Paromita

248 Posts
भाजपाले पैसा बाँड़िरहेको ममताको आरोप

भाजपाले पैसा बाँड़िरहेको ममताको आरोप

विधानसभा चुनाउको बिगुल बज्न साथ उत्तर बङ्गालमा राजनीतिक तापक्रम चरममा पुगेको छ। आज अलिपुरद्वारको सभा मञ्चबाट मुख्यमन्त्री तथा तृणमूल सुप्रिमो ममता ब्यानर्जीले केन्द्रको सत्तारूढ़ दल भाजपाविरुद्ध कठोर शब्दमा आक्रमण गरिन्। तिनले मत काट्ने षड़यन्त्र रोक्न साथै भाजपालाई राजनीतिक रूपले विनाश गर्नुपर्ने आह्वान गरिन्।भाजपा मत विभाजन गर्ने षड़यन्त्रमा लागेको आज अलिपुरद्वारको जनसभाबाट ममता ब्यानर्जीले आरोप लगाइन्। मतदाताहरूप्रति तिनले भनिन्, मत काट्ने षड़यन्त्रविरुद्ध उभिनुहोस्। यस जिल्लाको भूमिमा भाजपालाई राजनीतिक रूपले समाप्त पार्नुहोस्। उत्तर बङ्गालको भूमिमा उभिएर तिनले स्पष्ट सङ्केत दिइन् कि आगामी चुनाउमा घासफूल शिविर एक इञ्च जमीन पनि भाजपालाई छोड्न तयार छैन।भाजपाविरुद्ध मतदातालाई प्रभावित पार्ने आरोप लगाउँदै मुख्यमन्त्रीले भनिन्, के गरेका…
Read More
कङ्ग्रेस प्रार्थी अमिताभद्वारा प्रचार तीव्र

कङ्ग्रेस प्रार्थी अमिताभद्वारा प्रचार तीव्र

प्रचारका लागि केही दिन मात्र बाँकी रहेको समय मतिगढ़ा–नक्सलबारी विधानसभा क्षेत्रका कङ्ग्रेस उम्मेद्वार अमिताभ सरकारले आफ्नो चुनाउ सम्पर्क अभियानलाई तीव्र बनाएका छन्। बिहीवार तिनले नक्सलबारीका रथ खोला र टुकरिया मोड़ क्षेत्रमा प्रचार गरे। अभियानका क्रममा तिनले तृणमूलका एक पञ्चायत सदस्यलाई अभिवादन गर्दै गरेको पनि देखियो।अमिताभ सरकारले भने, म मत माग्दै सम्पूर्ण निर्वाचन क्षेत्रमा जनतासित भेटघाट गरिरहेको छु। पोस्टल मतपत्र मतदान पहिले नै कठोर निगरानीबीच आरम्भ भइसकेको छ। तिनले थपे, कङ्ग्रेस राज्यका सबै 294 आसनमा प्रतिस्पर्धा गर्ने एक मात्र पार्टी हो साथै विपक्षीहरू उक्त क्षेत्रमा कङ्ग्रेसको उपस्थितिबाट डराइरहेको छ।भाजपा अनि तृणमूलले यस क्षेत्रमा प्रचारका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीसहित शीर्ष नेताहरू परिचालन…
Read More
पीडबल्यूडी कार्यालयमा आगलागी

पीडबल्यूडी कार्यालयमा आगलागी

बुधवार राति सिलगढ़ी जिल्ला अस्पताल पीडब्ल्यूडी कार्यालयमा अचानक आगलागी हुँदा क्षेत्रमा त्रास फैलिएको छ। प्रत्यक्षदर्शीहरूअनुसार, भवनको छानामा रहेको एउटा कोठाबाट पहिले धुवाँ निस्किएको देखिएको थियो। केही क्षणमै आगो तीव्र हुँदै शीघ्र फैलियो।स्थानीय मानिसहरूले तुरुन्तै दमकल विभागलाई खबर गरे। एउटा दमकल इञ्जिन घटनास्थलमा आइपुगेर आगो निभाउने कार्य आरम्भ गरेको थियो। निरन्तर प्रयासपछि आगो नियन्त्रणमा ल्याइयो।अधिकारीहरूले जनाएअनुसार, प्रभावित कोठा गोदामका रूपमा प्रयोग भइरहेको थियो। त्यहाँ एअर कण्डिसनिङ युनिटहरू, विद्युतका तारहरू तथा अन्य उपकरणहरू राखिएका थिए।
Read More
डिलिमिटेशन राज्य विभाजन अनि मतदाताहरूको नाम काट्ने ठूलो योजना : मुख्यमन्त्री

