Paromita

248 Posts
भाजपालाई मतदान गर्न केन्द्रीय सुरक्षाबलको दबाउ? विरोध गरेपछि वृद्धालाई कुटपिट

भाजपालाई मतदान गर्न केन्द्रीय सुरक्षाबलको दबाउ? विरोध गरेपछि वृद्धालाई कुटपिट

उत्तर दिनाजपुर जिल्लाको चोपड़ाको मतदान केन्द्रमा केन्द्रीय सुरक्षा बलमाथि कुटपिट गरेको आरोप लागेको छ। घटनामा एक वृद्धा र तिनका भतिजा घाइते भएका छन्। बिहीवार उक्त घटना क्षेत्रको 162 नम्बर बुथमा भएको हो। सम्पूर्ण घटनाबारे तृणमूल कङ्ग्रेसले सामाजिक सञ्जालमा कठोर प्रतिक्रिया जनाएको छ।स्थानीय सूत्रअनुसार झरीमन नेसा नामक वृद्धा आफ्ना भतिजासित मतदान गर्न उक्त बुथमा पुगेकी थिइन्। त्यसै समयमा केन्द्रीय सुरक्षा बलका केही जवानहरूले तिनीहरूलाई भाजपालाई मतदान गर्न दबाउ दिएका आरोप छ। यसमा विरोध जनाउँदै उक्त वृद्धाले भनिन्, मतदान मेरो लोकतान्त्रिक अधिकार हो र मेरो आफ्नो इच्छाअनुसारको उम्मेद्वारलाई मतदान गर्नेछु। त्यसपछि अवस्था तनाउपूर्ण बनेको आरोप छ। केन्द्रीय सुरक्षा बलका जवानहरूले उक्त वृद्धा…
Read More
कोचबिहारमा 96.04 प्रतिशत मतदानको राष्ट्रिय रेकर्ड

कोचबिहारमा 96.04 प्रतिशत मतदानको राष्ट्रिय रेकर्ड

2026 विधानसभाको पहिलो चरणले सम्पूर्ण देशको ध्यान तानेको कोचबिहारले बिहीवार देशका विभिन्न भागमा मतदान चलिरहँदा मतदान दरमा सबैलाई उछिनेर राष्ट्रिय स्तरमा रेकर्ड बनायो। प्रारम्भिक तथ्याङ्कअनुसार कोचबिहारमा 96.04 प्रतिशत मतदान भएको छ जुन भारतको चुनाउ इतिहासमा एक ऐतिहासिक उपलब्धि हो।जिल्ला अधिकारी तथा जिल्ला चुनाउ अधिकारी जितिन यादवले बताएका छन् कि प्रारम्भिक जानकारीअनुसार सम्पूर्ण देशमा सबैभन्दा बढ़ी मतदान कोचबिहार जिल्लामै रेकर्ड गरिएको हो। यसअघि पनि कोचबिहारमा उच्च प्रतिशत मतदानको उदाहरण रहे पनि 96 प्रतिशतको सीमा पार गर्नु लगभग अभूतपूर्व मानिएको छ। बिहानदेखि नै मतदान केन्द्रहरूमा मतदाताहरूको लामो लाइन देखिन्थ्यो। विशेष गरी महिला र पहिलोपल्ट मतदान गर्न आएका युवा मतदाताहरूको उत्साह अत्यन्त उच्च…
Read More
चोपड़ामा शान्तिपूर्ण मतदान

