Paromita

248 Posts
सिक्किम विकास र वातावरण संरक्षणको नमुना

सिक्किम विकास र वातावरण संरक्षणको नमुना

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भने कि सिक्किम विकास, सांस्कृतिक सद्भाव र वातावरण संरक्षणको सशक्त उदाहरणका रूपमा उभिएको छ। तिनले गान्तोकमा आयोजित राज्यको 50औँ राज्यत्व वर्षको समापन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। स्वर्ण जयन्ती कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिक्किमका जनतासित आफ्नो भावनात्मक सम्बन्ध, भारतको भविष्यको विकासमा उत्तरपूर्व क्षेत्रको महत्त्व तथा हिमाली राज्यमा पूर्वाधार, पर्यटन र सम्पर्क सुधारमा केन्द्रको ध्यानबारे चर्चा गरे। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ, राज्यपाल ओमप्रकाश माथुर, मन्त्रीहरू, विधायकरू, अधिकारीहरू तथा राज्यभरिका हजारौँ नागरिकहरू उपस्थित थिए। आफ्नो सम्बोधनको सुरुवातमा मोदीले राज्य नेतृत्वबाट पटक–पटक निमन्त्रणा पाउँदा पनि पहिले सिक्किम आउन नसकेको विषय उल्लेख गरे।…
Read More
मेडिकल कलेजमा फ्रिजर बिग्रेपछि सङ्कट

मेडिकल कलेजमा फ्रिजर बिग्रेपछि सङ्कट

सबैजना चुनाउमा अत्यन्त व्यस्त छन्। त्यसैको प्रभाव स्वरूप उत्तर बङ्गाल मेडिकल कलेजमा चरम अव्यवस्थाको चित्र देखिएको छ। पछिल्लो चार दिनदेखि मर्गको फ्रिजर बिग्रिएको अवस्थामा छ। तर पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित संस्था मरम्मतीका लागि आएको छैन।फ्रिजर बिग्रिएको कारण मर्गमा राखिएका शवहरू सड्न थालेका छन् र त्यसबाट निस्किएको दुर्गन्ध चारैतिर फैलिरहेको छ। स्थिति यति भयावह बनेको छ कि उत्तर बङ्गाल मेडिकल कलेजको मर्गदेखि सुपर स्पेशियालिटी ब्लकसम्म उभिनै नसकिने अवस्था सिर्जना भएको छ। दुर्गन्धबीच मृतकका परिवारका सदस्यहरू शवको पोस्टमार्टम गराएर लैजान मर्ग अगाड़ि बाध्य भएर पर्खिनु परिरहेको छ। यसले गर्दा पुलिस र स्वास्थ्यकर्मीहरू पनि निकै हैरान भएका छन्। मास्कमा सुगन्ध प्रयोग गर्दा…
Read More
फालाकाटाको सुपर स्पेशियालिटी अस्पतालको अपरेशन थिएटरबाट सर्प उद्धार

फालाकाटाको सुपर स्पेशियालिटी अस्पतालको अपरेशन थिएटरबाट सर्प उद्धार

फालाकाटा सुपर स्पेशियालिटी अस्पतालको अपरेशन थिएटरबाट सर्प उद्धार भएको घटनाले अस्पताल परिसरमा सनसनी फैलियो। ओटीमा कालो रङ्गको एउटा सर्प देखिएपछि शल्य चिकित्सक, नर्स लगायत अन्य स्वास्थ्यकर्मीहरूबीच आतङ्क फैलियो। घटनापछि स्थानीय सर्प उद्धारकर्ता शङ्कर साहा चौधुरी र तिनको टोलीलाई खबर गरियो। तिनी तत्काल घटनास्थलमा आएर अस्पतालको एप्रन लगाई ओटी कोठामा गएर सर्पलाई उद्धार गरी बाहिर ल्याए।शङ्कर साहाले बताएअनुसार, उद्धार गरिएको सर्प एउटा धामन (दाँड़ाश) प्रजातिको भए पनि सानो थियो। सम्भवतः पाइप हुँदै माथि चढ़ेर तेस्रो तल्लाको प्रसुति विभागको ओटी कोठासम्म पुगेको थियो। लगभग चार फिट लामो उक्त सर्पलाई उद्धार गरी कुञ्जनगर जङ्गलमा छोड़िएको छ।तर अस्पतालका सुपरिण्टेण्डेण्ट डा. शुभाशीष शीले उक्त विषय…
Read More
जलपाइगढ़ी मेडिकलमा भर्ना पद्मश्री मङ्गलकान्त

