17
Apr
शुक्रवार बिहान मेयर परिषद तथा तृणमूल कङ्ग्रेसका रासबिहारी केन्द्रका उम्मेद्वार देवाशीष कुमारको घरमा आयकर विभागले छापा मारेको छ। चुनाउको मुखमा केन्द्रीय एजेन्सीहरूको सक्रियताको आरोप लगाउँदै तृणमूल सुप्रिमो ममता ब्यानर्जी क्षुब्ध भइन्। कोचबिहारको रासमेला मैदानमा आयोजित चुनाउ सभाबाटै यस विषयको कठोर शब्दमा प्रतिवाद जनाइन्। केन्द्रको भाजपा सरकारको कठोर आलोचना गर्दै ममताले भनिन्, निर्लज्ज एउटा राजनीतिक दल छ। हाँकाहाँकी लड्न सक्दैन। डरपोक, कायर। अहिले यस्तै काम गरिरहेको छ।यतिमै सीमित नरही कोचबिहारको मञ्चबाट आक्रोशित ममताले स्वर उचाल्दै प्रधानमन्त्रीतर्फ प्रश्न उठाइन्। तिनले भनिन्, नोटबन्दी गरेर सबैको पैसा खोस्नु भएको थियो। देशमा कालो धन फर्काउँछु भनेर भन्नुभएको थियो। के तपाईँले कालो धन फर्काउन भयो? पहिले…
