18
Mar
स्वेच्छामृत्यु’ माग्दै लामो समयदेखि आफूलाई घरभित्र थुनेर राखेकी एक महिलालाई ढोका फुटाएर पुलिसले उद्धार गरेको छ। यस घटनालाई केन्द्रमा राख्दै जलपाइगढ़ी नगरपालिकाको 25 नम्बर वार्डको शान्तिपाड़ामा हलचल मच्चिएको छ। दिनहुँ खानपिन बन्द गरेर ढोका बन्द गरी घरभित्रै बसेकी शान्ता होम (48) नामक अविवाहित महिलाको शरीर कङ्कालजस्तै दुब्लो भएको छ। स्थानीय काउन्सिलर र वासिन्दाहरूको सहयोगमा एकलो जीवन बिताइरहेकी उक्त महिलालाई उद्धार गरी सोही दिन उपचारका लागि जलपाइगढ़ी मेडिकल कलेजमा भर्ना गरिएको छ। तिनले किन स्वेच्छामृत्यु माग्दै आफूलाई घरभित्र थुनेर राखेकी थिइन् भन्ने विषयबारे पुलिसको प्रश्नमा उक्त महिलाले स्पष्ट रूपमा केही पनि बताइनन्। तिनले भनिन्, मेरो बुबा-आमा छैनन्। कोही छैन। म बाँच्न…