डिलिमिटेशन राज्य विभाजन अनि मतदाताहरूको नाम काट्ने ठूलो योजना : मुख्यमन्त्री

बङ्गालको पछिल्लो स्थितिबारे केन्द्रीय एजेन्सीहरूको अत्यधिक सक्रियता र राजनीतिक दबाउको विषयमा मुख्यमन्त्री ममता ब्यानर्जीले कठोर प्रतिक्रिया जनाएकी छन्। बिहीवार माथाभाङ्गाको घोक्साडाङ्गा छोटो शिमुलगुड़ी मैदानमा आयोजित जनसभाबाट मुख्यमन्त्रीले प्रतिक्रिया दिँदै विपक्षी खेमाका राष्ट्रिय स्तरका नेताहरू तिनीसित सम्पर्कमा रहेका बताइन्। मुख्यमन्त्रीले भनिन्, उद्धव ठाकरे, अखिलेश यादव, एमके स्टालिन र तेजस्वी यादवले मसित कुराकानी गरिरहेका छन्। देशका विभिन्न क्षेत्रका नेताहरूले बङ्गालमा भाजपाले कसरी अत्याचार गरिरहेको छ भनेर बुझेका छन्।आजको सभाबाट मुख्यमन्त्रीले लोकसभामा प्रस्तुत गरिएको महिला आरक्षण विधेयक र डिलिमिटेशनको विषयमा कठोर आलोचना गरिन्। तिनले प्रश्न उठाइन्, किन महिला आरक्षण विधेयकसित डिलिमिटेशनलाई जोड़िँदैछ? यसको पछाड़ि गहिरो षड़यन्त्र रहेको मुख्यमन्त्रीले सिधै आरोप लगाइन्। दाबी गर्दै…
Read More
कालेबुङमा बूथ निरीक्षण गर्दै एसपी–जिल्ला शासक

कालेबुङमा बूथ निरीक्षण गर्दै एसपी–जिल्ला शासक

चुनाउमा अशान्ति रोक्न कालेबुङ जिल्ला प्रशासनले कठोर कदम चालेको छ। अघिल्लो चुनाउमा हिंसाग्रस्त क्षेत्रहरू पहिचान गरेर यसपल्ट कालेबुङ जिल्ला प्रशासनले कठोर सुरक्षा अभियान आरम्भ गरेको छ। राज्यका मुख्य सचिव दुश्यन्त नारियाला तथा सीईओ मनोज कुमार अग्रवालको निर्देशनअनुसार विधानसभा चुनाउलाई भयमुक्त र निष्पक्ष बनाउन कालेबुङका जिल्ला शासक कुहुक भूषण, पुलिस अधीक्षक अपराजिता राई र सीएपीएफको–अर्डिनेटरको उच्च स्तरीय टोलीले जिल्लाका अति संवेदनशील मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन्।मुख्यतः हिंसाविरुद्ध जिरो टलरेन्स नीति अपनाइएको कालेबुङ जिल्ला प्रशासनले जनाएको छ। अघिल्लो चुनाउमा जहाँ जहाँ अशान्ति भएको थियो ती बूथहरूमा शान्ति कायम राख्न कठोर सुरक्षा रणनीति अपनाइएको छ। मतदाताको सुरक्षालाई सुनिश्चित गर्न विशेष जोड़ दिइएको…
Read More
सिलगढ़ीमा चुनाउ आयुक्तको पुत्ला दहन, विभिन्न स्थानमा सड़क अवरोध

