Paromita

250 Posts
पुनः पत्र दिने न्यायालयको स्वप्न बर्मनलाई निर्देशन

पुनः पत्र दिने न्यायालयको स्वप्न बर्मनलाई निर्देशन

रेलको जागिरबाट औपचारिक रूपमा अवकाश नलिई एशियाडमा स्वर्ण पदक जितेकी स्वप्ना बर्मन राजनीतिक दलमा सहभागी भएकी छन्। तिनलाई राजगञ्ज क्षेत्रमा अल इण्डिया तृणमूल कङ्ग्रेसले उम्मेद्वार बनाएको छ। उम्मेद्वार बनेपछि स्वप्नाले प्रचार पनि आरम्भ गरिसकेकी छन्। तर तिनको चुनाउमा प्रतिस्पर्धा गर्ने विषयमा उत्पन्न भएको जटिलता अहिलेसम्म हटेको छैन। आफ्नै गल्ती स्वीकार गर्दै रेललाई पुनः पत्र दिन स्वप्ना बर्मनलाई न्यायालयले निर्देशन दिएको छ। 2018 मा एशियाडमा स्वर्ण पदक जितेकी स्वप्नाले त्यसपछि 7 जनवरी 2020 मा उत्तर–पूर्व सीमावर्ती रेलको अलिपुरद्वार डिभिजनमा स्टाफ एण्ड वेलफेयर इन्स्पेक्टरको रूपमा जागिर आरम्भ गरेकी थिइन्। गएको महीना तिनी तृणमूल कङ्ग्रेस मा सामेल भइन्। जागिरबाट राजीनामा नदिई तिनी राजनीतिक…
Read More
लगातार वृष्टिले उत्तर सिक्किममा पैह्रो

लगातार वृष्टिले उत्तर सिक्किममा पैह्रो

लगातार वर्षाका कारण उत्तर सिक्किममा भयानक पैह्रो गएको छ। यसको परिणाम स्वरूप धेरै पर्यटकहरू अलपत्र परेका छन्। मङ्गलवार साँझतिर चुङथाङदेखि लाचेन जाने सड़कका विभिन्न स्थानमा पैह्रो गएको थियो। यसकारण बाटोमै कम्तीमा दुई सय पर्यटकहरू फँसेका थिए। तिनीहरूलाई उद्धार गरेर स्थानीय एउटा गुरुद्वारा र इण्डो-टिबेटियन बोर्डर पुलिस (आईटीबीपी) को क्याम्पमा ल्याइएको थियो। त्यहाँ तिनीहरूले रात बिताए। बुधवार बिहानदेखि पैह्रो हटाउने काम तीव्र रूपमा आरम्भ गरियो। सिक्किम प्रशासन सूत्रअनुसार सो दिन साँझसम्म केही अलपत्र पर्यटकलाई लाचुङ पठाउन सम्भव भए पनि धेरैलाई गान्तोक फर्काइयो।यता उत्तर सिक्किममा अझै लगातार वर्षा भइरहेको छ। त्यसकारण लाचुङ र लाचेन क्षेत्रमा फेरि नयाँ पैह्रो जाने जोखिम विभिन्न स्थानमा…
Read More
बङ्गाल जितेपछि दिल्ली कब्जा गर्छौँ : ममता

