Paromita

223 Posts
एलपीजी डिलर–डिष्ट्रिब्युटरसित प्रशासनको बैठक

एलपीजी डिलर–डिष्ट्रिब्युटरसित प्रशासनको बैठक

खाना पकाउने ग्यासको अभावका कारण जलपाइगढ़ीमा सङ्कट चरममा पुगेको छ। हतार–हतार ग्यास डिलर, डिष्ट्रिब्युटर र ग्यासको बोटलिङ प्लाण्टका अधिकारीहरूसित जिल्ला पुलिस र प्रशासनले बैठक गरेको छ। कुन डिलरसित कति सिलिण्डर उपलब्ध रहेको छ भन्ने जानकारी मागिएको थियो। डिलरहरूले आफूहरूसित अहिले कुनै पनि स्टक नरहेको बताए। पछिल्ला दुई दिनदेखि ग्यास बोकेको गाड़ी भित्रिएको छैन। व्यावसायिक ग्यास सिलिण्डर नभएकाले उपलब्ध सकिएको छैन।अर्कातिर सर्भर समस्याका कारण ग्यास बुक गर्नै नसकिएको ग्राहकहरूको गुनासो छ। ग्यासको कालोबजारी भइरहेको छ। जलपाइगढ़ीका अतिरिक्त पुलिस अधीक्षक शौभनिक मुखोपाध्यायले भने, पुलिस सतर्क छ। ग्यासको कालोबजारीबारे उजुरी पाए तुरुन्तै कठोर कारवाही गरिनेछ। साथै डिलरहरूलाई प्रशासनसित सम्पर्क राखेर कार्य गर्न भनिएको…
Read More
ग्यासको मूल्यवृद्धि र अभावबारे मन्त्री पाँजाद्वारा आलोचना

ग्यासको मूल्यवृद्धि र अभावबारे मन्त्री पाँजाद्वारा आलोचना

एकातिर खाना पकाउने एलपीजीको मूल्य बढ़ेको छ। त्यसमाथि सिलिण्डर बूक गरेपछि कहिले आउने हो भन्ने पनि कुनै निश्चित छैन। इरानको सङ्घर्षपूर्ण परिस्थितिले व्यावसायिक एलपीजी सिलिण्डरमा अभाव देखिएको छ। तेल कम्पनीहरूले सिलिण्डर आपूर्तिमा अनिश्चित समयका लागि लगाम लगाएका छन्। यस्तो परिस्थितिमा विभिन्न जिल्लामा समस्या देखिएको छ। होटल–रेस्टुरेण्टदेखि घरको भान्सासम्म सबै ठाउँमा उस्तै अवस्था छ। बारम्बार ग्यास डिष्ट्रिब्युटर कार्यालयमा आए पनि समस्याको कुनै समाधान नभएको ग्राहकहरूको गुनासो छ। अचानक बुकिङको सङ्ख्या निकै बढ़ेपछि अवस्था अझ जटिल बनेको छ। पहिले जहाँ एउटा सेण्टरमा दिनमा लगभग 400 वटा बूकिङ हुन्थ्यो अहिले त्यो सङ्ख्या बढ़ेर हजारभन्दा अधिक पुगेको सूत्रले जनाएको छ।यद्यपि फोन गरेर कम्पनीको एप,…
Read More
एसआईआरसितै बाँकी रकम पनि टाउको दुखाइ!

एसआईआरसितै बाँकी रकम पनि टाउको दुखाइ!

एसआईआर मात्र होइन पहाड़ जत्रै बाँकी रकमको दबाउ अहिले कोचबिहार जिल्ला प्रशासनका लागि टाउको दुखाइको कारण बनेको छ। केही दिनअघि माइक्रो–अब्जर्भरहरूको बाँकी होटल बिलले अलिपुरद्वारको फालाकाटा ब्लक प्रशासन समस्यामा परेको थियो। बाँकी रकमबारे लिखित उजुरी गरेपछि यो विषय सार्वजनिक भएको थियो। अनुहार जोगाउन हतार–हतार पैसा तिरिएको थियो। कोचबिहारमा अहिलेसम्म लिखित उजुरी नभए पनि प्रशासनमाथि पर्याप्त दबाउ रहेको छ।नाम सार्वजनिक गर्न नचाहने एक अधिकारीअनुसार, पछिल्ला केही महीनादेखि बीडीओ र एसडीओ कार्यालयहरूमा एसआईआरको कार्य तीव्र रूपमा चलिरहेको छ। उक्त कार्यका लागि ठूलो मात्रामा कागज–कलम खरीद, प्रिण्टिङ र फोटोकपी गर्नु परेको छ। यसबाहेक अब्जर्भर र माइक्रो–अब्जर्भरहरूलाई बस्न विभिन्न भवन र होटल भाड़ामा लिनु…
Read More
उत्तर बङ्गालको पर्यटनमा नयाँ दिशा खोज्दै राज्य