जलपाइगढ़ी मेडिकलमा भर्ना पद्मश्री मङ्गलकान्त

पद्मश्री सम्मान प्रापक सारिङ्गा वादक शतायु मङ्गलकान्त राय जलपाइगढ़ी मेडिकल कलेजमा भर्ना भएका छन्। सोमवार दिउँसो अर्का पद्मश्री करिमुल हकले आफ्नै एम्बुलेन्समा राखेर तिनलाई अस्पताल ल्याएका हुन्। मङ्गलकान्तका परिवारका सदस्यहरू पनि साथमा थिए। तर पूरै दिन बितिसक्दा पनि अस्पतालमा उपचाराधीन पद्मश्रीको खोजखबर लिन गेरुवा शिविरबाट कोही आएनन्। अस्पतालमा भेट्न आउनु त परै जाओस् कुनै पनि भाजपा नेताले फोनसमेत नगरेको मङ्गलकान्तका जेठा छोरा उमाकान्त रायको बताए। यस विषयमा तिनको स्वरमा गुनासो झल्किएको छ।उमाकान्तले भने, चुनाउका बेला प्रचारमा ध्यान आकर्षित गर्न बाबुसित मन्दिरमा पूजा गर्न जान भाजपा नेताहरू उत्सुक थिए। अहिले चुनाउ सकियो। त्यसैले सायद बाबु अस्पतालमा भर्ना भए पनि तिनीहरूको खोजखबर…
Read More
गोदाममा बाकस–बाकस मदिरा भण्डारण

गोदाममा बाकस–बाकस मदिरा भण्डारण

मदिरा किन्न ग्राहक बनेर मैनागुड़ी नयाँ बजारमा पुलिसले छापा मार्दा एक व्यवसायीको गोदामबाट 1089 वटा देशी र विदेशी मदिराका बोतल फेला परेको छ। घटनामा पुलिसले एकजनालाई पक्राउ गरेको छ। आरोपीको नाम लक्ष्मण सरकार रहेको पुलिसले जनाएको छ। तिनको घर मैनागुड़ी ब्लकको खाग्राबारी–1 ग्राम पञ्चायतअन्तर्गत दक्षिण खाग्राबारी गाउँमा पर्छ। तिनीविरुद्ध सम्बन्धित धारामा मुद्दा दर्ता गरिएको पनि पुलिसले जनाएको छ।29 अप्रेल दोस्रो चरणको विधानसभा चुनाउ छ। यसका लागि मदिरा पसलहरू बन्द गरिएको छ। त्यसैले अतिरिक्त नाफाको लोभमा नयाँ बजारमा गोदाम भाड़ामा लिएर लक्ष्मणले ठूलो परिमाणमा मदिरा भण्डारण गरेका थिए। सोमवार गोप्य सूचनाका आधारमा मैनागुड़ी थानामा खबर पुग्यो कि नयाँ बजारमा अवैध रूपमा…
Read More
कुन बूथमा कति मत, दलहरूद्वारा विश्लेषण

कुन बूथमा कति मत, दलहरूद्वारा विश्लेषण

जनताको मत ईभीएममा बन्द छ। मतदाताहरूको समर्थन कसको पक्षमा गएको छ? गणनाअघि नै त्यसको आभास पाउन सत्तारूढ़ दलदेखि विपक्षी दलसम्म इच्छुक छन्। चुनाउको पहिलो चरण सम्पन्न भइसकेको छ। दोस्रो चरणको मतदान बाँकी छ। त्यसअघि उत्तर बङ्गालमा गणनाको काउण्टडाउन आरम्भ भइसकेको छ। सबै दलले हिसाब–किताब गर्दैछन्, अपेक्षाअनुसार मत आफ्नो पक्षमा परेको छ कि छैन भन्ने मूल्याङ्कन चलिरहेको छ। तृणमूल कङ्ग्रेस र भाजपा दुवै दलभित्र विश्लेषण आरम्भ भएको छ। यसपल्ट मतदान प्रतिशत उच्च भएकाले गणनात्मक पक्षमा अझ बढ़ी ध्यान दिनु परेको छ।जलपाइगढ़ी जिल्लाका सातवटा विधानसभा क्षेत्रमा मतदान प्रतिशत 90 प्रतिशतभन्दा अधिक पुगेको छ। अघिल्लो रेकर्ड पार गर्दै मानिसहरू बूथको लाइनमा उभिएका थिए।…
Read More
वार्डमा लिड रहला? काउन्सिलरहरू तनाउमा

वार्डमा लिड रहला? काउन्सिलरहरू तनाउमा

4 मईमा चुनाउको परिणाम नआउञ्जेल सबै दलका नेतृत्व र उम्मेद्वारहरू तनाउमा रहनेछन्, यो स्वाभाविक हो। तिनीहरूसितै 4 तारिखसम्म प्रभावकारी रूपमा निद्राविहीन रात बिताउन बाध्य भएका छन् सत्तारूढ़ तृणमूलका काउन्सिलरहरू पनि। कारण दलको नेतृत्वबाट मतदानअघि नै तिनीहरूलाई स्पष्ट सन्देश दिइएको थियो वार्ड जिताऊ, टिकट पाऊ। अर्थात् आफ्नै वार्डमा पराजित भए आगामी नगरपालिका चुनाउमा टिकट पाइने छैन। त्यसैले छाती ठोकेर राम्रो परिणामको दाबी गरे पनि कोचबिहारका सबै नगरपालिकाका सत्तारूढ़ काउन्सिलरहरूको मनमा चिन्ताले घर बनारहेको छ। यद्यपि सार्वजनिक रूपमा कसैले पनि यस विषयलाई स्वीकार गर्न चाहिरहेका छैनन्। एक वर्ष नबित्दै राज्यमा नगरपालिका चुनाउ हुँदैछ। कोचबिहारमा छवटा नगरपालिका छन् कोचबिहार, दिनहाटा, माथाभाङ्गा, मेखलीगञ्ज, हल्दीबाड़ी…
Read More
धूपगुड़ीमा मुसाको आतङ्क