बङ्गाल जितेपछि दिल्ली कब्जा गर्छौँ : ममता

उत्तर बङ्गाल भ्रमणमा आएर डाबग्राम–फूलबारीको जबराभिट्टा हाई स्कूल मैदानबाट दिल्ली कब्जा गर्ने आह्वान गरिन् मुख्यमन्त्री तथा तृणमूल नेतृ ममता ब्यानर्जीले। बुधवार मैनागुड़ीपछि दोस्रो जनसभाबाट ममता ब्यानर्जीले भाजपा र चुनाउ आयोगलाई एकसाथ आक्रमण गरिन्। आफ्ना प्रशासनिक अधिकारीहरूलाई हटाएर भाजपा समर्थित अधिकारीहरूलाई राखिएको आरोप लगाउँदै नेतृले स्पष्ट चेताउनी दिइन्, मलाई थिच्न खोज्दैछन्? तिनीहरूलाई थाहा छैन घाइते बाघ अझै भयङ्कर हुन्छ। बङ्गाल कब्जा गरेर दिल्ली कब्जा गर्नेछौँ भनेर आगामी दिन देखाउनेछु। भाजपाको प्रचार रणनीतिलाई लक्षित गर्दै ममताले भनिन्, तिनीहरूसित चुनाउअघि वाचा मात्र हुन्छ र भोटपछि बुल्डोजर चलाउने काम हुन्छ। खाना पकाउने ग्यासको मूल्यवृद्धि र रेल भाड़ा वृद्धि विषयमा केन्द्र सरकारलाई आक्रमण गर्दै तिनले…
Read More
महिलाको नाममा नक्कली सामाजिक सञ्जाल एकाउण्ट, एक पक्राउ

महिलाको नाममा नक्कली सामाजिक सञ्जाल एकाउण्ट, एक पक्राउ

सिलगढ़ी साइबर क्राइम पुलिस स्टेशनका पुलिसले महिलाको नाममा नक्कली सामाजिक सञ्जाल एकाउण्ट बनाई अश्लील तस्बिर तथा भ्रामक सन्देशहरू सेयर गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीको नाम अमर दत्त हो जो फक्दाइबारी क्षेत्रमा बसोवास गर्दै आएका छन्।प्राप्त जानकारीअनुसार फक्दाइबारीकी एक महिलाले 22 फरवरीमा साइबर क्राइम पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा महिलाले कसैले तिनको परिचय प्रयोग गरी नक्कली एकाउण्ट बनाएको र उक्त एकाउण्टबाट अश्लील तस्बिर पोस्ट गर्दै आइरहेको बताएकी थिइन्। विभिन्न व्यक्तिलाई अश्लील र भ्रामक सन्देश पठाउन पनि उक्त एकाउण्ट प्रयोग भइरहेको थियो। तिनको कार्यस्थलसित सम्बन्धित वित्तीय कारोबार सम्बन्धी सन्देशहरू समेत फैलाइएको अझै आरोप लगाइएको…
Read More
अलिपुरद्वारका दुर्गम मतदान केन्द्रमा वेब कास्टिङबारे बैठक

अलिपुरद्वारका दुर्गम मतदान केन्द्रमा वेब कास्टिङबारे बैठक

यसपल्ट विधानसभाको चुनाउमा प्रत्येक वेब कास्टिङ राज्यका सबै मतदान केन्द्रमा अनिवार्य गरिएको छ। तर अलिपुरद्वार जिल्लाका कुमारग्राम, कालचिनी र मदारीहाट विधानसभा क्षेत्रमा यस्ता धेरै मतदान केन्द्रहरू छन् जहाँ अहिलेसम्म इण्टरनेट त परको कुरा सामान्य मोबाइल नेटवर्कसमेत उपलब्ध छैन। यो विषय ध्यानमा आएपछि अलिपुरद्वार जिल्ला प्रशासन सक्रिय भएको छ।यसअघि नै नेटवर्क नपुगेका क्षेत्रमा रहेका जिल्लाका कम्तीमा 53 वटा दुर्गम मतदान केन्द्र पहिचान गरिएको छ। चुनाउको दिन ती केन्द्रहरूमा मोबाइल र इण्टरनेट सेवा उपलब्ध गराउन अलिपुरद्वार जिल्ला अधिकारी मयुरी भासुले डुवर्सकन्या भवनमा विभिन्न मोबाइल नेटवर्क सेवा प्रदायकहरूसित बैठक गरेकी छन्। बैठकमा सम्बन्धित सेवा प्रदायकहरूलाई आगामी दुई दिनभित्र पूर्ण प्रतिवेदन तयार गरी फेरि…
Read More
उत्तर उत्तर सिक्किममा भीषण पैह्रो

