सिलगढ़ी चेकपोस्टनजिक ट्याक्सीबाट ठूलो राशि जपत

आगामी निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगको टोलीले सिलगढ़ीनजिकै चेक पोस्टबाट ठूलो परिमाणमा नगद राशि जफत गरेको छ। निर्वाचन आयोगको टोलीले भक्तिनगर पुलिस अनि केन्द्रीय सुरक्षा बलको सहयोगमा नियमित जाँच अभियान सञ्चालन गरिरहेको बेला एउटा ट्याक्सीलाई रोकेर जाँच गरिएको थियो। त्यसै क्रममा ट्याक्सीबाट लगभग 10 लाख रुपियाँ फेला पारिएको हो। फेला पारिएको रकम 500 रुपियाँका 10 वटा बण्डलमा राखिएको थियो। पुलिस सूत्रअनुसार नगदको स्रोतबारे जाँच जारी छ। निर्वाचनको समयमा अवैध नगद ओसारपसार रोक्न सुरक्षाकर्मीहरूले जाँचलाई अझ कडा बनाएका छन्।

By Paromita