07
May
गृहमन्त्री अमित शाहको भ्रमण र शनिवार ब्रिगेड ग्राउण्डमा नरेन्द्र मोदीको उपस्थितिमा हुने शपथग्रहणको विषयमा फोनमा छलफल भइरहेको थियो। फोनको एकतर्फ भाजपाका विजयी उम्मेद्वार शङ्कर घोष तर अर्कातर्फ नन्दीग्राम र भवानीपुरका विजयी उम्मेद्वार शुभेन्दु अधिकारीका निकट सहयोगी चन्द्रनाथ रथ थिए। यसबीच अचानक कराएको आवाज र अस्पष्ट ध्वनि सुनियो। त्यो गोलीको आवाज हो भन्ने विषय शङ्करले त्यस समयमा सायद बुझ्न सकेनन्। त्यसपछि केही क्षणको निस्तब्धता।बुधवार राति लगभग 10 बजी उल्टाडाङ्गाबाट फर्कने क्रममा तिनी फोनमा शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथसित कुराकानी गरिरहेका थिए। कुराकानी गर्दागर्दै अचानक उता चन्द्रनाथको स्वर परिवर्तन भयो र गोलीको आवाज सुनियो। शङ्कर घोषले पटक–पटक चिच्याएर बोलाए पनि उताबाट कुनै…
