नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग गोर्खा जनमुक्ति मोर्चाको शिष्टाचार भेटघाट

गोर्खा जनमुक्ति मोर्चा बिजनबारी टाउन कमिटीको प्रतिनिधिमण्डलले मंगलबार बिजनबारी–पुलबजार ग्राम पञ्चायतकी नवनिर्वाचित प्रधान प्रेरणा छेत्रीसँग औपचारिक शिष्टाचार भेटघाट गरेको छ।

टाउन कमिटीका सभापति सेरोन डेबिड राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधान छेत्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्षेत्रको समग्र विकास, जनहितका मुद्दा तथा आगामी दिनमा गरिने सहकार्यबारे छलफल गरेको थियो। साथमा बिजनबारी क्षेत्रको उन्नति र प्रगतिका निम्ति ग्राम पञ्चायतसँग सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको राईले बताएका छन।यस्तै भेटघाटका क्रममा नवनिर्वाचित प्रधान छेत्रीले ग्राम पञ्चायतको प्रमुखका रूपमा नयाँ जिम्मेवारी प्राप्त गरेकोमा सम्पूर्ण क्षेत्रवासीको हितमा काम गर्न आफू उत्सुक रहेको बताइन्।

कार्यक्रममा उपसभापति सुधीर छेत्री, सचिव रोबिन राई, कोषाध्यक्ष ऋषि गुरुङ मिडिया सेल प्रभारी मन्जिल सुब्बा, कार्यकारी सदस्य राजु राई लगायत कमिटीका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

By Paromita