सिलगढ़ीमा चुनाउ आयुक्तको पुत्ला दहन, विभिन्न स्थानमा सड़क अवरोध

विचाराधीन हजारौँ मतदाताहरूको नाम हटाइएपछि सम्पूर्ण उत्तर बङ्गालमा आक्रोश चरममा छ। विभिन्न जिल्लामा स्थानीय वासिन्दाहरूले सड़क अवरोध गरे। मतदाता सूचीबाट नाम हटाइएकाहरू चुनाउ आयोगको विरोधमा मुखर बनेका छन्। यस मुद्दामा सिलगढ़ी महकुमाका विभिन्न क्षेत्रमा तनाउ चुलिएको थियो। सूचीबाट नाम हटाइएका पुरुष तथा महिलाहरूले हिलकार्ट रोडमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरे। तिनीहरूले चुनाउ आयुक्तको पुत्ला दहन गरे। तृणमूल कङ्ग्रेस र सीपीएम पनि सड़कमा उत्रिएर विरोध जनाए। चुनाउअघि नै हटाइएका वैध मतदाताहरूको नाम पुनः सूचीमा समावेश गर्नुपर्ने तिनीहरूले माग गरे। 6 नम्बर वार्डका 6 वटा बूथबाट 761 जना विचाराधीन मतदाताहरूको नाम हटाइएको छ। दिउँसो तिनीहरू सड़कमा उत्रिए र हिलकार्ट रोडको हासमी चोकमा…
Read More
मतमा ह्रासट आउने आशङ्कामा तृणमूल कार्यकर्ता

मतमा ह्रासट आउने आशङ्कामा तृणमूल कार्यकर्ता

विधानसभा चुनाउको बिगुल बजिसकेको छ। जलपाइगढ़ी नगर क्षेत्रको मत ब्याङ्कलाई लक्षित गर्दै सीपीएम र भाजपाले शहरभरि आक्रामक प्रचार गरिरहेका बेला नगर क्षेत्रमा तृणमूलको प्रचार प्रतिस्पर्धीहरूको तुलनामा निकै कमजोर देखिएको छ। जलपाइगढ़ी विधानसभा क्षेत्रका तृणमूल उम्मेद्वार कृष्ण दास शहरमा प्रचारमा आउँदा तिनीसित नगरपालिका अध्यक्ष, उपाध्यक्ष र तृणमूलका काउन्सिलरहरू पनि देखिए पनि उम्मेद्वारबाहेक शहरका विभिन्न वार्डहरूमा सत्तारूढ़ दलका नेताहरूलाई खासै सक्रिय रूपले प्रचार गरेको देखिएको छैन। नगरपालिका अध्यक्ष सैकत चट्टोपाध्यायलाई पनि आफ्नै 8 नम्बर वार्ड र तिनको पुरानो 11 नम्बर वार्डबाहेक अन्य क्षेत्रमा प्रचार गरेको देखिएको छैन। पछिल्ला चुनाउहरूमा तृणमूल कङ्ग्रेस नगर क्षेत्रका प्रत्येक वार्डमा पछाड़ि परेको थियो। त्यसकारण शहरमा पार्टीको प्रचार…
Read More
असन्तुष्ट भाजपाका कार्यकर्ताहरूको धर्ना

