबस्ने उनले स्पष्ट पारेका छन्।
PMGSY योजनामा पारदर्शिता र भ्रष्टाचारमुक्त कामको माग : अजय एडवर्ड्स
