Darjeeling

नयाँ पार्टीको नाम र झण्डा १३ सेप्टेम्बरमा घोषणा हुने

नयाँ पार्टीको नाम र झण्डा १३ सेप्टेम्बरमा घोषणा हुने

नयाँ पार्टी निर्माण समितिले आगामी १३ सेप्टेम्बर २०२६, आइतबार नयाँ राजनीतिक पार्टीको नाम तथा नयाँ झण्डा सार्वजनिक गर्ने भएको छ।समितिका तर्फबाट छिरिङ तामाङ र सबिन भाइ, बिजनबारीले सम्पूर्ण गोर्खाल्याण्डप्रेमी जनतालाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।आइतबार हुने घोषणा कार्यक्रममा नयाँ पार्टीको नामसँगै पार्टीका उद्देश्य, नीति तथा भावी कार्यदिशाबारे समेत जनतासमक्ष स्पष्ट रूपमा जानकारी गराइने बताइएको छ।समितिले गोर्खाल्याण्डको मुद्दाप्रति प्रतिबद्ध सम्पूर्ण समर्थक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ राजनीतिक अभियानमा साथ दिन अपिल गरेको छ।
Read More
सिक्किममा फेरि पहिरोको ताण्डव, रिम्बी–युक्सोम सडक सम्पर्क विच्छेद! पहाडको छेउमा रहेका घरहरू जोखिममा

सिक्किममा फेरि पहिरोको ताण्डव, रिम्बी–युक्सोम सडक सम्पर्क विच्छेद! पहाडको छेउमा रहेका घरहरू जोखिममा

लगातार भइरहेको वर्षाका कारण सिक्किम फेरि प्राकृतिक प्रकोपको चपेटामा परेको छ। यसपटक पश्चिम सिक्किमको महत्वपूर्ण रिम्बी–युक्सोम सडक भीषण पहिरोका कारण प्रभावित भएको छ। पहाडको ठूलो हिस्सा खसेर सडकभरि माटो, ढुङ्गा तथा ठूला भग्नावशेष थुप्रिएपछि उक्त मार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय स्रोतका अनुसार पहिरोको व्यापकताका कारण सडकको ठूलो भाग क्षतिग्रस्त भएको छ। यातायात मात्र नभई पहिरो आसपास रहेका केही घरहरू समेत जोखिममा परेका छन्। पहाडको भिरालो भाग क्रमशः कमजोर बन्दै गएकाले थप पहिरो खस्ने सम्भावनाले स्थानीय बासिन्दामा चिन्ता बढेको छ। वर्षायाममा सिक्किमका पहाडी सडकमा पहिरो जाने घटना सामान्य भए पनि पछिल्लो पहिरोको आकार र अवस्थाले स्थानीयको चिन्ता थप…
Read More
सुके मानेभञ्ज्याङ मण्डलमा संगठन सुदृढीकरण तथा 100 दिने उपलब्धिबारे सभा सम्पन्न

सुके मानेभञ्ज्याङ मण्डलमा संगठन सुदृढीकरण तथा 100 दिने उपलब्धिबारे सभा सम्पन्न

भारतीय जनता पार्टी सुके मानेभञ्ज्याङ मण्डलको एउटा सभा युवक सङ्घ सार्वजनिक भवनमा सम्पन्न भयो। दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जिल्ला युवा सशक्तीकरण तथा अध्ययन मञ्च संयोजक आशिष स्याङबो तामाड, ब्लक को-अर्डिनेसन कमिटीका कोकन्भेनर भुवन बम्जन, मण्डल अध्यक्ष नितिन जिम्बा, महासचिव नयन लेप्चा, जोरबङलो–सुके पोखरी पञ्चायत समितिकी सभापति अञ्जु लामा, सहकारी सभापति जीवन प्रधान तथा अन्यको उपस्थिति थियो। एस टी मोर्चा, एस सी मोर्चा, ओ बि सी मोर्चाका अध्यक्ष तथा सचिवहरू, युवा मोर्चा, नारी मोर्चा, पञ्चायत प्रधान तथा सदस्यहरू, शक्ति प्रमुख, बुथ कमिटीका अध्यक्ष–सचिव तथा पार्टीका विभिन्न तहका पदाधिकारी एवं कार्यकर्ताहरू सहभागी बनेको सभालाई मण्डल महासचिव फुर्बाछिरिङ…
Read More
राष्ट्रिय स्वयंसेवक संघद्वारा बिजनबारीमा रक्षा बन्धन कार्यक्रम

