बालबालिकाको सिर्जनशीलता, बाल्यकाल र डिजिटल सुरक्षासम्बन्धी विषयमा चर्चा गर्ने उद्देश्यले दार्जीलिङमा ‘बिटविन पेजेस एन्ड पिक्सेल्स’ शीर्षकमा गोलमेच छलफल कार्यक्रमको आयोजना गरेको थियोे ।
सीआरवाई (चाइल्ड राइट्स एन्ड यू) तथा उत्तर बङ्गाल विश्वविद्यालयको जनसञ्चार विभागको संयुक्त पहलमा १६ नोभेम्बर २०२६ का दिन दार्जीलिङ जिमखाना क्लबमा उक्त कार्यक्रम आयोजना भएको थियो । बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सञ्चारमाध्यमका विद्यार्थी तथा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियोे भने ।
कार्यक्रममा डिजिटल प्रविधिले बालबालिकाको जीवन, व्यवहार, रुचि तथा सामाजिक सम्बन्धमा पारेको प्रभाव, अनलाइन सुरक्षा र डिजिटल संसारभन्दा बाहिर साहित्य, कला, सङ्गीत तथा खेलकुदको महत्त्वबारे छलफल गर्यो ।
यसका साथै बालबालिकालाई डिजिटल प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोग गर्न परिवार, विद्यालय, समुदाय र सञ्चारमाध्यमको भूमिका तथा जिम्मेवारीबारे शिक्षाविद्, लेखक, बालअधिकारकर्मी र पत्रकारहरूबीच खुला अन्तरक्रिया गरेको आयोजक पक्षले जनाएको छ।
दार्जीलिङमा बाल सिर्जनशीलता र डिजिटल सुरक्षाबारे गोलमेच छलफल
