गोक ब्याडमिन्टन संघद्वारा ओपन ब्याडमिन्टन प्रतियोगिता आयोजना

समाजलाई लागुऔषधमुक्त बनाउने तथा युवाहरूलाई खेलकुदप्रत प्रोत्साहित गर्ने उद्देश्यका साथ गोक ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक गोकमा ‘ओपन ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न भएको छ।
स्थानीय गोकमा आयोजित प्रतियोगितामा पुरुष डबल्स र पुरुष सिंगल्स गरी दुईवटा विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा पुरुष डबल्सतर्फ १६ जनाभन्दा अधिक तथा पुरुष सिंगल्सतर्फ १५ जनाभन्दा अधिक खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
यसैबीच खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउँदै लागुऔषधको दुव्र्यसनबाट टाढा राख्ने तथा स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

By Paromita