दार्जीलिङ माटोको माया सेवा संस्थाले वर्ष २०२७ को क्यालेण्डर लोकार्पण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम मिरिकको एक होटलको प्रेक्षागृहमा सम्पन्न गरियो। माटोको माया सेवा संस्था केन्द्रीय समितिका सचिव प्रविण सशांकरले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता घर घर लाहुरेका प्रशिक्षक बिदान तामाङले गरेका थिए भने संस्थापिका पवित्र बराइली प्रमुख अथितिको रूपमा उपस्थित थिइन्। यसरी नै कार्यक्रममा , सिंगापुर ब्राञ्च अध्यक्ष निर्मला गुरूङ, सचिव बिनिता तामाङ, दिल्ली ब्राञ्चका कोषाध्यक्ष सुविना साशंकर, पोख्रेबुङ शाखाका प्रमुख संयोजक सन्तोष विश्वकर्मा, सचिव अभिषेक घतानी, संयोजिका गंगा प्रधान थापा, रेश्मा थापा, गोपालधारा शाखा संयोजक रघु नारायण लोहार, मिरिक शाखा संयोजक उदय गिरी,संयोजिका रोनी लामा छेत्री, क्यानेट थापा,सिलगढी शाखा संयोजक डानियल विश्व, स्थानीय सुरेन गुरूङ, सुदिप राई, मनिकुमार सिन्चुरी,भिमबहादुर गिरी, लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रथम सत्रमा अथितिहरूको बाहुलीबाट नयाँ वर्ष २०२७ को क्यालेण्डर लोकार्पण गरियो भने कार्यक्रमको दोस्रो सत्रमा दार्जीलिङ माटोको माया सेवा संस्थाको विभिन्न शाखाहरूमा रहेर सक्रिय रूपमा कार्य गरिरहेका तीन नारी प्रतिनिधिहरूलाई सम्मान जनाइयो। जसमा सिंगापुर शाखाकी अध्यक्ष निर्मला गुरूङ, सचिव विनिता तामाङ अनि दिल्ली शाखाकी कोषाध्यक्ष सुविना साशंकरलाई संस्थाको पक्षबाट सम्मान पत्र अनि दोशल्ला प्रदान गरेर सम्मान जनाइयो। यसरी नै कार्यक्रममा दार्जीलिङ माटोको माया सेवा संस्थाको केन्द्रीय समितिका सचिवको पदमा रहेर सक्रिय कार्य गर्दै देश विदेशमा फसिएका युवाहरूको सफल उद्धार, आपदाको समयमा विभिन्न ठाउँमा पुगेर राहत तथा उद्धार कार्यमा आफ्नो भुमिका निर्वाह गर्दै आएका प्रविण सांशंकरलाई संस्थाको पक्षबाट विशेष सम्मान प्रदान गरियो।
दार्जीलिङ माटोको माया सेवा संस्थाद्वारा २०२७ को क्यालेण्डर लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न