असन्तुष्ट भाजपाका कार्यकर्ताहरूको धर्ना

ग्रेटर नेता वंशीवदन बर्मनका निकटवर्ती आशुतोष बर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले सिताई विधानसभा क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ। यसकारण भाजपाका कार्यकर्ताहरू आक्रोशित भएका छन्। उम्मेद्वार परिवर्तनको माग गर्दै जिल्ला कार्यालयभित्र कार्यकर्ताहरू धर्ना–प्रदर्शनमा बसे। जो व्यक्ति भाजपा गर्दैन र अन्य सङ्गठनबाट आएको हो, तिनलाई किन पार्टीले टिकट दिने? यस्तो उम्मेद्वार कुनै हालतमा स्वीकार नगरिने भनेर भाजपाका नेता–कार्यकर्ताहरूले बताएका छन्। उम्मेद्वार परिवर्तनको मागमा जिल्ला कार्यालयमा तिनीहरूको धर्ना–प्रदर्शन जारी छ।यद्यपि भाजपाका कूचबिहार जिल्ला अध्यक्ष अभिजीत बर्मनले भने, उम्मेद्वारबारे असन्तोष–प्रदर्शन हुनु स्वाभाविक हो। तर पार्टीले गरेको निर्णय नै अन्तिम हुनेछ। तृणमूलका कूचबिहार जिल्ला अध्यक्ष अभिजीत दे भौमिकले भने, तिनीहरूको उम्मेद्वारबारे असन्तोष–प्रदर्शन धेरै अघिदेखि…
Read More
असन्तुष्ट भाजपाका कार्यकर्ताहरूको धर्ना

असन्तुष्ट भाजपाका कार्यकर्ताहरूको धर्ना

ग्रेटर नेता वंशीवदन बर्मनका निकटवर्ती आशुतोष बर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले सिताई विधानसभा क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ। यसकारण भाजपाका कार्यकर्ताहरू आक्रोशित भएका छन्। उम्मेद्वार परिवर्तनको माग गर्दै जिल्ला कार्यालयभित्र कार्यकर्ताहरू धर्ना–प्रदर्शनमा बसे। जो व्यक्ति भाजपा गर्दैन र अन्य सङ्गठनबाट आएको हो, तिनलाई किन पार्टीले टिकट दिने? यस्तो उम्मेद्वार कुनै हालतमा स्वीकार नगरिने भनेर भाजपाका नेता–कार्यकर्ताहरूले बताएका छन्। उम्मेद्वार परिवर्तनको मागमा जिल्ला कार्यालयमा तिनीहरूको धर्ना–प्रदर्शन जारी छ।यद्यपि भाजपाका कूचबिहार जिल्ला अध्यक्ष अभिजीत बर्मनले भने, उम्मेद्वारबारे असन्तोष–प्रदर्शन हुनु स्वाभाविक हो। तर पार्टीले गरेको निर्णय नै अन्तिम हुनेछ। तृणमूलका कूचबिहार जिल्ला अध्यक्ष अभिजीत दे भौमिकले भने, तिनीहरूको उम्मेद्वारबारे असन्तोष–प्रदर्शन धेरै अघिदेखि…
Read More
निशीथको गढ़मा उभिएर उदयनद्वारा जीतको ठोकुवा

निशीथको गढ़मा उभिएर उदयनद्वारा जीतको ठोकुवा

विधानसभा चुनाउमा दिनहाटा आसनमा आफ्नो जीतबारे तृणमूल कङ्ग्रेसका उम्मेद्वार उदयन गुहा विश्वस्त छन्। प्रचारका क्रममा तिनले मतदान हुनअघि नै यसपल्ट दिनहाटा विधानसभा क्षेत्रमा तिनको जीत हुने ठोकुवा गरेका छन्। 2021 को विधानसभा चुनाउमा भेटागुड़ीका वासिन्दा तथा भाजपाका उम्मेद्वार निशीथ प्रमाणिकसित तिनी केवल 57 मतको अन्तरले पराजित भएका थिए। त्यसै भेटागुड़ीमा शक्तिशाली नेता तथा उम्मेद्वार उदयन गुहा प्रचारका लागि पुगे। प्रचारका क्रममा तिनले रुयरकुठीमा तीनवटा बूथमा खुल्ला बैठक गरे। त्यसपछि दिउँसो भेटागुड़ी बजारमा पनि प्रचार गरे।उत्तरपाड़ामा भएको खुल्ला बैठकमा सम्बोधन गर्दै उम्मेद्वार उदयन गुहाले भने, यो कुरा सुन्नुस् उत्तरपाड़ाका मानिसहरूले के गर्नेछन् म जान्दिनँ। आज मतदान हुनभन्दा लगभग 25 दिनअघि नै…
Read More