पहाडी क्षेत्रका चालकको पक्षमा तारा सुन्दास, 15 वर्षे वाहन हटाउने निर्णय पुनर्विचार गर्न माग +किलोमिटरका आधारमा वाहन हटाउन माग,तराई र पहाडको वाहन सञ्चालन अवस्था फरक छ-तारा सुन्दास
15 वर्ष पूरा भएका पुराना वाहनहरू केन्द्र तथा राज्य सरकारको निर्देशन अनुसार हटाउने विषयमा माकपा नेता तारा सुन्दासले आवाज उठाएका छन्। सुन्दासका अनुसार तराई र पहाडी क्षेत्रमा सञ्चालन हुने वाहनहरूको प्रयोग र दैनिक सञ्चालनको अवस्था फरक हुन्छ। तराई क्षेत्रमा चालकहरूले एक दिनमा चार पटकसम्म यात्रु ओसारपसार गर्ने गरेको भए पनि पहाडी क्षेत्रमा भौगोलिक अवस्था तथा दूरीका कारण एक दिनमा मुस्किलले एक खेप मात्र यात्रु ओसारपसार गर्न सक्ने अवस्था रहेको उनले बताएका छन्। यसकारण वाहनको आयु 15 वर्ष पुगेको आधारमा मात्र हटाउने व्यवस्था पहाडी क्षेत्रका लागि व्यवहारिक नहुने तारा सुन्दासको भनाइ छ। उनले 15 वर्षे मापदण्ड हटाएर वाहन कति किलोमिटर चलेको छ भन्ने आधारमा यसको सञ्चालन अवधि निर्धारण गरी पुराना वाहन हटाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। सुन्दासले पहाडी क्षेत्रका चालकहरूको वास्तविक अवस्था र आर्थिक पक्षलाई ध्यानमा राखेर सरकारबाट यस विषयमा पुनर्विचार हुनुपर्ने बताएका छन्।
१५ वर्षे वाहन हटाउने निर्णय पुनर्विचार गर्न तारा सुन्दासको माग
