Paromita

250 Posts
आईजीजेएफद्वारा उम्मेद्वार घोषणा

आईजीजेएफद्वारा उम्मेद्वार घोषणा

यसपल्ट पहाड़मा निकै कठोर प्रतिस्पर्धा हुने स्थिति देखिएको छ। भागोप्रमो, भाजपा-गोजमुमो गठबन्धन अनि आईएनसीसितै अब इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पनि चुनाउ प्रतिस्पर्धामा उत्रिने भएको छ। आईजीजेएफले आइतवार उम्मेद्वारहरूको घोषणा गरेको छ। दार्जीलिङ आसनमा स्वयं अजय एडवर्ड्स उम्मेद्वार बन्नेछन्। खरसाङ आसनमा बन्दना राई अनि कालेबुङ आसनमा ब्रिटो लेप्चा, मतिगढ़ा–नक्सलबारी आसनमा निमेष सुन्दास र सिलगढ़ी आसनमा कृष्ण नन्द सिंह उम्मेद्वार हुनेछन्।अजय एडवर्ड्सले भने, हामी पहाड़का वासिन्दा गोर्खाल्याण्डको मागमा आन्दोलन गर्न चाहन्थ्यौँ। त्यसैले सबै क्षेत्रीय दलहरू मिलेर संयुक्त रूपमा उम्मेद्वार दिने चाहन्यौँसु। तर कसैले पनि सहमति जनाएन। त्यसैले हामीले एकलै चुनाउ प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौँ। हाम्रो लक्ष्य पहाड़को विकास र अलग राज्य…
Read More
आजदेखि मनोनयन आरम्भ

आजदेखि मनोनयन आरम्भ

त्रिस्तरीय सुरक्षा घेरा, ड्रप गेट, सीसी टिभी क्यामेरा र पुलिस तैनाथीसितै धारा 163 पनि लागू गरिनेछ। 26 चुनाउको मनोनयन पत्र दर्तालाई केन्द्रित गर्दै उत्तर बङ्गालका पाँच जिल्लाका डीएम र एसडीओ कार्यालय परिसरमा यस्तो सुरक्षा व्यवस्था गरिएको छ। आज सोमवार यहाँका 27 वटा विधानसभा केन्द्रका लागि चारवटा डीएम, 11 वटा एसडीओ तथा एउटा ग्रामोन्नयन सेलको कार्यालय तयार अवस्थामा राखिएको छ। यसका लागि प्रशासनले राजनीतिक दलहरूसित पनि बैठक गरेको छ। प्रशासनले यस चरणलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सबै प्रकारको तयारी गरिसकेको छ। उता दार्जीलिङ पहाड़मा 1 अप्रेलदेखि अनित थापाको दल बीजीपीएमका दुई उम्मेद्वारले र 2 अप्रेमा सिलगढ़ीमा तृणमूलका उम्मेद्वारहरूले मनोनयनपत्र दर्ता गर्नेछन्।दुई…
Read More
प्रार्थी सूची घोषणा अगावै अमलको ब्यानर

प्रार्थी सूची घोषणा अगावै अमलको ब्यानर

कङ्ग्रेसको प्रार्थी सूची अझै घोषणा भएको छैन। त्यसअघि नै इटाहरका अमल आचार्यले कङ्ग्रेसको प्रार्थीको रूपमा ब्यानर टाँसेका छन्। खबर पाएपछि चुनाउ आयोगले त्यो ब्यानर हटाएको छ। आयोगका सदस्यहरूको दाबीअनुसार प्रार्थी घोषणा हुनअघि नै ब्यानर टाँसिएको भन्ने उजुरी आएपछि त्यो हटाइएको हो। तर यसको पछाड़ि कङ्ग्रेस नेतृत्वले तृणमूललाई जिम्मावार ठहराएका छन्।कङ्ग्रेसको प्रार्थी सूची घोषणा नभए पनि इटाहर विधानसभा क्षेत्रमा कङ्ग्रेसको प्रार्थीको रूपमा अमल आचार्यको नाममा इटाहर शहरका केही घरको छतमा ठूलो ब्यानर टाँसिएको थियो। बिहीवार इटाहर चौरास्ता मोड़नजिक क्षेत्रमा दुईवटा पोष्टर आयोगका सदस्यहरूले हटाए। पार्टीको रूपमा प्रार्थीको नाम घोषणा हुनअघि नै पोस्टर टाँसिएको उजुरी आयोगको पोर्टलमा आएको आयोगका सदस्यहरूको दाबी छ।…
Read More
मेयरको परिचय नै गौतम देवलाई बाधा!

