11
May
नेपालबाट चिया आयात हुँदा अबदेखि त्यसको गुणस्तर जाँच गरिनेछ। हप्ताको पहिलो दिनमै टी बोर्डले यस्तो निर्देशन जारी गरेको हो। भारतमा प्रवेश गर्ने सबै चियालाई परीक्षण गरेपछि मात्र अनुमति दिइने निर्देशनमा भनिएको छ। यस पहलबाट चियाबारी मालिकहरू खुशी भएका छन्। धेरै समयदेखि नेपालबाट न्यून गुणस्तरको चिया भित्रिँरहेको तिनीहरूको भनाइ छ। त्यसपछि त्यसलाई दार्जीलिङ चिया भनेर देशका विभिन्न स्थानमा बिक्री भइरहेको थियो। यहाँसम्म कि विदेशमा पनि दार्जीलिङ चियाको नाममा नेपाल चिया पुगिरहेको थियो। अब चियाको परीक्षण आरम्भ भएपछि न्यून गुणस्तरको चियालाई रोक्न सकिनेछ।धेरै समयदेखि दार्जीलिङ चियाको नाम प्रयोग गरेर राज्यको खुल्ला बजार मात्र नभई देश–विदेशका विभिन्न स्थानहरूमा नेपाल चिया बिक्री भइरहेको आरोप…