चोपड़ामा शान्तिपूर्ण मतदान

लगभग हिंसामुक्त चुनाउमा उत्तर दिनाजपुरको चोपडाले उदाहरण प्रस्तुत गरेको छ। दिनभरि मतदान सम्पन्न भयो तर लगभग कतै पनि गड़बड़ी भएन। यस्तो दृश्य चोपड़ामा कहिले देखिएको थियो भन्ने कुरा स्थानीय वासिन्दाहरूलाई सम्झनै गाह्रो भएको छ।अशान्ति, झड़प, गोलीबारी र बमबाजी चोपड़ाको मतदान भन्न साथ सबैको दिमागमा यिनै कुराहरू आउँथे। उत्तर बङ्गाल मात्र होइन राज्यकै एक प्रमुख हटस्पट मानिने यो विधानसभा क्षेत्रमा यसपल्ट भने बिल्कुलै फरक दृश्य देखिएको छ। पञ्चायत होस् विधानसभा वा लोकसभा मतदान भनेपछि रगत बग्ने नै भन्ने धारणा थियो। चोपड़ाको बिहान यस्तै आशङ्का बोकेर आरम्भ भएको थियो। तर मतदानमुखी चोपड़ाको बिहान यसपल्ट एकदमै फरक रूपमा आरम्भ भयो।बिहीवार बिहानदेखि नै बूथ-बूथमा…
Read More
सिलगढ़ीमा पुलिसको भेषमा ठगी

सिलगढ़ीमा पुलिसको भेषमा ठगी

सिलगढ़ीको खालपाड़ा क्षेत्रस्थित अग्रसेन रोडबाट ठगीको एक चकित पार्ने घटना प्रकाशमा आएको छ जहाँ एक महिलालाई पुलिसले बनेर आएका बदमासहरूले सुनका गहना ठगी गरी लुटेका आरोप लागेको छ। प्राप्त रिपोर्टअनुसार पुष्पा अग्रवाल बजारमा किनमेल गरेर रिक्शामा घर फर्किँदै गर्दा दुईजना युवकले तिनलाई रोकेर आफूहरू पुलिस भनेर परिचय दिए। तिनीहरूले उक्त क्षेत्रमा चेन स्न्याचिङका घटना बढ़ेको दाबी गर्दै सुरक्षाको कारण देखाएर तिनलाई गहना खोल्न आग्रह गरे।तिनीहरूलाई विश्वास गरेर महिलाले आफ्नो सुनको हार, चुरा र औँठी खोलेर कागजमा राखिन्। यसै क्रममा आरोपीहरूले गोप्य रूपमा कागज साटेर तिनलाई अर्को प्याकेट दिएर घटनास्थलबाट सुइँकुच्चा ठोकेका आरोप छ। पछि घर पुगेपछि मात्र तिनले आफू ठगिएको…
Read More
मतदानपछि क्षेत्रको अवलोकनमा स्वप्ना बर्मन

मतदानपछि क्षेत्रको अवलोकनमा स्वप्ना बर्मन

बिहान 6 बजीको समय। घरको काली मन्दिरमा पूजा गरी एशियाड स्वर्ण पदक विजेता स्वप्ना बर्मन पातकट्टा बीएफपी विद्यालयमा पुगिसकेकी थिइन्। तिनले हरियो रङको बङ्गालको तानेको साड़ी लगाएकी थिइन्। साथमा आमा बसनादेवी तथा दुई दाजु पवित्र बर्मन र असित बर्मन थिए। त्यति बेला 197 नम्बर बुथमा मोक पोल आरम्भ भइसकेको थियो। तिनी बारम्बार घड़ी हेर्दै थिइन्। दुई–तीनपल्ट बुथभित्र पसेर मतदानको तयारी सबै ठीकठाक छ कि छैन भनेर पनि हेरेर आइन्। त्यसपछि विद्यालयको सिँढ़ीमै बसेर पर्खिइन्। त्यतिञ्जेल राजगञ्जकी तृणमूल उम्मेद्वारको मोबाइलमा विभिन्न बुथबाट कार्यकर्ताहरूको फोन आउन थाल्यो। तिनले शान्त रूपमा तिनीहरूसित कुराकानी गरिन्। मतदान सकिञ्जेलसम्म कसैले पनि बुथ नछोड्न निर्देशन दिइन्। कुनै…
Read More
गोर्खाहरूको अधिकार संरक्षणमा मोदी सरकार प्रतिबद्ध