मेयरको परिचय नै गौतम देवलाई बाधा!

तिनी सिलगढ़ी केन्द्रका तृणमूलका उम्मेद्वार हुन्। तर चुनाउ मैदानमा तिनका सबैभन्दा ठूलो शत्रु सायद मेयरको परिचय नै बनेको छ। बिहीवार शहरको 21 नम्बर वार्डमा चुनाउ प्रचारका लागि निस्किएका सिलगढ़ीका तृणमूल उम्मेद्वार गौतम देवलाई सड़कमा सर्वसाधारणसित भेट्नेबित्तिकै सिलगढ़ीको नगरपालिका सम्बन्धी समस्याहरूले पछ्याउन थाल्यो। सो वार्डको दासपाड़ामा तृणमूल उम्मेद्वारलाई देख्दै 60 वर्ष नाघेकी कल्याणी घोषले भनिन्, तपाईँ त सिलगढ़ीका मेयर हुनुहुन्छ। म किन वृद्धभत्ता पाउँदिनँ?’ असहज बनेका मेयरले आश्वासन दिँदै भने, तपाईँले पनि पाउनुहुन्छ।त्यसपछि आफ्ना सहयोगीहरूलाई निर्देशन दिँदै तिनले भने, उहाँको नाम र फोन नम्बर टिप। फेरि तीन वर्षदेखि निरन्तर आवेदन गर्दा पनि आफूले लक्ष्मी भण्डार सुविधा पाएकी छैनन् भनेर अर्की एक…
Read More
उत्तरमा अधिक वर्षा, आज पनि दक्षिण बङ्गालमा आँधी–पानीको सम्भावना

उत्तरमा अधिक वर्षा, आज पनि दक्षिण बङ्गालमा आँधी–पानीको सम्भावना

राज्यभरि चट्याङसहित आँधीको प्रवृत्ति बढ़िरहेको छ। दक्षिण गङ्गीय पश्चिम बङ्गाल तथा छेउछाउको उत्तर उड़िस्सामाथि वायुमण्डलको माथिल्लो तहमा एक घूर्णावर्त बनेको छ जुन समुद्र सतहबाट लगभग 1.5 किलोमिटरसम्म फैलिएको छ। साथै अनुकूल हावाको बहाउ र बङ्गालको खाड़ीबाट प्रशस्त जलवाष्प प्रवेश गरिरहेको कारण राज्यका विभिन्न जिल्लामा चट्याङसहित वर्षाको सम्भावना बढ़ेको छ। अलिपुर मौसम कार्यालयको पूर्वानुमानअनुसार आगामी केही दिनमा धेरै जिल्लामा चट्याङसहित आँधी-बेह्रीको प्रभाव देखिन सक्छ। बिहीवार व्यापक आँधीका कारण मुख्यमन्त्रीको विमान अवतरणमा समस्या उत्पन्न भएको थियो। मौसमविद्हरूअनुसार यो हावा-हुरीको स्थिति आगामी केही दिन बङ्गालको मौसममा जारी रहनेछ। आँधी–वर्षाको प्रभावले बङ्गालभरि मौसम शुष्क भए पनि असह्य गर्मीको अवस्था भने बनेको छैन।यस महीनाको अन्तिम…
Read More
अभिषेकद्वारा उत्तर बङ्गालको भूमिबाट भाजपामाथि प्रहार