उत्तर उत्तर सिक्किममा भीषण पैह्रो

पहाड़को काखमा वसन्तको बिदा बिताउन गएका पर्यटकहरू गम्भीर समस्यामा परेका छन्। उत्तर सिक्किममा अत्यधिक वर्षाका कारण विभिन्न स्थानमा भीषण पैह्रो गएको छ। पैह्रोको कारण सड़क अवरुद्ध हुँदा मङ्गलबार रातिदेखि नै चुङथाङ क्षेत्रमा लगभग 200 पर्यटकहरू अलपत्र परे। बुधवार बिहानदेखि प्रशासनले स्थितिको मूल्याङ्कन गर्दै उद्धार कार्य आरम्भ गरेको छ।मङ्गलवार राति अत्यधिक वर्षाका कारण चुङथाङ–लाचेन जोड्ने महत्व् पूर्ण सड़कका विभिन्न स्थानमा पैह्रो गएको मङ्गनका जिल्ला अधिकारी अनन्त जैनले जानकारी दिए। त्यसले गर्दा लाचेनतर्फ जाँदै गरेका पर्यटकका सवारी साधनबीच बाटोमै रोकिएका छन्। पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै तिनीहरूलाई राति चुङथाङस्थित एउटा इण्डो-टिबेटन बोर्डर पुलिस क्याम्प र स्थानीय गुरुद्वारामा बस्ने व्यवस्था गरिएको छ। प्रशासनका तर्फबाट…
Read More
भाजपाको बङ्गाल विभाजनको योजना रहेको ममताको आरोप

भाजपाको बङ्गाल विभाजनको योजना रहेको ममताको आरोप

जलपाइगढ़ीको मैनागुड़ीबाट चुनाउ प्रचार सभा आरम्भ गरिन् मुख्यमन्त्री ममता ब्यानर्जीले। बुधवार यस सभाबाट दिल्लीको भाजपा सरकार र चुनाउ आयोगमाथि प्रहार गरिन् मुख्यमन्त्रीले। मध्य रातमा सप्लिमेण्टरी सूची प्रकाशित गरिएको विषयलाई मध्य रातको ताण्डव भनेर व्यङ्ग्य गरिन् ममता ब्यानर्जीले। जसरी मतदान तालिका घोषणा गरिएको रात राज्यका मुख्य सचिव नन्दिनी चक्रवर्ती र गृहसचिव जगदीशप्रसाद मीनालाई हटाइएको विषयमा तिनले पहिले पनि प्रहार गरेकी थिइन्। साथै असमको प्रसङ्ग उठाउँदै तिनले आफ्ना प्रत्येक उम्मेद्वारलाई सचेत गराइन्।ममता ब्यानर्जीले भनिन्, मध्य रातमा स्वतन्त्रता आएको थियो, त्यसमा हामी गर्व गर्छौँ। आज ती सबै बिर्सिएर लोकतन्त्रलाई मानिँदैन, मताधिकार खोसिँदैछ। मध्य रातमा ताण्डव चलाउँछ भाजपाले। भोलि भन्नेछ एनआरसी गर्नेछौँ, डिटेन्सन क्याम्प…
Read More
सपना बर्मनको समर्थनमा खगेश्वरद्वारा सभा

