भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तराई क्षेत्रत्रका छवटा चिया बगानहरु पानीघट्टा, लोवागढ, बेलघाछी, सिमलबारी, मरियनबारी र सिफ्टीगुडीलाई लिएर जोनल कमिटीको पूर्णाङ्क कमिटी गठन गरिएको छ। हरिहर आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संचालन अमित बराईकले गरेका थिए भने स्वागत सम्भाषण हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले राखेका थिए। उक्त जोनल कमिटीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको निर्देशन अनुसार जम्मा 43 जनाको जोनल कमिटी गठन गरिएको छ। यस कमिटीमा सभापति राजु खेरूवा, उपाध्यक्ष राजेन किन्दो, अमित बराईक, महासचिव महेन्द्र सेवा, कार्यकारी सचिवहरू शेखर छेत्री, रोशन मेङग्रा,कोषाध्यक्ष सुभाष छेत्री र बसन्त प्रधान सह कोषाध्यक्षको रुपमा चयन गरिएको छ भने पूर्णाङ्क कमिटीमा विभिन्न पदाधिकारीहरु पनि चयन गरिएको छ। सबै पदाधिकारीहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा र खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाईलीको बाहुलीबाट नियुक्ति पत्र पनि प्रदान गरिएको छ। कार्यक्रममा भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाईली, महासचिव भक्तिमान तामाङ, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान आदिले वक्तव्य राखेका थिए। नव गठित उक्त जोनल कमिटीलाई अर्को सूचना नभएसम्मका लागि विधिवत् स्वीकृति प्रदान गरिएको र उक्त कमिटीले चिया बगानका श्रमिकहरूको हक, हित तथा अधिकारका लागि श्रमिकसम्बन्धि सम्पूर्ण विषयहरूमा प्रतिनिधित्व गर्न सक्ने भएका छन्। यस सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।
तराईका ६ चिया बगानलाई लिएर ४३ सदस्यीय जोनल कमिटी गठन
