कोचबिहारमा 96.04 प्रतिशत मतदानको राष्ट्रिय रेकर्ड

2026 विधानसभाको पहिलो चरणले सम्पूर्ण देशको ध्यान तानेको कोचबिहारले बिहीवार देशका विभिन्न भागमा मतदान चलिरहँदा मतदान दरमा सबैलाई उछिनेर राष्ट्रिय स्तरमा रेकर्ड बनायो। प्रारम्भिक तथ्याङ्कअनुसार कोचबिहारमा 96.04 प्रतिशत मतदान भएको छ जुन भारतको चुनाउ इतिहासमा एक ऐतिहासिक उपलब्धि हो।
जिल्ला अधिकारी तथा जिल्ला चुनाउ अधिकारी जितिन यादवले बताएका छन् कि प्रारम्भिक जानकारीअनुसार सम्पूर्ण देशमा सबैभन्दा बढ़ी मतदान कोचबिहार जिल्लामै रेकर्ड गरिएको हो। यसअघि पनि कोचबिहारमा उच्च प्रतिशत मतदानको उदाहरण रहे पनि 96 प्रतिशतको सीमा पार गर्नु लगभग अभूतपूर्व मानिएको छ। बिहानदेखि नै मतदान केन्द्रहरूमा मतदाताहरूको लामो लाइन देखिन्थ्यो। विशेष गरी महिला र पहिलोपल्ट मतदान गर्न आएका युवा मतदाताहरूको उत्साह अत्यन्त उच्च थियो।

By Paromita