धूपगुड़ीमा मुसाको आतङ्क

रात पर्न साथ अर्को नै शहर जस्तै देखिन्छ। अँध्यारोको आड़मा चुपचाप कब्जा जमाउँदैछ एउटा अदृश्य सेना त्यो हो मुसा। त्यही मुसाको त्रासले अहिले धूपगुड़ीका वासिन्दाहरू दिशाहीन बनेका छन्। गल्लीदेखि बजारसम्म, सरकारी कार्यालयका टेबलदेखि आलमारीसम्म कतै पनि छुटकारा छैन। आँखाबाट ओझेल हुन साथ ताण्डव आरम्भ हुन्छ। महत्त्वपूर्ण कागजात काटेर च्यातिदिन्छ, पसलका सामान नष्ट गरिदिन्छ, यहाँसम्म कि कार्यालयका खाना पनि सुरक्षित छैन। शहरवासीअनुसार, यस्तो आतङ्क पहिले कहिल्यै देखिएको थिएन।हालै धूपगुड़ीको बीडीओ कार्यालयमा भएको एक घटनाले यस त्रासलाई अझ बढ़ाएको छ। एक अधिकारीको अति महत्त्वपूर्ण कागजात मुसाको समूहले क्षणभरमै काटेर नष्ट गरिदियो। कार्यालयका कर्मचारीहरूअनुसार, अब कागजपत्र टेबलमा राख्नै सकिन्न। आलमारीभित्र राख्दा पनि भरोसा…
Read More
35 बूथमा एजेण्टविहीन भाजपा

35 बूथमा एजेण्टविहीन भाजपा

शीतलकुची विधानसभा क्षेत्रमा यसपल्ट 11 प्रतिशत बूथमा भाजपाले एजेण्ट दिन सकेन। त्यसकारण यस क्षेत्रमा 2024 को लोकसभा चुनाउमा तृणमूल कङ्ग्रेसले प्राप्त गरेको परिणामभन्दा पनि राम्रो परिणामको अपेक्षा गरिएको छ। यद्यपि भाजपाले भने केही अल्पसङ्ख्यक बहुल बूथहरूमा तृणमूलले आफ्ना एजेण्ट बस्न नदिएको आरोप लगाएको छ। त्यसपछि पनि यसपल्ट आफूहरू बढ़ी मतले जित्ने भाजपाको दाबी छ। यसअघि नै कुन ग्राम पञ्चायतमा कस्तो मतदान भयो भन्ने प्रारम्भिक हिसाबकिताब गरिएको छ। तृणमूल र भाजपा दुवै दलले आफू नै विजयी हुने दाबी गरिरहेका छन्।शीतलकुची विधानसभा क्षेत्रमा माथाभाङ्गा 1 ब्लकका सात र शीतलकुची ब्लकका आठ ग्राम पञ्चायत समावेश छन्। यस क्षेत्रमा जम्मा 310 वटा बूथ छन्।…
Read More
बारम्बार स्ट्रङ्ग रूमको क्यामेरा बन्द!

बारम्बार स्ट्रङ्ग रूमको क्यामेरा बन्द!

फेरि कोचबिहार पोलिटेक्निक कलेजको स्ट्रङ्ग रूमको सिसी क्यामेराको मोनिटर डिस्प्लेबारे आरोप उठेको छ। कोचबिहार दक्षिण विधानसभाका तृणमूल कङ्ग्रेसका उम्मेदवार अभिजीत डे भौमिकपछि यसपल्ट कोचबिहार उत्तरका तृणमूल उम्मेद्वार पार्थप्रतिम रायले पनि आरोप लगाएका छन्। शनिवार राति केही समयसम्म डिस्प्ले बन्द रहेको आरोप छ। पार्थप्रतिम बाबुको दाबीअनुसार शनिवार राति कोचबिहार पोलिटेक्निकको स्ट्रङ्ग रूमको सिसी क्यामेराको मोनिटर राति 12 बजीपछि सात मिनटका लागि बन्द भएको थियो। ईभीएम राखिएको स्ट्रङ्ग रूमको सुरक्षा र त्यहाँको प्रत्येक क्षणको पारदर्शिता अत्यन्त महत्त्वपूर्ण विषय हो। यहाँको सम्पूर्ण व्यवस्था चुनाउ आयोगको अधीनमा छ। तर पनि यस्तो किन भइरहेको छ भन्ने प्रश्न तिनले उठाएका छन्।कोचबिहार पोलिटेक्निकको स्ट्रङ्ग रूमको सिसी क्यामेराको…
Read More