उत्तर बङ्गालको पर्यटनमा नयाँ दिशा खोज्दै राज्य

उत्तर बङ्गालमा अझ नयाँ–नयाँ पर्यटन स्थलहरू खोज्ने कार्यमा पर्यटन विभागले जोड़ दिइरहेको छ। प्रत्येक पर्यटन केन्द्रसित सड़क सम्पर्क सुधार गर्ने निर्णय पनि गरिएको छ। साथै आम्दानी बढ़ाउन सरकारी पर्यटन आवासहरूलाई वेडिङ डेस्टिनेशनको रूपमा अझ व्यापक रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि राज्यको पर्यटन विभागले गरेको छ। सिलगढ़ीमा पर्यटन व्यवसायीहरूसित गरिएको छलफलपछि राज्यको पर्यटन विभागका अतिरिक्त मुख्य सचिव वरुण रायले यस्तो जानकारी दिएका हुन्। वरुण रायले भने, भारत सरकारको तथ्याङ्कअनुसार गत वर्ष पश्चिम बङ्गालमा 31 लाख विदेशी पर्यटकहरू आएका थिए। यसबाट राज्यको पर्यटनप्रति विश्वभरका मानिसहरूको चासो बढ्दै गइरहेको प्रमाणित हुन्छ। तिनले भने, ‘गजलडोबा पर्यटन स्थललाई अझ लोकप्रिय बनाउन सौन्दर्यीकरणको पहल भइरहेको छ।…
Read More
एलपीजीको जताततै अभाव

एलपीजीको जताततै अभाव

व्यावसायिक ग्यास सिलिण्डरको बिक्री बन्द भएको छ। यसकारण उत्तर बङ्गालका होटल व्यवसायीहरू अन्योलमा परेका छन्। दार्जीलिङ पहाड़देखि सिलगढ़ी, कोचबिहारदेखि अलिपुरद्वारसम्म होटल व्यवसायीहरूले भान्साको ढोकामा ताला लगाउने सोच बनाउन थालेका छन्। यता खाना पकाउने ग्यास सिलिण्डरको कालोबजारी आरम्भ भएको आरोप लागेको छ। सिलगढ़ी र जलपाइगढ़ीका केही स्थानमा कटिङ ग्यास अत्यधिक महँगो मूल्यमा बिक्री भइरहेको पनि आरोप छ। यसै आरोपमा मङ्गलवार जलपाइगढ़ीमा एउटा डिलरको कार्यालयमा ग्राहकहरूले विरोध प्रदर्शन गरे। सिलगढ़ीमा विभिन्न डिस्ट्रिब्युटरहरूको कार्यालयमा पनि भीड़ देखियो। उत्तर बङ्गाल मात्र होइन राज्यका ठूला शहरहरूमध्ये एक हो सिलगढ़ी। शहरको पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्रमा असङ्ख्य होटलहरू छन्। यसबाहेक धेरै रेस्टुरेण्टहरू पनि छन्।…
Read More
आदिवासी तथा अनुसूचित समुदायका ज्येष्ठ नागरिकहरूलाई पेन्सन

आदिवासी तथा अनुसूचित समुदायका ज्येष्ठ नागरिकहरूलाई पेन्सन

राज्य सरकार आदिवासी तथा अनुसूचित समुदायको साथमा उभिएको छ। जलपाइगढ़ी जिल्लामा यी दुई समुदायका 70 हजारभन्दा अधिक ज्येष्ठ नागरिकहरूलाई प्रत्येक महीना पेन्सन दिइरहेको छ। यसका लागि राज्य सरकारले प्रत्येक महीना लगभग सात करोड़ रुपियाँ खर्च गरिरहेको छ। हाल जिल्लामा तपशिलि बन्धु योजनाअन्तर्गत पेन्सन पाउनेको सङ्ख्या 59 हजार 313 जना रहेको छ। अर्कातिर 11 हजार 467 जनाले जय जोहार योजनाअन्तर्गत पेन्सन पाइरहेका छन्। जिल्लाभित्र धूपगुड़ी ब्लकमा अनुसूचित समुदायका सबैभन्दा अधिक 15 हजार 215 जना ज्येष्ठ नागरिकहरूले पेन्सन पाइरहेका छन्। तपशिलि बन्धु पेन्सन पाउने आधारमा जिल्लामा दोस्रो स्थानमा मैनागुड़ी ब्लक रहेको छ जहाँ 13 हजार 916 जना लाभार्थी छन्। तेस्रो स्थानमा राजगञ्ज…
Read More
मिड–डे मिलमा विसङ्गति

