Nepali

गोक ब्याडमिन्टन संघद्वारा ओपन ब्याडमिन्टन प्रतियोगिता आयोजना

गोक ब्याडमिन्टन संघद्वारा ओपन ब्याडमिन्टन प्रतियोगिता आयोजना

समाजलाई लागुऔषधमुक्त बनाउने तथा युवाहरूलाई खेलकुदप्रत प्रोत्साहित गर्ने उद्देश्यका साथ गोक ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक गोकमा ‘ओपन ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न भएको छ।स्थानीय गोकमा आयोजित प्रतियोगितामा पुरुष डबल्स र पुरुष सिंगल्स गरी दुईवटा विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा पुरुष डबल्सतर्फ १६ जनाभन्दा अधिक तथा पुरुष सिंगल्सतर्फ १५ जनाभन्दा अधिक खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।यसैबीच खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउँदै लागुऔषधको दुव्र्यसनबाट टाढा राख्ने तथा स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
Read More
गोर्खा शक्ति थान मेलाटारमा आजदेखि नौ दिवसीय माताको पूजा सुरु

गोर्खा शक्ति थान मेलाटारमा आजदेखि नौ दिवसीय माताको पूजा सुरु

कालेबुङको मेलाटारस्थित गोर्खा शक्ति थानमा आजदेखि नौ दिवसीय माताको पूजा विधिवत् रूपमा सुरु भएको छ।नवरात्रिको पावन अवसरमा आयोजना गरिएको उक्त पूजा कार्यक्रम धार्मिक विधि-विधानका साथ नौ दिनसम्म सञ्चालन हुने जनाइएको छ। यस पूजामा भक्तजनहरूले माताको आराधना गरी सुख, शान्ति, समृद्धि तथा लोककल्याणको कामना गर्नेछन्।कार्यक्रमबारे जानकारी दिँदै गोर्खा शक्ति थानका अध्यक्ष ओम शर्माले नौ दिवसीय माताको पूजा सुरु भएको बताए। उनले यस धार्मिक अनुष्ठानमा सहभागी भई माताको दर्शन तथा पूजाआजामा भाग लिन सबै श्रद्धालु भक्तजनहरूलाई आग्रह गरेका छन्।
Read More
१८ अक्टोबरमा जीडीएनएस हलमा ‘थुक्का हामी’ नाटकको दुई शो

१८ अक्टोबरमा जीडीएनएस हलमा ‘थुक्का हामी’ नाटकको दुई शो

बीपी इन्टरप्राइजेसको तत्वधानमा तयार गरिएको थुक्का हामी नामक नाटक आउने १८ अक्टोबरको दिन जीडीएनएस हलमा हुने जानकारी दिपिका गुरूङले दिइन् । उक्त दिन सबैलाई आएर नाटक हेरिदिने आह्वान गर्दै उनले जातिप्रेमी पहाड़वासीले यो नाटक हेर्नेपर्ने रहेको बताइन् । उक्त नाटकको टिकट जीडीएनएस हल र बाटो उकालो पत्र-पत्रिका बिक्री गर्ने ठाउँमा उपलब्ध रहेको जनाउँदै उनले भनेअनुसार उक्त नाटक बिहान ११ बजी अनि दिउँसो ३ बजी गरी दुइवटा शो हुनेछ । नेपाली सिने जगत साथै नाट्य विधाका वरिष्ठ कलाकार महेन्द्र थापाले भनेअनुसार उक्त नाटक यस अघि कालेबुङमा प्रदर्शन गरिएको हो। त्यहाँका दर्शकहरूले यस नाटकलाई धेरै रूचाए। उक्त नाटकका लेखक तथा निर्देशक बिक्रम…
Read More