23
Mar
स्कूटरम्यान बनाम मिटिङम्यान! पहिलो व्यक्ति सिलगढ़ीका विधायक तथा भाजपा उम्मेद्वार शङ्कर घोष हुन्। दोस्रो व्यक्ति सिलगढ़ीका मेयर गौतम देव तृणमूल कङ्ग्रेसका उम्मेद्वार। मतदानको लड़ाईँमा कोही कसैलाई एक इञ्ज जमीन छोड्न तयार छैनन्। प्रचारमा दुवैले एकार्कालाई कठोर टक्कर दिइरहेका छन्। यसपल्ट जनताको फसेला तिनीहरूको पक्षमा आउने दुवैको अपेक्षा छ। स्थानीय राजनीतिमा यसै विषयमा चर्चा चलिरहेको छ। राज्यका प्रमुख ध्यानाकर्षण गर्ने विधानसभा क्षेत्रमध्ये एक हो सिलगढ़ी। यहाँका विधायक शङ्कर यसपल्ट पनि भाजपाका उम्मेद्वार हुन्। शहरको 24 नम्बर वार्डमा तिनको घर छ। पाँच वर्षमा तिनले केही उपाधि पाएका छन्। तीमध्ये स्कूटरम्यान प्रमुख हो। तिनी शहरमा विलासी गाड़ी प्रयोग नगरी प्रायः स्कूटरमै घुम्ने गर्छन्।…
