जुवेनाइल जस्टिस बोर्ड सिलगढी सार्ने निर्णय फिर्ता, दार्जीलिङ बार एसोसिएसनको आन्दोलन सफल

दार्जीलिङ बाट जुवेनाइल जस्टिस बोर्ड (JJB) अर्थात् किशोर न्यायालय सिलगढी स्थानान्तरण गर्ने राज्य सरकारको निर्णय अन्ततः फिर्ता भएको छ। अब जुवेनाइल कोर्ट दार्जीलिङमै सञ्चालन हुने भएपछि दार्जीलिङ बार एसोसिएसनको विरोध तथा आन्दोलनले सफलता प्राप्त गरेको छ।
राज्य सरकारको निर्णयको विरोधमा बार एसोसिएसनले अनिश्चितकालीन पेन डाउन आन्दोलन सुरु गरेको थियो। एसोसिएसनको विरोधपछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको हो। यसलाई बार एसोसिएसनको ठूलो उपलब्धिका रूपमा हेरिएको छ। बार एसोसिएसनका प्रनय राईले यस उपलब्धिप्रति हर्ष व्यक्त गरेका छन्।

By Paromita