सपना बर्मनको समर्थनमा खगेश्वरद्वारा सभा

आगामी विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा तृणमूल कङ्ग्रेसकी उम्मेद्वार स्वप्ना बर्मनको समर्थनमा एक कार्यकर्ता बैठक आयोजना गरियो जहाँ वरिष्ठ नेता खगेश्वर रोयले राजगञ्ज निर्वाचन क्षेत्रमा सङ्गठन सुदृढ़ गर्न अग्रणी भूमिका निर्वाह गरे।मङ्गलवार बिहान निवर्तमान विधायकको निवासमा आयोजित उक्त बैठकमा विभिन्न ब्लक कमिटी, क्षेत्रीय कमिटीका सदस्यहरू साथै पार्टीका कार्यकर्ता र समर्थकहरू सहभागी थिए। छलफल मुख्य रूपमा सङ्गठनात्मक रणनीति र निर्वाचन अभियानको योजना निर्माणमा केन्द्रित थियो।कार्यक्रममा बोल्दै रोयले भने, तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको निर्देशनअनुसार यो बैठक आह्वान गरिएको हो। अभिषेकले रोयलाई फोन गरेर उम्मेद्वार स्वप्ना बर्मनको समर्थनमा कार्यकर्तासित छलफल गर्न निर्देशन दिएका थिए।
Read More
चुनाउ प्रचार बन्द गरेर धर्नामा शङ्कर घोष

चुनाउ प्रचार बन्द गरेर धर्नामा शङ्कर घोष

कुल्लीपाड़ाकी एक किशोरीको मृत्यु घटनाको 24 घण्टा बितिसक्दा पनि मुख्य आरोपी गृहशिक्षक पक्राउ नपरेपछि जङ्क्शन क्षेत्र तनाउग्रस्त बनेको छ। पुलिसको भूमिकाप्रति आक्रोश व्यक्त गर्दै आज सिलगढ़ी विधानसभा क्षेत्रका भाजपा उम्मेद्वार शङ्कर घोष अम्बेडकर मूर्तिअघि धर्नामा बसेका छन्। साथै आरोपी पक्राउ नपरेसम्म सबै प्रकारका चुनाउ प्रचार बन्द राख्ने तिनले स्पष्ट रूपमा घोषणा गरे। मङ्गलवार जङ्क्शनस्थित बीआर अम्बेडकर मूर्तिको फेदमा धर्ना दिँदै शङ्कर घोषले भने, एकपछि अर्को यस्ता घृणित घटना स्वीकार्य छैन। चुनाउभन्दा त्यो किशोरीका हत्यारालाई पक्राउ गर्नु धेरै महत्त्वपूर्ण छ। जबसम्म आरोपी पक्राउ हुँदैन म कुनै पनि प्रचार गर्ने छुइनँ।आज बिहानदेखि नै जङ्क्शन र हिलकार्ट रोड क्षेत्रमा पटक–पटक तनाउ फैलियो। आरोपी…
Read More
भाजपा दलिभित्र फाटो

भाजपा दलिभित्र फाटो

चुनाउको मुखैमा पार्टीभित्र असन्तोष यसपल्ट सार्वजनिक भएको छ। भाजपाका विक्षुब्ध कार्यकर्ताहरू भारतीय सनातन हिन्दू मञ्चको छातामुनि आएर विधानसभाको चुनाउका लागि उम्मेद्वार घोषणा गरेका छन्। पूर्व जिल्ला सह–सभापति आलोक चक्रवर्तीको नेतृत्वमा सिलगढ़ी, डाबग्राम–फूलबारी र जलपाइगढ़ी सदर यी तीन आसनमा उम्मेद्वारको नाम घोषणा गरिएको छ। आगामी दिन अझ 29 वटा आसनमा पनि उम्मेद्वार घोषणा गरिने विक्षुब्धहरूले बताएका छन्।जलपाइगढ़ी प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै आलोक चक्रवर्तीले भने, हिन्दू समाज र राष्ट्रको हितका लागि हामीले राज्यका 32 आसनमा उम्मेद्वार दिने लक्ष्य लिएका छौँ। अहिलेका लागि उत्तर बङ्गालका तीन क्षेत्रमा उम्मेद्वार घोषणा गरिएको हो। तिनीअनुसार सिलगढ़ीमा तरुण तालापात्र, डाबग्राम–फूलबारीमा आलोक सेन र जलपाइगढ़ी सदरमा उम्मेद्वार…
Read More