मिड–डे मिलमा विसङ्गति

बालकबालिकाको पोषणलाई ध्यानमा राख्दै मिड–डे मिलमा सामान्य खानासितै हप्तामा अतिरिक्त एउटा अण्डा वा मौसमी फल दिने राज्य शिक्षा विभागले निर्देशन दिएको थियो। निर्देशनअनुसार मिड–डे मिलअन्तर्गत प्रत्येक विद्यार्थीलाई 12 वटा अण्डा वा मौसमी फल दिन भनिएको थियो। यसका लागि प्रति विद्यार्थी थप 8 रुपियाँ छुट्याइएको थियो। अर्थात् 12 वटा अण्डा वा फलका लागि प्रति विद्यार्थी 96 रुपियाँ छुट्याइएको थियो। सबै मिलाएर 31 मार्चभित्र बालक-बालिकालाई यो अतिरिक्त खाना वितरण पूरा गर्न भनिएको थियो। त्यसअनुसार राज्यमा मिड–डे मिलअन्तर्गत रहेका 81 लाख 19 हजार 415 जना विद्यार्थीहरूका लागि मोठ 77 करोड़ 94 लाख 64 हजार रुपियाँ छुट्याइएको थियो। 9 फरवरी जारी गरिएको उक्त निर्देशनको…
Read More
वंशीबदन बर्मनको दिल्ली भ्रमणबारे चर्चा

वंशीबदन बर्मनको दिल्ली भ्रमणबारे चर्चा

ग्रेटर कूचबिहार पिपुल्स एसोसिएशनका नेता वंशीबदन बर्मन दिल्ली पुगेका छन्। यस्तो खबर कूचबिहारमा फैलिरहेको छ। भाजपा उच्च नेतृत्वसित तिनको बैठक हुन सक्न खबर पनि फैलिएको छ। सामाजिक सञ्जालमा नाम नलिए पनि धेरैले यस्तो उल्लेख गरेका छन्। तर वंशीबदनले स्वयं यस विषयमा स्पष्ट पारेका छैनन्। ग्रेटर नेताको यो आकस्मिक दिल्ली यात्रा विधानसभाको चुनाउअघि नयाँ राजनीतिक समीकरणको सङ्केतका रूपमा हेरिएको छ। विशेष गरी राजवंशी मतदाताको नयाँ समीकरण बन्न सक्ने राजनीतिक विश्लेषकहरूले ठानेका छन्।हालै राज्यसभाका भाजपा सांसद अनन्त महाराज तथा अर्को ग्रेटर कूचबिहार पीपल्स एसोसिएशनका नेता नगेन्द्रनाथ राय (अनन्त महाराज) लाई राज्य सरकारले बङ्ग विभूषण पुरस्कार प्रदान गरेको छ। यो पुरस्कार पाएपछि तिनले…
Read More
विचाराधीन सूचीमा 36 हजारको नाम

विचाराधीन सूचीमा 36 हजारको नाम

तिनको आफ्नै क्षेत्र दिनाहट्टामा 36 हजार मानिसहरूको नाम विचाराधीन सूचीमा राखिएको छ। आउँदो विधानसभा चुनाउमा यो सङ्ख्या निर्णायक बन्न सक्ने सम्भावना छ। यस्तै अनुमान गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुह अनशनमा बसेका छन्। यदि चुनाउ आयोगले मतदाता सूचीको विशेष सघन संशोधन अर्थात् एसआईआर गरेर योजनाबद्ध रूपमा कुनै एउटा राजनीतिक दलका मतदाताको नाम हटाउने प्रयास गर्छ अनि अर्को राजनीतिक दललाई सत्तामा ल्याउने प्रयास गर्छ भने त्यस राजनीतिक दलका कार्यकर्ताहरू चुप लागेर बस्ने छैनन्। तिनीहरूले पनि एसआईआर गरेर अर्को राजनीतिक दलका कार्यकर्ताहरूको नाम हटाउने प्रयास गर्नेछन्। कसरी गर्ने भन्ने तिनीहरूको विषय हो। सोमवार दिनाहट्टाको अनशन मञ्चबाट उदयन गुहले यस्तै चेताउनी दिएका…
Read More
डिपो कार्यालय पुनः सञ्चालनको माग

डिपो कार्यालय पुनः सञ्चालनको माग

वन्यजन्तुको आक्रमणबाट राहत पाउन नगराकट्टा ब्लकको बामनडाङ्गा चियाबारीमा एक समय नाथुआ रेञ्जको डिपो कार्यालय सञ्चालन गरिएको थियो। तर त्यो वन विभागको डिपो कार्यालय धेरै वर्षदेखि बन्द अवस्थामा छ। अहिले पुनः सञ्चालन गर्नुपर्ने माग उठेको छ। 15 वर्षदेखि बन्द रहेकाले डिपो कार्यालय अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। पछिल्ला दिनहरूमा वन्यजन्तुहरू बारम्बार बस्ती क्षेत्रमा प्रवेश गर्न थालेपछि यो माग अझ बढ़ेको हो।स्थानीय वासिन्दाहरूका अनुसार महीनाको अधिकांश दिन यस क्षेत्रमा वन्यजन्तुको आक्रमण हुने गर्दछ। विशेष गरी यो चियाबारी जलपाइगढ़ी जिल्लाभित्र हात्तीको आवतजावत बढ़ी हुने क्षेत्रका रूपमा परिचित छ। गोरुमारा जङ्गलनजिकै रहेको यस चियाबारीमा हात्तीबाहेक गैँड़ा, बाइसन र चितुवाको समेत आक्रमण हुने गर्दछ। कुनै…
Read More