राष्ट्रिय स्वयंसेवक संघद्वारा बिजनबारीमा रक्षा बन्धन कार्यक्रम

दार्जीलिङच बिजनबारी देशभक्तिको भावनालाई आत्मसात् गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय राष्ट्रिय स्वयंसेवक संघ (RSS) को क्षेत्रीय समितिको आयोजनामा शुक्रबार बिजनबारी बजारमा रक्षा बन्धन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा संघका जिल्ला प्रचारक रोजर राई लगायत संघका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्काबीच राखी बाँध्दै आपसी प्रेम, सद्भाव, भाइचारा तथा सामाजिक एकताको सन्देश आदानप्रदान गरेका थिए।रक्षा बन्धन पर्वले समाजमा आपसी विश्वास, आत्मीयता र एकताको भावना अझ बलियो बनाउने सन्देश दिँदै कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।कार्यक्रममा उपस्थित संघका कार्यकर्ताहरूले सामाजिक तथा सांस्कृतिक पर्वहरूलाई सामूहिक रूपमा मनाउँदै समाजमा सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्न निरन्तर पहल गरिने बताएका छन्।
Read More
बिजनबारीमा आपराधिक घटनाविरुद्ध नागरिकको प्रतिवाद र्‍याली

बिजनबारीमा आपराधिक घटनाविरुद्ध नागरिकको प्रतिवाद र्‍याली

गत केही दिनअघि एल नाबालिकामाथि भएको दुष्कर्मको विरोध तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै बिजनबारीमा बुधबार नागरिक समाजले प्रतिवाद र्‍याली तथा सभा सम्पन्न गरेको छ। सिटिजन फोरम बिजनबारीको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद लगभग ३०० महिला तथा पुरुषको सहभागिता रहेको थियो भने सहभागीहरूले बजार परिक्रमा गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए। र्‍यालीपछि आयोजित सभामा वक्ताहरूले घटना सम्पूर्ण समाजको सुरक्षासँग जोडिएको विषय भएकाले नागरिक समाज एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए। स्थानीय यौवन गुरुङ र सिटिजन फोरमका सयोजक पुनम दर्नाललगायतले पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायले…
Read More
जिर्ण पाठशालाको छाना भत्किँदा विद्यार्थी भाग्यले बाँचे

जिर्ण पाठशालाको छाना भत्किँदा विद्यार्थी भाग्यले बाँचे

मिरिक अन्तर्गत सौरेनी मेची प्राथमिक पाठशालाको छाना भत्किदा विद्यार्थी भाग्यले बाँचेका छन्। मिरिक महकुमा अन्तर्गत सौरनी मेची प्राथमिक पाठशालाको ढलान गरेको छानो भत्किएर झर्दा कक्षा कोठामा अध्यानरत विद्यर्थी भाग्यले बाचेका छन्। पाठशाला अचेल पाठशाला कम खण्डहर बढी देखिन थालेको छ। पाठशालाको पुर्वाधार जिर्ण बन्दै गएपछि शिक्षक, बिद्यार्थी लगायत अभिभावक सहित स्थानीयहरु पनि चिन्तित बनिरहेका छन। केही दिन अघि पाठशालाको सिलिङवाट कंक्रिट खसेको घटनापछि झनै बिद्यालयको खस्कँदो पुर्वाधार चर्चाको बिषय बन्यो। सन् १९४३ मा स्थापित उक्त पाठशालाको नयाँ भवन १९९८ मा तत्कालिन दागोपापका चियरमेन सुवास घिसिङले उद्घाटन गरेका थिए भने हाल पाठशालाको भवन जीर्ण बनेको छ। पाठशालाका प्रधान अध्यापक बविन गुरूङ,…
Read More