गोर्खाहरूको अधिकार संरक्षणमा मोदी सरकार प्रतिबद्ध

मतदान प्रचारको अन्तिम चरणमा पहाड़को भविष्यबारे केन्द्रीय गृहमन्त्री अमित शाहले विभिन्न घोषणा गरेका छन्। मङ्गलवार सिलगढ़ीनजिक सुकना हाई स्कूल मैदानमा आयोजित जनसभाबाट गोर्खा समुदायको दीर्घकालीन वञ्चना, राजनीतिक माग र पहाड़को भविष्यबारे शाही प्रतिबद्धता व्यक्त गरियो। अमित शाहको भाषणको मुख्य विषय एउटै थियो भाजपा सत्तामा आउनु भनेको पहाड़को दीर्घकालीन समस्याहरूको समाधान र गोर्खाहरूको हराएको गौरव पुनर्स्थापना हुनु हो। भाषणको एक अंशमा शाहले भने, भाजपा ठूलो दाजुका रूपमा गोर्खाहरूको साथमा रहनेछ।आजको जनसभामा दार्जीलिङका सांसद राजु विष्ट, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, जीएनएलएफ अध्यक्ष मन घिसिङ लगायत पहाड़का दुई आसनका उम्मेद्वार नोमन राई र सोनम लामा उपस्थित थिए। भाषणको…
Read More
आयोगको रडारबाट पनि बाहिर प्रशान्त!

आयोगको रडारबाट पनि बाहिर प्रशान्त!

चुनाउ घोषणा भएपछि चुनाउ आयोगको फरक रूप बङ्गालले देखिरहेको छ। राज्यभरि सयौँ प्रशासनिक अधिकारी र पुलिस अधिकारीहरूको सरुवा आदेश जारी गरिएको छ। धेरैमाथि कारवाहीको जोखिम मड़ारिरहेको छ। दागी आरोपी र चुनाउमा प्रभाव पार्न सक्ने व्यक्तिहरूलाई छानेर नोटिश पठाइँदैछ। राज्यभरि सयौँ नामको सूची तयार गरिएको छ। पक्राउ पुर्जी जारी भएका आरोपीहरूलाई पक्राउ गर्न केन्द्रीय सुरक्षा बलसितै पुलिस पुगिरहेको छ। चिया पसलदेखि ड्रइङरूम, पत्रिकाको पहिलो पृष्ठदेखि टेलिभिजन स्क्रिनसम्म जता कान लगाए पनि एउटै कुरा सुनिन्छ यसपल्ट आयोग निकै कठोर छ। तर यस्तो कठोर आयोगको रडारमा राजगञ्जका पूर्व बीडीओ प्रशान्त बर्मन भने परेका छैनन्। मतदान हुन 48 घण्टा बाँकी हुँदा पनि सुन व्यवसायी…
Read More
कोल्ड स्टोरेज प्रशासनविरुद्ध क्षुब्ध आलु किसानहरू

कोल्ड स्टोरेज प्रशासनविरुद्ध क्षुब्ध आलु किसानहरू

लाइसेन्सबिना नै कोल्ड स्टोरेजमा आलुको प्याकेट राखिँदै थियो! यो विषय सार्वजनिक हुने बित्तिकै प्रशासनले हस्तक्षेप गर्योा। कोल्ड स्टोरेजमा आलुको बोरा भित्र्याउने काम रोकियो। यसैबीच घटनापछि कोल्ड स्टोरेज प्रशासनविरुद्ध किसानहरू आक्रोशित भए। टाढ़ा–टाढ़ाबाट गाड़ीमा आलुको बोरा लिएर आएका किसानहरू समस्यामा परे। सोमवार मैनागुड़ी ब्लकको राजारहाट मोड़ नजिकैको पूर्व शिशुवाबाडी गाउँमा हालै निर्माण गरिएको एउटा कोल्ड स्टोरेजबारे ठूलो तनाउ सिर्जना भयो। नयाँ कोल्ड स्टोरेजमा आलु राख्न पाइने खबर पाएपछि मैनागुड़ी ब्लक मात्र होइन छिमेकी कादोबारी क्षेत्रबाट पनि धेरै किसानहरू त्यहाँ पुगे। कोल्ड स्टोरेज प्रशासनले नै बण्ड थियो दिएको तिनीहरू सबैको दाबी छ। त्यसअनुसार सोमवारदेखि आलुको प्याकेट राख्न पाइने जानकारी तिनीहरूले पाएका थिए।…
Read More
निर्वाचन सञ्चालनमा लापरवाही देखिए कठोर कारवाही