अभिषेकद्वारा उत्तर बङ्गालको भूमिबाट भाजपामाथि प्रहार

राजनीतिमा नेताहरू संलग्न हुने मुख्य उद्देश्य नै जनताको कल्याण हो। त्यहाँ विभाजन किन ल्याइने? धर्मलाई आधार बनाएर राजनीति गर्नेहरू राजनीतिक रूपमा दिवालिया हुन्छन्। यसरी नै उत्तर बङ्गालको भूमिबाट भाजपाको विभाजनकारी राजनीतिविरुद्ध गर्जिए तृणमूलका सर्वभारतीय महासचिव अभिषेक ब्यानर्जी। बिहीवार धूपगुड़ी र कालचिनी विधानसभा क्षेत्रका उम्मेद्वारहरूको समर्थनमा अभिषेकले कार्यक्रम सञ्चालन गरे। धूपगुड़ीमा जनसभा थियो भने कालचिनीमा तृणमूलका सर्वभारतीय महासचिव अभिषेकले रोड शो गरे। उत्तर बङ्गालको भूमिमा तृणमूलले पहिलेभन्दा धेरै आफ्नो राजनीतिक आधार बलियो बनाएको छ र अझ प्रयास गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ। ठीक यही परिवेशमा अभिषेकका यी दुई कार्यक्रम राजनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिएका छन्। दुवै कार्यक्रममा अभिषेकले ममता ब्यानर्जी सरकारको…
Read More
मतदान घोषणापछि उत्तर बङ्गालमा लाखौँ जफत

मतदान घोषणापछि उत्तर बङ्गालमा लाखौँ जफत

आसामबाट उत्तर बङ्गालतर्फ अवैध राशि भित्रिरहेको छ। कहिले वाहनको ड्यासबोर्डमा, सनरूफमा सजाएर फेरि कहिले सिटमुनि लुकाएर राज्यभित्र पैसा ल्याइँदैछ। मतदान घोषणापछि उत्तर बङ्गालका विभिन्न क्षेत्रबाट लगभग 35 लाख रुपियाँ नगद जफत गरिएपछि गुप्तचरहरूले यस्तो जानकारी पाएका हुन्। यसपल्ट चुनाउ मैदानमा पैसाको खेल चल्न सक्ने गुप्तचरहरूको अनुमान छ। चुनाउ आयोगका अधिकारीहरूले यस विषयमा गम्भीरतापूर्वक जाँच भइरहेको बताएका छन्। यसका लागि अन्तरराज्य चेकपोस्टहरूमा निगरानी बढ़ाइएको छ। यसबारे तृणमूल कङ्ग्रेस र भारतीय जनता पार्टीबीच चुनाउ मैदानमा वाकयुद्ध आरम्भ भएको छ।उत्तर बङ्गालका अन्तरराज्य चेकपोस्टहरूमध्ये आसामसित जोड़िएको कोचबिहार जिल्लाको बक्सिरहाट थानाअन्तर्गत जोराइमोड़ एक प्रमुख चेकपोस्ट हो। यो चेकपोस्ट 17 नम्बर राष्ट्रिय राजमार्गमा अवस्थित छ। सम्बन्धित…
Read More
डाबग्राम–फूलबारीलाई नगरपालिकामा रूपान्तरण गरिने सङ्केत

