20
Apr
मतदानको ठीकअघि एकपछि अर्को गर्दै नेता–कार्यकर्तालाई पक्राउ गरिन सक्ने आशङ्का व्यक्त गरिएको छ। पहिलो चरणको मतदानको ठीक दुई दिनअघि यस विषयमा कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गर्दै तृणमूल कङ्ग्रेसले यो चिन्ता व्यक्त गरेको हो। सामान्य कार्यकर्ताहरू मात्र होइन उक्त सूचीमा प्रभावशाली नेता–कार्यकर्ताहरूको पनि नाम रहेको तृणमूलको दाबी छ। यस विषयमा सुरक्षा माग्दै तृणमूल उच्च न्यायालयको शरणमा पुगेको छ। यसैबीच सोमवार आफू र परेश अधिकारीलाई पक्राउ गर्न सक्ने आशङ्का व्यक्त गरेका छन् तृणमूल नेता तथा दिनाहाटा केन्द्रका उम्मेद्वार उदयन गुहाले।आज उदयन दिनाहाटा महकुमा प्रशासकसमक्ष पुगे। त्यहाँ तिनले आरोप लगाए कि दिनाहाटा भिलेज 2 ग्राम पञ्चायत क्षेत्रमा घर–घरमा अन्नपूर्णा परियोजनाको फारम भराइँदैछ…