निर्वाचन सञ्चालनमा लापरवाही देखिए कठोर कारवाही

जिल्लाभरि दागी अपराधीहरूको पक्राउ जारी छ। निर्वाचन सञ्चालनमा कर्तव्यप्रति लापरवाही देखिए कठोर कदम चालिनेछ। मालदा जिल्लाको निरीक्षणमा आएर राज्यका मुख्य निर्वाचन अधिकारी मनोज अग्रवालले स्पष्ट रूपमा यस्तै बताएका छन्। आज जानकारी दिँदै तिनले भने, विधानसभा आधारमा कण्ट्रोल रूम खोलिएको छ। प्रत्येक मतदान केन्द्रको वेबकास्टिङ यी कण्ट्रोल रूमबाट निगरानी गरिनेछ। उक्त दृश्य जिल्ला निर्वाचन अधिकारी र मुख्य निर्वाचन अधिकारीको कार्यालयबाट पनि हेर्न सकिनेछ। आयोग सूत्रअनुसार मुख्यतः माइक्रो अब्जर्भरहरूलाई नै कण्ट्रोल रूमको वेबकास्टिङ निगरानीको जिम्मावारी दिइएको छ।23 अप्रेलमा राज्यको पहिलो चरणको विधानसभा चुनाउ हुँदैछ। त्यसअघि मुख्य निर्वाचन अधिकारीको जिल्लास्तरीय भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ। सोमवार बिहान लगभग 9 बजी हेलिकप्टरमार्फत मुख्य निर्वाचन…
Read More
आज दार्जीलिङ–पुलबजारका दुर्गम बूथतर्फ मतदान कर्मचारी प्रस्थान

आज दार्जीलिङ–पुलबजारका दुर्गम बूथतर्फ मतदान कर्मचारी प्रस्थान

जङ्गलले घेरिएको पहाड़ी बाटो हुँदै पुग्न पर्ने दुर्गम स्थान। त्यगाँ वाहन पनि पुग्दैन। त्यसैले मतदानको दुई दिनअघि आज मङ्गलवार दार्जीलिङ–पुलबजार ब्लकको एक बूथतर्फ मतदान कर्मचारीहरू प्रस्थान गर्नेछन्। अर्कतिर दार्जीलिङ जिल्लाको पहाड़ र तराई क्षेत्रमा लगभग 150 महिला–सञ्चालित मतदान केन्द्र रहनेछन्। तीमध्ये केही बुथलाई सजाउने योजना निर्वाचन आयोगले लिएको छ। दार्जीलिङका जिल्ला अधिकारी हरिशङ्कर पनिक्करले भने, पहिले यहाँ चारवटा दुर्गम बुथ थिए। यसपल्ट त्यो सङ्ख्या घटेर एउटा मात्र भएको छ। आयोगको निर्देशनअनुसार मतदानको दुई दिनअघि नै मतदान कर्मचारीहरू प्रस्थान गरिरहेका छन्। जिल्लामा महिला–सञ्चालित बुथहरू सजाउने तयारी आरम्भ भइसकेको छ।भौगोलिक अवस्थाका दृष्टिले राज्यको महत्त्वपूर्ण जिल्लामध्ये एक दार्जीलिङ हो। पहाड़ र समथत भूभाग…
Read More