डाबग्राम–फूलबारीलाई नगरपालिकामा रूपान्तरण गरिने सङ्केत

चुनाउमा जित प्राप्त भए सर्वसाधारण जनताले लामो समयदेखि गरिरहेको मागलाई ध्यानमा राख्दै आगामी दिन डाबग्राम–फूलबारी क्षेत्रलाई समेटेर नगरपालिका बनाउने तृणमूल सुप्रिमो ममता ब्यानर्जीले सङ्केत दिएकी छन्। सिलगढ़ी शहरनजिक जबराभिट्टा हाई स्कूल मैदानमा पार्टीका उम्मेद्वार रञ्जन शील शर्माको समर्थनमा आयोजित जनसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीले यस्तो सङ्केत दिएकी हुन्।सिलगढ़ी शहरनजिक डाबग्राम–फूलबारी विधानसभा क्षेत्र मूलतः डाबग्रामका दुई र फूलबारीका दुई पञ्चायत क्षेत्र मिलेर बनेको छ। यस क्षेत्रका धेरैजसो मानिस हाटबजारदेखि विद्यालय–कलेज वा कामको सिलसिलामा सिलगढ़ी जान्छन्। यी चार ग्राम पञ्चायत क्षेत्रमा शहरीकरणको प्रभाव धेरै अघि नै देखिन थालेको छ। पछिल्लो समय यस क्षेत्रमा थुप्रै शपिङ मल, निजी विद्यालय, मार्केट कम्प्लेक्स, नर्सिङ होम, वाहनका…
Read More
राज्यका मोठ 76 लाख मतदाताहरू बाहिर

राज्यका मोठ 76 लाख मतदाताहरू बाहिर

विचाराधीन सूचीमा रहेका व्यक्तिहरूमध्ये 13 लाख नाम हटाइएको छ। पहिलो अतिरिक्त सूची प्रकाशित भएको लगभग 48 घण्टापछि चुनाउ आयोग सूत्रहरूबाट यस्तो जानकारी प्राप्त भएको हो। मोठ 60 लाख नाममध्ये कतिजना मतदाता सूचीमा समावेश हुनेछन् भन्ने विषयमा न्यायिक अधिकारीहरूले विचार गरिरहेका छन्। 32 लाख सम्बन्धमा सुनुवाइ सम्पन्न भइसकेको छ। तीमध्ये मोठ 13 लाख नाम स्थायी रूपमा हटाइएको छ। अन्तिम सूचीसित जोड्दा अहिलेसम्म मोठ 76 लाख मतदाताको नाम हटाइएको छ।अझै लगभग 28 लाख नामबारे 705 जना न्यायिक अधिकारीहरूले विचार प्रक्रिया सञ्चालन गरिरहेका छन्। यो प्रक्रिया समाप्त भएपछि विशेष गहिरो संशोधन प्रक्रिया आरम्भ भएदेखि अहिलेसम्म कतिजना बङ्गालका मतदाता सूचीबाट हटाइए भन्ने स्पष्ट हुनेछ।…
Read More
जटिलताले सिंह सफारीमा बाधा

जटिलताले सिंह सफारीमा बाधा

बाघ, भालु, गैँड़ा लगायत विभिन्न जनावरहरू हेर्ने रोमाञ्च लिन वर्षभरि पर्यटकहरू बेङ्गल सफारीमा आउँछन्। तर केही महीनादेखि पर्यटकहरूको मुख्य आकर्षण प्रस्तावित सिंह सफारी हो। तर सिंह हेर्ने पर्यटकहरूको त्यो इच्छा अहिले प्रशासनिक जटिलताले पूरा हुन सकेको छैन। यस अवस्थामा बेङ्गल सफारीमा सिंह सफारी कहिले आरम्भ होला भन्ने प्रश्न अहिले पार्कमा आउने पर्यटकहरूको मुखमै झुण्डिएको छ। बेङ्गल सफारीमा सिंह सफारी प्रमुख आकर्षण हुने पर्यटकहरूको रुचिबाटै बुझ्न सकिन्छ। तर सिंहको गर्जन सुन्न नपाएर पर्यटकहरू निराश हुँदै फर्किनु परिरहेको छ।पार्कमा सिंह सफारीका लागि आवश्यक पूर्वाधार तयार भइसके पनि केन्द्रीय चिड़ियाखाना प्राधिकरणबाट अन्तिम स्वीकृति नआउँदा अहिले नै यसलाई आरम्भ गर्न नसकिने जानकारी सम्बन्धित निकायले…
Read More