पुलबजार खण्डका २३ वटै ग्राम पञ्चायतमा बीबीजी रामजी योजनाअन्तर्गतका काम चाँडै सुरु हुने भएको छ। खण्ड पञ्चायत समितिका अनुसार योजनासम्बन्धी टेन्डर प्रक्रिया पूरा भइसकेको छ।
यस विषयमा आयोजित पत्रकार सम्मेलनमा खण्ड पञ्चायत समितिका भाइस चेयरम्यान रिवाज गुरुङले आवश्यक प्रक्रिया पूरा भएकाले चाँडै काम सुरु गरिने जानकारी दिए। योजनाबाट खण्डका करिब ६० हजार रोजगार कार्डधारक लाभान्वित हुने लक्ष्य राखिएको छ।
खण्ड विकास अधिकारी डेले हालसम्म करिब ४२ हजार रोजगार कार्डधारकले मात्र ई–केवाईसी प्रक्रिया पूरा गरेको बताउँदै बाँकीलाई सम्बन्धित ग्राम पञ्चायत कार्यालय वा वार्ड सदस्यसँग सम्पर्क गरी प्रक्रिया पूरा गर्न आग्रह गरे।
योजनाअन्तर्गत सञ्चालन हुने परियोजनाहरू ग्रामसभामार्फत तय गरिने जनाइएको छ। यसैबीच, खण्ड पञ्चायत समितिकी चियरमेन निमन्ता तामाङले सरकारी योजनाको लाभ लिन आवश्यक कागजात तथा प्रक्रिया समयमै पूरा गर्न सर्वसाधारणलाई आह्वान गरिन्।
