टिस्टा ब्रिज हाई स्कुलले ७५ वर्ष पूरा गरेको अवसरमा Alumni Association को आयोजनामा आज शनिबार, ८ अगस्ट Platinum Jubilee Run सम्पन्न भएको छ।
हाइवेमा आयोजित दौड प्रतियोगिता १० किलोमिटर र ५ किलोमिटर गरी चारवटा वर्गमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा क्षेत्रीय धावकहरूसहित विभिन्न राज्यबाट आएका करिब ४०० जना धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यालयको ७५ वर्षे गौरवपूर्ण यात्रालाई स्मरण गर्दै आयोजित उक्त दौडले पूर्वविद्यार्थी, विद्यार्थी तथा स्थानीय समुदायलाई समेत उत्साहका साथ जोडेको थियो।कार्यक्रमबारे एसोसिएसनका सचिव सन्तोष प्रधानले जनाउँदै सबैप्रती आभार प्रकट गरे।
