चन्द्रनाथको मृत्युले शोकमा शङ्कर

गृहमन्त्री अमित शाहको भ्रमण र शनिवार ब्रिगेड ग्राउण्डमा नरेन्द्र मोदीको उपस्थितिमा हुने शपथग्रहणको विषयमा फोनमा छलफल भइरहेको थियो। फोनको एकतर्फ भाजपाका विजयी उम्मेद्वार शङ्कर घोष तर अर्कातर्फ नन्दीग्राम र भवानीपुरका विजयी उम्मेद्वार शुभेन्दु अधिकारीका निकट सहयोगी चन्द्रनाथ रथ थिए। यसबीच अचानक कराएको आवाज र अस्पष्ट ध्वनि सुनियो। त्यो गोलीको आवाज हो भन्ने विषय शङ्करले त्यस समयमा सायद बुझ्न सकेनन्। त्यसपछि केही क्षणको निस्तब्धता।
बुधवार राति लगभग 10 बजी उल्टाडाङ्गाबाट फर्कने क्रममा तिनी फोनमा शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथसित कुराकानी गरिरहेका थिए। कुराकानी गर्दागर्दै अचानक उता चन्द्रनाथको स्वर परिवर्तन भयो र गोलीको आवाज सुनियो। शङ्कर घोषले पटक–पटक चिच्याएर बोलाए पनि उताबाट कुनै प्रतिक्रिया आएन। व्याकुल भएर तिनले सन्देश पठाए, ‘के भयो, ठीक छौ त? तर कुनै जवाब आएन। फेरि फोन गर्दा एक अपरिचित व्यक्तिबाट शङ्कर घोषले थाहा पाए कि तिनका साथीलाई गोली प्रहार गरिएको छ।
स्तब्ध शङ्करले तुरुन्तै शुभेन्दु अधिकारीलाई खबर दिएर आफै मध्यमग्रामको उक्त निजी अस्पतालतर्फ दौड़िए। राति 2 बजी अस्पतालको प्रतीक्षा कक्षमा खुट्टा फैलाएर बसेका शङ्कर घोषको शून्य दृष्टि र विखण्डित अवस्थाले नै भित्री पीड़ा प्रकट गरिरहेको थियो। शङ्करले भने, मसित भन्न कुनै शब्द छैन। हाम्रो विधानसभा क्षेत्रमा रहेका सबै विधायकहरूसित चन्द्रनाथ रथको निकै घनिष्ट सम्बन्ध थियो। तिनी शुभेन्दु दाको निकट सहयोगी थिए। अब भन्न केही बाँकी छैन।
भाजपाको दाबीअनुसार सम्पूर्ण घटना अत्यन्त योजनाबद्ध थियो। मध्यमग्रामको फ्ल्याटतर्फ फर्कने क्रममा विधानसभाको सरकारी गाड़ी रोकेर चन्द्रनाथ रथलाई लक्ष्य गरी आक्रमणकारीहरूले गोली चलाए। रथको छाती चिर्दै गएको गोलीले चालक घाइते मात्र भए पनि तर चण्डीपुरका भूमिपुत्रलाई बचाउन सकिएन।

By Paromita