लाइसेन्सबिना नै कोल्ड स्टोरेजमा आलुको प्याकेट राखिँदै थियो! यो विषय सार्वजनिक हुने बित्तिकै प्रशासनले हस्तक्षेप गर्योा। कोल्ड स्टोरेजमा आलुको बोरा भित्र्याउने काम रोकियो। यसैबीच घटनापछि कोल्ड स्टोरेज प्रशासनविरुद्ध किसानहरू आक्रोशित भए। टाढ़ा–टाढ़ाबाट गाड़ीमा आलुको बोरा लिएर आएका किसानहरू समस्यामा परे। सोमवार मैनागुड़ी ब्लकको राजारहाट मोड़ नजिकैको पूर्व शिशुवाबाडी गाउँमा हालै निर्माण गरिएको एउटा कोल्ड स्टोरेजबारे ठूलो तनाउ सिर्जना भयो। नयाँ कोल्ड स्टोरेजमा आलु राख्न पाइने खबर पाएपछि मैनागुड़ी ब्लक मात्र होइन छिमेकी कादोबारी क्षेत्रबाट पनि धेरै किसानहरू त्यहाँ पुगे। कोल्ड स्टोरेज प्रशासनले नै बण्ड थियो दिएको तिनीहरू सबैको दाबी छ। त्यसअनुसार सोमवारदेखि आलुको प्याकेट राख्न पाइने जानकारी तिनीहरूले पाएका थिए। सोमवार बिहान 11 बजीसम्म कोल्ड स्टोरेजमा आलु राखिएको भए पनि त्यसपछि बन्द गरियो।
कादोबारीबाट आएका किसान मोहम्मद बाबुले भने, मैले तीन हजार बण्ड लिएको छु। सोमवार आलुको प्याकेट लिएर आएँ। यसपल्ट अकाल वर्षाका कारण खेतमा धेरै आलु नष्ट भइसकेको छ। त्यससितै गाड़ी भाड़ा गरेर आलु ल्याउँदा यहाँ राख्न पाइँदैन भनेर थाहा पायौँ। हामीजस्ता किसानहरूका लागि अब सड़कमा बस्नु बाहेक अर्को विकल्प छैन। आलु किसान मैनागुड़ीका सरफराज अली, रहीम इस्लाम र सञ्जित रायले भने, कोल्ड स्टोरेज प्रशासनले लाइसेन्सबिना नै आलु राखिरहेको थियो। यो गैरकानूनी कामका लागि तिनीहरू नै जिम्मावार छन्। तिनीहरूसित कागजात छ कि छैन, हामीले कसरी बुझ्ने? आज आउन भनिएको थियो तर अहिले आलुले भरिएका गाड़ी फर्काएर लैजानु परिरहेको छ। खर्च दोब्बर भयो। बण्ड दिँदा नै पैसा लिइएको थियो त्यसैले हामीले विरोध प्रदर्शन गरेका हौँ।
यता घटनास्थलमा कोल्ड स्टोरेजका मालिक सञ्जय घोष उपस्थित थिएनन्। पुलिस र प्रशासनका अनुसार कोल्ड स्टोरेजसित आलु भण्डारण गर्ने लाइसेन्स छैन। त्यसैले त्यहाँ आलुको प्याकेट राख्न दिइएन। जलपाइगढ़ी कृषि विपणन विभागका एक उच्च अधिकारीले बताए अनुसार, कोल्ड स्टोरेज मालिकले लाइसेन्सका लागि आवेदन दिएका छन् तर अहिलेसम्म स्वीकृति प्राप्त भएको छैन।
कोल्ड स्टोरेज प्रशासनविरुद्ध क्षुब्ध आलु किसानहरू
