सुकना स्टेशनमा नयाँ स्वरूपमा फर्कियो ऐतिहासिक म्युजियम

पूजाअघि सुकना स्टेशनस्थित दार्जिलिङ हिमालयन रेलवे (DHR) को ऐतिहासिक फोटो ग्यालरी सह म्युजियमलाई नयाँ स्वरूपमा तयार गरिएको छ। शनिबार आयोजित ‘स्टेशन महोत्सव’का क्रममा म्युजियमको पुनः उद्घाटन गरियो। कार्यक्रममा नर्थईस्ट फ्रन्टियर रेलवेका जनरल म्यानेजर चेतन कुमार श्रीवास्तव, DHR का निर्देशक ऋषभ चौधरीसहित रेलवेका अधिकारीहरूको उपस्थिति रहेको थियो। म्युजियममा सुकना स्टेशनको इतिहास, पुराना तस्बिर तथा दार्जिलिङ हिमालयन रेलवेको विरासतलाई प्रस्तुत गरिएको छ। म्युजियममा राखिएका क्यूआर कोड स्क्यान गरेर पर्यटकहरूले थप ऐतिहासिक जानकारी प्राप्त गर्न सक्नेछन्। टॉय ट्रेनको टिकटमै म्युजियम प्रवेश समावेश गरिएको छ भने अन्य पर्यटकका लागि प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ। म्युजियम सातै दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। पूजाको मौसममा पहाडतर्फ जाने पर्यटकका लागि यो म्युजियम थप आकर्षण बन्ने अपेक्षा गरिएको छ।

By Paromita