NPCI BHIM द्वारा विकसित भारतको आफ्नै भुक्तानी एप BHIM Payments App ले आफ्नो ‘मीठी दिवाली’ अभियानको तेस्रो संस्करणमार्फत चाडपर्वको खुसी र उज्यालो फैलाइरहेको छ। अक्टोबर १९ देखि नोभेम्बर ८ सम्म एपमा प्रयोगकर्ताले गर्ने प्रत्येक सातौँ कारोबारमा BHIM Payments App ले सिकाइका लागि सहयोग आवश्यक पर्ने बालबालिकालाई विद्यालयका शैक्षिक सामग्री (स्कुल किट) उपलब्ध गराउन योगदान गर्नेछ।
यस अभियानका लागि BHIM App ले Goonj सँग साझेदारी गरेको छ। Goonj शिक्षा, सामुदायिक विकास तथा विपद् राहतका क्षेत्रमा भारतभर लामो समयदेखि मानवीय गरिमा र सम्मानलाई प्राथमिकता दिँदै विभिन्न पहलहरू सञ्चालन गर्दै आएको एक सामाजिक तथा विकासमुखी संस्था हो। यस अभियानले उपभोक्ताहरूलाई दैनिक कारोबारका लागि BHIM App रोज्न प्रोत्साहित गर्नुका साथै, अझ धेरै बालबालिकाको पहुँचमा आवश्यक शैक्षिक सामग्री पुर्याउने सामूहिक प्रयासमा सहभागी हुन आह्वान गर्दछ।
दिवालीको खुसी एकसाथ बिताइने पलहरू, नयाँ सुरुवातको आशा र आफ्नै उत्सवभन्दा बाहिर गएर अरूसँग खुसी बाँड्दा बढ्ने आनन्दमा निहित छ। यस वर्ष BHIM App ले यही आत्मीयता कक्षाकोठासम्म पुर्याउँदै छ, जहाँ स्कुल किटजस्तो सामान्य सामग्रीको उपलब्धताले पनि वञ्चित बालबालिकाको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ।
यो पहलले डिजिटल भुक्तानीलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने र त्यसबाट अर्थपूर्ण प्रभाव सिर्जना गर्ने BHIM App को प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। साथै, यसले ‘भारत का अपना पेमेंट्स ऐप’ अर्थात् भारतको आफ्नै भुक्तानी एप भन्ने अवधारणालाई अझ बलियो बनाउँछ। यस अवधारणाअनुसार, सामान्य र सहज कार्यले पनि ठूलो परिवर्तनमा योगदान दिन सक्छ र दिवालीको भावना अझ धेरै मानिसहरूसम्म पुर्याउन सक्छ।
यस पहलका बारेमा आफ्नो धारणा व्यक्त गर्दै गौरव कोचर, चीफ अफ बिजनेस, NPCI BHIM ले भने,, “दिवालीले हामीलाई सम्झाउँछ कि उत्सवको वास्तविक खुसी अरूको जीवनमा ल्याउने आनन्दमा निहित हुन्छ। ‘मीठी दिवाली २०२६’ मार्फत हामी डिजिटल भुक्तानीजस्तो सामान्य कार्यलाई बालबालिकाको शिक्षाजस्तो अर्थपूर्ण विषयसँग जोडेर त्यो खुसीलाई अझ टाढासम्म पुर्याउन चाहन्छौँ। प्रत्येक बालबालिकाले सिक्ने, हुर्कने र उज्ज्वल भविष्यको सपना देख्ने अवसर पाउनुपर्छ। Goonj सँगको हाम्रो साझेदारीले यस विश्वासलाई व्यवहारमा उतार्दै BHIM App मार्फत गरिने दैनिक कारोबारलाई बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने अवसरमा परिणत गर्छ। ‘भारत का अपना पेमेंट्स ऐप’ का रूपमा हामी विश्वास गर्छौँ कि प्रविधि मानिसहरूलाई केन्द्रमा राखेर निर्माण गरिँदा साना प्रयासहरूले पनि अर्थपूर्ण परिवर्तन ल्याउन सक्छन्।”
अंशु गुप्ता, फाउन्डर, एक्जिक्युटिभ डाइरेक्टर, Goonj ले भने, “BHIM App सँगको हाम्रो सहकार्य दैनिक जीवनमा प्रयोग हुने प्रविधिको पहुँचलाई नागरिकहरूको सचेत सहभागितासँग जोड्ने एउटा अर्थपूर्ण कदम हो। नियमित कारोबारलाई प्रत्यक्ष सहयोगमा रूपान्तरण गर्ने BHIM App को पहललाई हामी महत्त्व दिन्छौँ। यसले बालबालिकाहरूले आफ्नो गरिमा र सम्मान कायम राख्दै आवश्यक शैक्षिक सामग्री प्राप्त गर्न सुनिश्चित गर्दछ।”
मेहुल गुप्ता, को-फाउन्डर र सीईओ, SoCheers ले भने, “कुनै पनि उत्सवको खुसी अरूसँग थोरै भए पनि बाँडेपछि मात्र पूर्ण हुन्छ भन्ने सोचमा एउटा विशिष्ट भारतीय भावना झल्किन्छ। #MeethiDiwali मार्फत हामीले आफैँलाई दुईवटा सरल प्रश्न सोध्यौँ: उत्सवको मौसम समाप्त भएपछि पनि सहयोग गर्ने भावनालाई कसरी निरन्तरता दिन सकिन्छ, र डिजिटल कारोबारजस्तो सामान्य कार्यले कसैको जीवनमा कसरी परिवर्तन ल्याउन सक्छ? आज हाम्रो जीवनका धेरैजसो गतिविधिहरू मोबाइल फोनमै हुने संसारमा, हामीले दैनिक रूपमा गरिने एउटा सामान्य कार्यलाई खरिदारीमा मात्र सीमित नराखी अझ अर्थपूर्ण कामका लागि उपयोग गर्ने अवसर देख्यौँ।”
‘मीठी दिवाली २०२६’ मार्फत BHIM App ले आफ्नो वार्षिक चाडपर्वसम्बन्धी पहललाई निरन्तरता दिँदै डिजिटल भुक्तानीलाई चाडपर्वको मौसमभन्दा बाहिरसम्म प्रभाव पार्ने सामाजिक उद्देश्यसँग जोडेको छ।
