30
Apr
हात्तीको बथान देखा परेपछि बुधवार दिउँसो महाकाल धाममा पूजा बन्द गरियो। लगभग 15 वटा हात्तीको एउटा समूह लाटागुड़ीबाट चाल्सातर्फ जाने राष्ट्रिय सड़क पार गर्ने क्रममा अड़किएको थियो। दिउँसोदेखि साँझसम्म चरण–चरणमा उक्त समूहलाई गोरुमारा जङ्गलतर्फ धपाउन वनकर्मीहरूलाई निकै कठिन भयो। लाटागुड़ी रेञ्जका वनकर्मीहरूले हात्तीहरूको गतिविधिमाथि निगरानी गरिरहेका थिए।उक्त दिन दिउँसो लगभग साढ़े दुई बजी लाटागुड़ी जङ्गलको महाकाल धामनजिक हात्तीको बथान आइपुगेको थियो। केही हात्तीहरूले सड़क पार गरे पनि बाँकी अड़किएका थिए। खबर पाएपछि पूजा बन्द गरेर महाकाल धामका सेवकहरू मन्दिरबाट बाहिर निस्किए। दुवैतर्फ वाहनको आवागमनका कारण हात्तीहरूको आवतजावतमा अवरोध उत्पन्न भयो। यसैबीच एउटा गाड़ीबाट ओर्ह्लिएर दुई महिला हात्तीको अगाड़ि पुगे। तर…
