24
Mar
यसपल्ट उत्तर बङ्गालमा मौसम परिवर्तन निकै स्पष्ट देखिएको छ। असमयमै समतल क्षेत्रमा लगातार वर्षा भइरहेको छ भने पहाड़को चुचुरो सन्दकफूमा हिउँ परेको छ। भाजपाको गढ़ भनेर चिनिने जलपाइगढ़ी–अलिपुरद्वारको राजनीतिक वातावरण पनि परिवर्तन हुँदै गइरहेको छ। उम्मेद्वारबारे असन्तोषका कारण मैनागुड़ीमा भाजपा पार्टीको जिल्ला कार्यालयमा ताला झुण्डिएको छ। घोषणा गरिएका उम्मेद्वार प्रचारमा निस्किएका छैनन्। दल परिवर्तन गरेर आएका बाहिरी व्यक्तिलाई उम्मेद्वार बनाएको विषटले मालबजारमा पार्टी कार्यालय तोड़फोड़पछि आगजनी गर्ने प्रयाससमेत गरिएको छ। उम्मेद्वार देखिएको छैन नगरकट्टामा कार्यकर्ता–समर्थकहरूको असन्तोष कम्ती हुनुको साटो अझ बढ्दै गइरहेको छ। पार्टीभित्र यस्तो गर्मिएको राजनीतिक वातावरणलाई शान्त पार्न आइतवार सिलगढ़ीमा भाजपा नेता सुनील वंशाल र केन्द्रीय मन्त्री भूपेन्द्र…
